आर्थिक क्षेत्रका विशेष गतिविधी

Sunday, August 31, 2014

सडक अवरोधले हवाई चाप



 
सडक अवरोधले हवाई चाप

– १५ प्रतिशत यात्रु थपिने अनुमान
– दुर्गमका यात्रु झनै मर्कामा
केदार दाहाल

 काठमाडौं, १४ भदौ- बाढी पहिरोका कारण मुलुकका प्रमुख राजमार्ग अवरुद्ध भएपछि दसै, तिहार तथा छठ पर्वमा हवाई यात्रुको चाप पोहोरभन्दा १५ प्रतिशतसम्मले थपिने भएको छ । बढ्दो चापलाई मध्यनजर गरी वायुसेवा कम्पनीहरूले अहिलेदेखि नै बुकिङ खुला गरिसकेका छन् । करिब ७० प्रतिशत टिकट बुकिङसमेत भइसकेका छन् । 
देशका विभिन्न स्थानमा बाढीपहिरोले लामो तथा छोटो दूरीका राजमार्ग अवरुद्ध छन् । देशकै प्रमुख पूर्व–पश्चिम राजमार्गका दर्जनौं पुल भत्किएका छन् भने पश्चिम खण्डमा पनि स्थल यातायात ठप्पप्रायः छ ।
“पोहोर दसैं–तिहारमा भन्दा यो वर्ष १५ प्रतिशतभन्दा बढी यात्रुको चाप पर्नेछ,” नेपाल वायुसेवा सञ्चालक संघ ९आयोन०का प्रवक्ता तथा सिम्रिक एयरलाइन्सका बजार निर्देशक घनश्याम आचार्यले भने, “यस्ता चाडपर्वमा पहिले पनि उडान थपिन्थ्यो, यो वर्ष अझै बढाउनुपर्ने भयो ।” अझै वर्षा नसकिएकाले हवाई यात्रुको चाप बढ्न सक्ने अनुमान उनको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँगै यती, बुद्ध र सिम्रिक एयरलाइन्सले भद्रपुर, विराटनगर, तुम्लिङटार, भैरहवा, नेपालगन्ज, पोखरा, धनगढी, जनकपुरलगायत क्षेत्रमा उडान गर्दै आएका छन् ।  दसैंका लागि यती, सिम्रिक, निगम र बुद्धले सुगम क्षेत्रका गन्तव्यमा तथा दुर्गममा उडान गरिरहेका तारा, गोमा एयरले पनि टिकट बुकिङ थालिसकेका छन् । दसैं, तिहार र पर्यटकीय सिजनमा वायुसेवा कम्पनीहरूको आम्दानी सन्तोषजनक हुने भएकाले टिकट बुकिङ खुला गरिएको आचार्यले बताए ।
दसैं आउन झन्डै १ महिना बाँकी हुँदा ७० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेको कम्पनीहरूले बताएका छन् । हिन्दूहरूको मुख्य पर्व दसैंमा काठमाडौंबाट बाहिर जाने यात्रुको चाप बढी हुने भएकाले १ महिनाअघिदेखि नै टिकट बुकिङ गर्छन् ।
“दसैंमा बढी नै चाप हुने भएकाले अहिले नै बुकिङ खुला गरेका छौं,” बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भने, “टिकट बुकिङ बाह्रैमास हुने भए पनि यो समयमा चाप थेगिनसक्नु हुन्छ, त्यसैले अधिकांश गन्तव्यका टिकट बुक भइसकेका छन् ।”
बुद्धले टिकट बुकिङलाई हेरेर उडान थपघट गर्ने गरेको छ । जोशीका अनुसार दसैंका बेला विराटनगर, नेपालगन्ज र भद्रपुरमा यात्रुको बढी चाप हुन्छ । अन्य केही कम्पनीले पनि दसंैका बेला सेवा दिन खोजिरहेकाले केही हल्का भने हुन सक्ने आचार्यको भनाइ छ । सौर्य एयरलाइन्सले दसंैअघि नै उडान गर्ने गरी जहाज काठमाडौं अवतरण गराइसकेको छ ।

