केदार दाहाल
काठमाडौं, ८ भदौ - नेपाल भ्रमणका लागि विदेशी मुलुकबाट कुल पर्यटक संख्याको ४४ प्रतिशत महिला आउने गरेका छन् । नेपाल भ्रमण गर्ने महिला पर्यटक संख्या पछिल्लो एक दशकमा ३ गुणाले बढेको छ ।सन् २००१ मा १ लाख ४७ हजार ७ सय ७२ महिला पर्यटकले नेपाल भ्रमण गरेकामा सन् २०१३ मा बढेर ३ लाख ४८ हजार ५ सय ५८ पुगेको छ । ०१३ मा ७ लाख ९७ हजार ६ सय १६ विभिन्न मुलुकका विदेशी नागरिकले नेपाल भ्रमण गरेका थिए । जुन कुल संख्याको ४३.७ प्रतिशत हो । नेपाल सुरक्षित पर्यटकीय गन्तव्य भएका कारण महिला पर्यटकको संख्या लगातार बढको सरोकारवालाहरु बताउँछन् ।
त्यस्तैगरी २०१३ मा ४ लाख ४९ हजार ५८ पुरुष पर्यटकले नेपाल भ्रमण गरेका छन । जुन कुल संख्याको ५६.३ प्रतिशत हो । सन् २०११ मा पहिलो पटक पुरुष पर्यटकलाई महिला पर्यटकले उछिनेका थिए । २०११ लाई नेपाल सरकारले पर्यटन वर्षको रूपमा मनाएको थियो । ऊक्त वर्ष ७ लाख ३६ हजार २ सय १५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकामा ३ लाख ८४ हजार १ सय ५६ महिला थिए । जुन संख्या कुल पर्यटक संख्याको ५२.२ प्रतिशत हो । सन् २०१२ मा ८ लाख ३ हजार ९२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकोमा ३ लाख ३६ हजार ८ सय २२ महिला थिए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको जानकारीअनुसार महिला पर्यटकको संख्यामा प्रत्येक वर्ष वृद्धि हँुदै गएको देखाएको छ । नेपाल भ्रमणमा साहसिक खेलकुददेखि पदयात्रा तथा हिमाल आरोहणका लागि समेत प्रत्येक वर्ष हजारौंको संख्याका महिला पर्यटकहरु नेपाल भ्रमणमा आउने गरेका छन् ।
सन् २००१ मा ३ लाख ६१ हजार २ सय २३ पर्यटकले नेपाल भ्रमण गरेकामा १ लाख ४७ हजार ७ सय ७२ महिला पर्यटक नेपाल भित्रिएका थिए । जुन संख्या कुल पर्यटक संख्याको ४०.९ प्रतिशत हो । सन् २००२ मा २ लाख ७५ हजार ४ सय ६८ पर्यटक नेपाल भित्रिएकामा १ लाख ७ सय ५८ महिला पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यस्तैगरी सन् २००३ मा ३ लाख ३८ हजार १ सय ३२ पर्यटक नेपाल आएकामा १ लाख ३३ हजार ४ सय महिला थिए ।
सन् २००४ मा कुल ३ लाख ८५ हजार २ सय ९७ पर्यटकमा नेपाल भ्रमण गर्ने महिला १ लाख २९ हजार ९ सय ९४ थिए । सन् २००५ मा १ लाख १७ हजार ४ सय २६ महिला पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुन कुल पर्यटक संख्याको ३१.३ प्रतिशत हो । त्यस्तैगरी सन् २००६ मा ३ लाख ८३ हजार ९ सय २६ पर्यटक नेपाल भ्रमणमा आएकामा १ लाख ६५ हजार १ सय ८ महिला थिए ।
सन् २००७ मा ५ लाख २६ हजार ७ सय ५ विदेशी पर्यटकमध्ये २ लाख ३६ हजार १७ थिए । त्यस्तैगरी सन् २००८ मा ५ लाख २ सय ७७ विदेशी पर्यटकमध्ये २ लाख १३ हजार २ सय ९४ महिला थिए । सन् २००९ मा ५ लाख ९ हजार ९ सय ५६ पर्यटक नेपाल भ्रमणमा आएकोमा २ लाख २१ हजार ८ सय १ महिला पर्यटक नेपालमा आएका थिए । सन् २०१० मा नेपाल आएका ६ लाख २ हजार ८ सय ६७ पर्यटक मध्ये २ लाख ४१ हजार महिला थिए ।
सन् २००१ देखि २०१३ सम्म महिला तथा पुरुष पर्यटक संख्या
वर्ष पुरुष पर्यटक महिला पर्यटक जम्मा
२००१ २१३४६५ १४७७७२ ३६१२३७
२००२ १७४७१० १००७५८ २७५४६८
२००३ २०४७३२ १३३४०० ३३८१३२
२००४ २५५३०३ १२९९९४ ३८५२९७
२००५ २५७९७२ ११७४२६ ३७५३९८
२००६ २१८८१८ १६५१०८ ३८३९२६
२००७ २९०६८८ २३६०१७ ५२६७०५
२००८ २८६९८३ २१३२९४ ५००२७७
२००९ २८८१५५ २२१८०१ ५०९९५६
२०१० ३६१६११ २४१२५६ ६०८२६७
२०११ ३५२०५९ ३८४१५६ ७३६२१५
२०१२ ४३९२७० ३६३८२२ ८०३०९२
२०१३ ४४९०५८ ३४८५५८ ७९७६१६

No comments:
Post a Comment