शिव बोहरा-काठमाडौं, १९ साउन । नेपालमा मोटरसाइकल चढ्ने कामकाजीको संख्या बाक्लिँदै जाँदा सौखिन तन्नेरीमाझ १५० सीसीका मोटरसाइकल बढी लोकप्रिय छन् । नेपालमा बिक्री हुनेमध्ये एकतिहाइ मोटरसाइकल १५० सीसीका छन् । १ दशकअघिसम्म १ सयदेखि १२५ सीसीसम्मका मोटरसाइकल बढी बिक्थे । १५० र १६० सीसीका मोटरसाइकल ‘पावर सेग्मेन्ट’मा पर्छन् ।
युवादेखि उमेर ढल्किन थालेका अधवंैशेसम्मले १५० सीसी चढ्छन् । मूल्यका हिसाबले औसत र माइलेज पनि राम्रो भएकाले लोकप्रिय भएको व्यवसायी बताउँछन् । उपभोक्ताको यही चाहनालाई बुझेर सबैजसो विक्रेताले यो सेगमेन्टका मोटरसाइकल भिœयाएका छन् । होन्डाका युनिकर्न, सीबी ट्रिगर, बजाजका पल्सर १५० र डिस्कभर, यामाहाका एफजेड १६, एफजेडआरआर र एफजेडएस, हिरोको सीबीजेड, टीभीएसको अपाचेलगायत मोडल नेपालमा चल्तीका हुन् ।
“मध्यम रेन्जका मोटरसाइकल भएकाले खाल्डाखुल्डीमा समस्या नहुने र माइलेजसमेत राम्रै हुनुले नेपालमा पावर सेग्मेन्ट लोकप्रिय छन्,” टीभीएस मोटरसाइकलको आधिकारिक विक्रेता एआईटी प्रालिका डीजीएम आलोक जोशी भन्छन्, “थोरै सीसीका मोटरसाइकलभन्दा यिनै बढी बिक्छन् ।”
व्यवसायीका अनुसार नेपालमा वार्षिक १ लाख ३० हजारभन्दा बढी मोटरसाइकल आयात हुने गरेकामा करिब ३६ प्रतिशत ‘पावर सेगमेन्ट’को हिस्सा छ । “विदेशमा १५० सीसीका मोटरसाइकल राजमार्गमा चलाउन नपाइने भए पनि नेपालमा भने लोकप्रिय छन्,” जोशीले भने ।
नेपालका बाटाघाटा धेरै सीसीका मोटरसाइकलअनुकूल नभएकाले पनि पावर सेगमेन्ट बढी चलेको बजाजकी मार्केटिङ प्रमुख पुनम सिंह बताउँछिन् । “अहिले ग्रामीण इलाकामा समेत सडक विस्तार भइरहेकाले १५० सीसी रेन्जका मोटरसाइकल बढी बिक्न थालेका छन्,” उनले भनिन्, “तन्नेरीमात्र नभई कार्यालय प्रयोजनका लागि पनि प्रयोग भइरहेका छन् ।”
१५० सीसीभन्दा माथिका मोटरसाइकल गह्रौं हुने भएकाले चलाउन गाह्रो हुने र माइलेज पनि कम हुने हुँदा मध्यमस्तरका मोटरसाइकलमा आँखा लागेको उनले बताइन् । “त्यसैले बजार १५० सीसीले लिड गरेको छ,” उनले भनिन्, “बजाजले बेच्ने मोटरसाइकलमा पनि १५० सीसीको हिस्सा करिब ७० प्रतिशत छ ।”
मध्यमवर्गीयले यो सेगमेन्टलाई ‘स्टाटस सिम्बोल’का रूपमा समेत हेर्ने गरेको टीभीएसका जोशीले बताए । सय सीसीसम्मका मोटरसाइकल चढ्दै आएका युवा तथा अधवैंशेले बेचेर १५० सीसी किन्न थालेको उनले सुनाए ।
१५० सीसी सेगमेन्टका मोटरसाइकल अलि स्टाइलिस र स्पोर्टी हुने भएकाले बढीजसो तन्नेरीहरू यतातिर तानिएको हिरो मोटरसाइकलका ब्रान्ड प्रमोसन म्यानेजर दिनेश बज्राचार्यले बताए । “यस्ता मोटरसाइकलमा डिजिटल, अटो अनअफ, डिस्क ब्रेकलगायत सुविधा हुने भएकाले युवामाझ चल्तीमा छन्,” उनले भने, “यो सेगमेन्टका मोटरसाइकलले कुल व्यापारको २५ देखि ३० प्रतिशत हिस्सा ओगट्छन् ।”

कम्पनी क्षमता मूल्य (रु.)
होन्डा
युनिकर्न १५० सीसी २,१५,९००
ट्रिगर १५० सीसी २,२३,९००
बजाज
पल्सर १५० सीसी २,२०,९००
हिरो
एक्स–ट्रिम डीएसएस १५० सीसी २,१३,५००
एक्स–ट्रिम डीडीएस १५० सीसी २,२२,५००
हंक डीएसएस÷डीडीएस १५० सीसी २,०१,५००÷२,०८,५००
टीभीएस
अपाचे आरटीआर १६० सीसी २,२०,९००
यामाहा
आर १५ १५० सीसी ३,४०,९००
एफजेडएस १५३ सीसी २,३०,९००
एफजेड १६ १५३ सीसी २,२०,९००
सुजुकी
जीएस१५०आर १४९.५ सीसी २,१८,९००