दुर्गमका यात्रु झनै मारमा
दुर्गम क्षेत्रमा उडान भर्ने विमान पर्याप्त नहुँदा हवाईयात्रुको अवस्था नाजुक भइरहेका बेला यसपालि दसैं, तिहारमा झनै समस्या हुने भएको छ । दुर्गममा सेवा दिइरहेको सीता एयर र सिंगल इन्जिनको एयर काष्ठमण्डप पनि कार्गोमा घटुवा भएपछि दुर्गममा उडान भर्ने कम्पनी घटेका छन् । दुर्गममा सेवा दिन निगमले चीनबाट ल्याउने भनेको वाई १२ जहाज पनि आउन ढिला हुने भएपछि दुर्गमका यात्रुले समस्यामाथि समस्या बेहोर्ने निश्चित छ ।
आन्तरिक उडानतर्फ हाल नेपालमा १५ विमान कम्पनी सञ्चालनमा छन् । दुर्गम क्षेत्रका विमानस्थलहरूमा हाल ४ वटा कम्पनीले मात्र सेवा दिइरहेकामा अब सीताले यात्रु उडाउन पाउनेछैन । अहिले निगमको १, तारा एयरका ७ र सिम्रिक एयरलाइन्सका २ गरी जम्मा १० विमानले दुर्गममा सेवा दिइरहेका छन् ।
नेपालका ५८ विमानस्थलमध्ये ३१ वटामात्र सञ्चालनमा छन् । तीमध्ये दुर्गम क्षेत्रमा १८ वटा छन् । डोल्पा, मुगु रारा, जुम्ला, बझाङ, भोजपुर, रुम्जाटार, फप्लु, मनाङ, तुम्लिङटार, तामाखर्क, खामिडाँडा, बाजुरा, चौरजहारी, हुम्ला, सिमिकोटा, रुकुम सल्ले, लामीडाँडा, कागेलडाँडा दुर्गमका विमानस्थल हुन् ।
 

Saturday, August 30, 2014

नेपालमा आउने पर्यटकमा ४४ प्रतिशत महिला

केदार दाहाल
काठमाडौं, ८ भदौ  - नेपाल भ्रमणका लागि विदेशी मुलुकबाट कुल पर्यटक संख्याको ४४ प्रतिशत महिला आउने गरेका छन् ।  नेपाल भ्रमण गर्ने महिला पर्यटक संख्या पछिल्लो एक दशकमा ३ गुणाले बढेको छ । सन् २००१ मा १ लाख ४७ हजार ७ सय ७२ महिला पर्यटकले नेपाल भ्रमण गरेकामा सन् २०१३ मा बढेर ३ लाख ४८ हजार ५ सय ५८ पुगेको छ । ०१३ मा ७ लाख ९७ हजार ६ सय १६ विभिन्न मुलुकका विदेशी नागरिकले नेपाल भ्रमण गरेका थिए । जुन कुल संख्याको ४३.७ प्रतिशत हो ।   नेपाल सुरक्षित पर्यटकीय गन्तव्य भएका कारण महिला पर्यटकको संख्या लगातार बढको सरोकारवालाहरु बताउँछन् ।
त्यस्तैगरी २०१३ मा ४ लाख ४९ हजार ५८ पुरुष पर्यटकले नेपाल भ्रमण गरेका छन । जुन कुल संख्याको ५६.३ प्रतिशत हो । सन् २०११ मा पहिलो पटक पुरुष पर्यटकलाई महिला पर्यटकले उछिनेका थिए । २०११ लाई नेपाल सरकारले पर्यटन वर्षको रूपमा मनाएको थियो । ऊक्त वर्ष ७ लाख ३६ हजार २ सय १५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकामा ३ लाख ८४ हजार १ सय ५६ महिला थिए । जुन संख्या कुल पर्यटक संख्याको ५२.२ प्रतिशत हो । सन् २०१२ मा ८ लाख ३ हजार ९२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकोमा ३ लाख ३६ हजार ८ सय २२ महिला थिए ।    
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको जानकारीअनुसार महिला पर्यटकको संख्यामा प्रत्येक वर्ष वृद्धि हँुदै गएको देखाएको छ । नेपाल भ्रमणमा साहसिक खेलकुददेखि पदयात्रा तथा हिमाल आरोहणका लागि समेत प्रत्येक वर्ष हजारौंको संख्याका महिला पर्यटकहरु नेपाल भ्रमणमा आउने गरेका छन् ।  
सन् २००१ मा ३ लाख ६१ हजार २ सय २३ पर्यटकले नेपाल भ्रमण गरेकामा १ लाख ४७ हजार ७ सय ७२ महिला पर्यटक नेपाल भित्रिएका थिए । जुन संख्या कुल पर्यटक संख्याको ४०.९ प्रतिशत हो । सन् २००२ मा २ लाख ७५ हजार ४ सय ६८ पर्यटक नेपाल भित्रिएकामा १ लाख ७ सय ५८ महिला पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यस्तैगरी सन् २००३ मा ३ लाख ३८ हजार १ सय ३२ पर्यटक नेपाल आएकामा १ लाख ३३ हजार ४ सय महिला थिए ।
सन् २००४ मा कुल ३ लाख ८५ हजार २ सय ९७ पर्यटकमा नेपाल भ्रमण गर्ने महिला १ लाख २९ हजार ९ सय ९४ थिए ।  सन् २००५ मा १ लाख १७ हजार ४ सय २६ महिला पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुन कुल पर्यटक संख्याको ३१.३ प्रतिशत हो । त्यस्तैगरी सन् २००६ मा ३ लाख ८३ हजार ९ सय २६ पर्यटक नेपाल भ्रमणमा आएकामा १ लाख ६५ हजार १ सय ८ महिला थिए ।
सन् २००७ मा ५ लाख २६ हजार  ७ सय ५  विदेशी पर्यटकमध्ये २ लाख ३६ हजार १७ थिए । त्यस्तैगरी सन् २००८ मा ५ लाख २ सय ७७ विदेशी पर्यटकमध्ये २ लाख १३ हजार २ सय ९४ महिला थिए ।  सन् २००९ मा ५ लाख ९ हजार ९ सय ५६ पर्यटक नेपाल भ्रमणमा आएकोमा २ लाख २१ हजार ८ सय १ महिला पर्यटक नेपालमा आएका थिए । सन् २०१० मा नेपाल आएका ६ लाख २ हजार ८ सय ६७ पर्यटक मध्ये २ लाख ४१ हजार महिला थिए ।

सन् २००१ देखि २०१३ सम्म महिला तथा पुरुष पर्यटक संख्या  
वर्ष     पुरुष पर्यटक    महिला पर्यटक    जम्मा
२००१    २१३४६५    १४७७७२    ३६१२३७
२००२    १७४७१०    १००७५८    २७५४६८
२००३    २०४७३२    १३३४००    ३३८१३२
२००४    २५५३०३    १२९९९४    ३८५२९७
२००५    २५७९७२    ११७४२६    ३७५३९८
२००६    २१८८१८    १६५१०८    ३८३९२६
२००७    २९०६८८    २३६०१७    ५२६७०५
२००८    २८६९८३    २१३२९४    ५००२७७
२००९    २८८१५५    २२१८०१    ५०९९५६
२०१०    ३६१६११    २४१२५६    ६०८२६७
२०११    ३५२०५९    ३८४१५६    ७३६२१५
२०१२    ४३९२७०    ३६३८२२    ८०३०९२
२०१३    ४४९०५८    ३४८५५८    ७९७६१६

Ban on single-engine planes to carry passengers


KATHMANDU, Aug 28
The single-engine airplanes, that were focused on carrying passengers after decline in cargo flights, will no longer be allowed to carry passengers with the Civil Aviation Authority of Nepal (CAAN) banning single-engine planes from doing so.
CAAN has downgraded Sita Air and Air Kasthamandup—that were carrying passengers to the remote sector—to cargo airline with the decision. Sita has been demoted to cargo in lack of aviation safety, progress report and necessary documents even though it has double-engine airplanes, according to Director General of CAAN Ratish Chandra Lal Suman. “We have taken action against Sita for failing to meet level two safety standards. It will be taken back if the company improves,” he says.
The step of CAAN is set to hit the companies whose cargo business has been falling. Sita had carried 8,803 passengers and Kasthamandup 233 in the last year. Makalu, Goma and Kasthamandup were carrying cargo through single-engine airplanes even though other companies are also carrying cargo now. All the single-engine airplanes, and even double-engine of Sita, now will have to carry only cargo. CAAN has downgraded Sita and Kasthamandup during renewal of Air Operators Certificate (AOC). CAAN has renewed AOC of Buddha, Yeti, Tara, NAC, Simrik Airlines, Simrik Air, Makalu, Shree, Goma, Air Dynasty and Mountain Helicopter.
CAAN has been acting tough after the European Union (EU) blacklisted Nepali airline companies prohibiting all the Nepali airline companies from operating flights in countries under the EU since December 5, 2013. It has said that the single-engine planes, and the companies not completing documents have been prohibited from operating passenger flights accordingly. The EU had judged Nepali aviation sector on the basis of certificates, flight operation and flight qualification as per the International Civil Aviation Organization (ICAO) standards. It was also based on CAAN regulations, working procedures, rules and the latest report prepared by the ICAO on Nepal.
Only Humla and Dolpa districts have yet to be connected to the road network, and the airline companies can operate cargo flights round the year to only these districts. They operate cargo flights to other districts only at times of natural disasters like flood and landslides. A total of 2.28 million kilograms of goods were carried in cargo flights in 2013, a fall of 12 percent from 2.69 million kilograms in 2012. It was 4.39 million kilograms in 2011.     
 Year
Cargo (in kg)
2009
4.38 million
2010
3.69 million
2011
4.39 million
2012
3.41 million
2013
2.38 million

Wednesday, August 27, 2014

बाजुराको बडिमालिका वास्तवमै अनुमप र सुन्दर स्थान हो

प्रकृतिसंग नरमाउने मानिस सायदै कम हुन्छन । त्यसमध्ये हिमाल र बादल भन्दा माथी आफुलाई पाएपछी नरमाउने कुरै भएन । बाजुरा जिल्लाको कैलासमान्डु गाविसमा रहेको बडिमालिका वास्तवमै अनुमप र सुन्दर स्थान  हो ।     




Sunday, August 24, 2014

अन्तर्राष्ट्रिय उडान गर्दै हिमालयन एयर

– अढाई अर्ब लगानी
– तिब्बत एयरलाइन्ससँग सहकार्य
– कात्तिक ११ बाट नियमित उडान
– ३ वर्षपछी युरोप उडान भर्ने लक्ष्य

केदार दाहाल
काठमाडौं, २ भदौ- निजी क्षेत्रले थालेका अन्तर्राष्ट्रिय उडान एकपछि अर्को गरी असफल हुँदै गइरहेका बेला नयाँ कम्पनी हिमालयन एयरलाइन्स अगाडि आएको छ । नेपाली हवाई आकाशमा अन्तर्राष्ट्रिय उडानका लागि निजी क्षेत्रको हालसम्मकै ठूलो लगानीमा हिमालयनले उडान सुरु गर्न लागेको हो । उसले तिब्बत एयरलाइन्ससँग सहकार्य गरेको छ । 
हिमालयनले युरोपेली जहाज निर्माता कम्पनी एयरबसको ए–३१९ सिरिजका २ विमानमार्फत कात्तिक ११ बाट काठमाडौं–ल्हासा उडान गर्नेछ । यो कम्पनीमा एचआईएफ एभियसन इन्भेस्टमेन्ट कम्पनी र यती वल्र्ड इन्भेस्टमेन्ट कम्पनीको मुख्य लगानी छ । हिमालयनले हाल २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछ । यसमा हिमालयनको ५१ प्रतिशत र तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर स्वामित्व रहनेछ । अक्टुबर २८ (कात्तिक ११) देखि उडान सुरु गर्ने गरी २ एयरलाइन्स कम्पनीबीच मंगलबार सम्झौता हँुदैछ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज नहुँदा अधिकांश अन्तर्राष्ट्रिय उडानका गन्तव्य गुमाइरहेका बेला निजी क्षेत्रबाट एयरलाइन्समा ठूलो लगानी भित्रिनुलाई पर्यटन क्षेत्रले सकारात्मक रूपमा लिएको छ । हाल २७ वटा विदेशी एयरलाइन्स कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडान भरिरहेका छन्, जसका कारण वार्षिक अर्बौ रुपैयाँ नेपालबाट बाहिरिने गरेको छ ।
“हामी ३ वर्षभित्रमा ५ वटा जहाजमार्फत विश्वका विभिन्न गन्तव्यमा उडान भर्ने योजनाअनुसार अघि बढेका छौं,” एयरलाइन्स प्रवद्र्धकमध्येका एक सुमन पाण्डेले भने । उनका अनुसार पहिलो चरणमा २ एयरबसमार्फत काठमाडौं–ल्हसा र काठमाडौं–चेन्दु उडान भर्ने योजना छ । ३ वर्षभित्रमा भारतका विभिन्न सहर, मलेसिया, दुबईलगायत गन्तव्यमा समेत उडान सुरु गर्ने लक्ष्य लिइएको उनले बताए । यही अवधिमा ५ वटा विमानमार्फत युरोपमा सिधा उडान गर्ने महत्वाकांक्षी लक्ष्य पनि कम्पनीको छ ।
यती वल्र्डले यती र तारा एयरमार्फत आन्तरिक उडान भरिरहेको छ । तिब्बत एयरसँग हाल १ सय २० सिट क्षमताका ९ वटा एयरबस ३१९–१०० विमान छन् । उसले एयरबससँग थप ६ वटा विमान अर्डर गरिसकेको छ । चीनका अधिकांश रुटमा उडान भरिरहेको कम्पनीले २०१५ देखि युरोपमा सिधा उडान भर्दैछ । निकट भविष्यमा दिल्ली–तिब्बत सिधा उडान भर्ने तयारी पनि उसको छ ।
यती एयरलाइन्सले नै यसअघि फ्लाईयतीडटकममार्फत उडान सञ्चालन गरेको थियो । गैरआवासीय नेपालीको लगानीमा बीबी एयरवेज पनि केही महिना सञ्चालनमा थियो । आन्तरिक उडानमा निकै सफल उदाहरण मानिएको बुद्ध एयरले भुटानको पारो उडान बन्द गरे पनि हाल भारतको बनारससम्म उडान गरिरहेको छ ।

Himalayan Airlines to operate international flights


KATHMANDU, Aug 18
A new airline company, Himalayan Airlines, has come forward with the highest private sector investment in the sector to start international flights at a time when efforts to operate international flights by the Nepali private sector have failed one after another. It will cooperate with Tibet Airlines.  
Himalayan will operate Kathmandu-Lhasa flights from October 28 with two Airbus A-319 airplanes. HIF Aviation Investment Company and Yeti World Investment Company will have major Nepali investment in the airline company that will invest Rs 2.50 billion in the beginning. Himalayan will have 51 percent stake and Tibet Airlines 49 percent in the airline company. The two airline companies are signing an agreement to start operation from October 28.  
The Nepali tourism sector has taken this big investment for operation of international flights positively at a time when the national flag carrier Nepal Airlines Corporation (NAC) has been losing its international destinations in lack of adequate planes. A total of 27 international airline companies are currently operating flights to Nepal resulting in flight of billions of rupees abroad every year. “We are moving forward with an aim of operating flights to different destinations across the globe with five planes within three years,” Suman Pandey, one of the promoters, says. The company plans to operate Kathmandu-Lhasa and Kathmandu-Chengdu flights with two planes in the first stage, according to him.  
Yeti World is currently operating domestic flights through Yeti and Tara airlines. Tibet Airlines currently has nine 120-seater Airbus 319-100 planes while it has already placed order with Airbus for six more planes. The airlines, that is currently operating flights in different cities in China, will start direct flights to Europe from 2015. It also plans to operate direct flights to New Delhi from Tibet in the near future.  
Yeti Airlines had also operated international flights through Fly Yeti.com while BB Airways was also in operation for some time with investment of non-resident Nepalis. Buddha Air, that has achieved huge success in the domestic sector, has been operating flights to Benaras, India even though it has stopped flights to Paro, Bhutan now.   

Thursday, June 5, 2014

ऋण तिर्न शुल्क वृद्धि, हवाई भाडामा चाप

काठमाडौं, १९ जेठ- सरकारले दातृनिकायको ऋण तिर्न विमानस्थल सुधार र पर्यटक सेवा शुल्क लिने भएपछि आगामी साउनदेखि हवाईभाडा महँगिने भएको छ । स्वदेशीका लागि १ हजार र विदेशीका लागि २ हजार थप भार पर्नेछ ।
नेपाल पर्यटन बोर्डले पर्यटक शेवा शुल्क भनेर १ हजार रुपैयाँ लिन थालिसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि साउनदेखि १ हजार रुपैयाँ विमानस्थल सुधार शुल्क उठाउने भएको छ । अर्थ मन्त्रालयले उसलाई साउनबाट शुल्क उठाउन सहमति दिइसकेको छ ।
आन्तरिक यात्रुबाट उठाइने शुल्कसम्बन्धी प्रस्ताव पेस भए पनि अर्थले निर्णय भने गरिसकेको छैन । बोर्डले पनि आन्तरिक यात्रुबाट ५ सय रुपैयाँ उठाउने प्रस्ताव अर्थमा पठाएको छ । अर्थले यसलाई पनि स्वीकृति दिने हो भने नेपाली यात्रुलाई थप १ हजार ५ रुपैयाँको भार पर्नेछ ।
 एसियाली विकास बैंक (एडीबी)सहित विभिन्न दातृ निकायस“ग लिइएको १२ अर्ब रुपैयाँ ऋणको सावाँ र ब्याज भुक्तानी गर्न कर लिन लागिएको प्राधिकरणले जनाएको छ । अब यात्रुले टिकट खरिद गर्दा नै उक्त रकम जोडिएको हुनेछ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा)मार्फत टिकटमै कर समावेश गरिने प्राधिकरणको भनाइ छ । उसले वार्Èिक २ अर्बसम्म गरी ५ वर्Èभित्र १० अर्ब रुपैया“ उठाउने लक्ष्य लिएको छ ।
पर्यटन व्यवसायीले भने प्राधिकरण र बोर्ड निर्णयको विरोध गरेका छन् । “पर्यटकलाई नेपाल महँगो गन्तव्य बनिरहेका बेला थप शुल्क लिनु गलत हो,” नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्ट) अध्यक्ष डीबी लिम्बू भन्छन्, “सरकारले राष्ट्रिय ध्वजावाहकलाई बलियो नबनाउँदा विदेशी बायुसेवाले मनपरी भाडा लिइरहेका थप शुल्क लिइँदा सकारात्मक सन्देश जाँदैन ।”
 भारत, चीनलगायत विभिन्न देशका विमानस्थलमा यस्तो शुल्क लिने गरिएकाले यहाँ पनि सुरु गर्न लागिएको प्राधिकरणका नायब महानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठ बताउँछन् । “यो शुल्क तत्कालीन हवाई विभाग र अहिलेको प्राधिकरणले लिएको विदेशी ऋण तिर्न प्रयोग हुनेछ,” उनले भने, “आन्तरिक यात्रुसँग पनि कर लिने तयारी छ । यात्रुलाई केही आर्थिक भार त पक्कै पर्छ तर त्यही पैसाबाट सुधार गरिने विमानस्थलको सुविधा पनि उपयोग गर्न पाइन्छ ।”
हवाई भाडाले नै नेपाल गन्तव्यलाई महँगो पारेको प्यासिफिक एसिया ट्राभल्स एसोसिएसन (पाटा) नेपाल च्याप्टर अध्यक्ष सुमान पाण्डे बताउँछन् । “नेपालका सरकारी संयन्त्रमा बजेट बढाउने, कर बढाउने तर बजेटमा पारदर्शी नहुने रोग लागेको छ,” उनी भन्छन्, “पर्यटन बोर्डमा बजेट कहाँ गएको छ, कसैलाई थाहा छैन ।”
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कमजोरीको फाइदा उठाउँदै नेपालमा उडान भर्ने सबैजसो एयरलाइन्सले सिजन लाग्नेबित्तिकै भाडा बढाउने गरेका छन् । उनीहरूले गत वर्षको यही अवधिभन्दा २० देखि ३० प्रतिशतसम्म भाडा बढाइसकेका छन् । नेपालीको बढ्दो विदेश जाने क्रम, माग र आपूर्तिबीचको असन्तुलनको फाइदा उठाउँदै उनीहरूले आफूखुसी भाडा बढाउने गरेका हुन् ।
रोजगारीका लागि नेपालबाट दैनिक सयौं बिदेसिने भएकाले मागबमोजिम उडान नहुँदा भाडामा असर परेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्ष रामकाजी कोने बताउँछन् । “नेपाली ध्वजावाहकको कमजोरीको फाइदा विदेशी एयरलाइन्सले लिने गरेका छन्, त्यसैले यात्रुहरू मारमा पर्छन्,” उनले भने ।