आर्थिक क्षेत्रका विशेष गतिविधी

Tuesday, July 7, 2015

DIFFERENT MANUALS OF CHINESE PLANES


KEDAR DAHAL
KATHMANDU, July 6
Chinese company, AVIC International Holding Corporation, has been found to have sent planes different from that mentioned in the manual. The manuals for both MA-60 and Y-12E, provided by China on grant, sent after the planes were sent have been found to be different from those sent before the planes were brought.
There are changes even in basic features in the manuals provided to technicians of the Nepal Airlines Corporation before signing of agreement between Nepal and China governments, and those provided after the planes arrived. The then deputy general manager of NAC Ganesh Thakur had gone to China leading the technical team before the agreement was signed. The company had given manuals during the visit that are different from those that were given once the planes arrived.
There is variance of dozens of features in the manuals. “We were apparently given two separate manuals. The problem seems to have started from there,” General Manager (GM) of NAC Sugat Ratna Kansakar said. “The Chinese team that has arrived now also expressed surprise when informed about that. The NAC has been duped into getting the Chinese planes,” he claimed.
The company had said that that the MA-60 will be 56-seater at first but the manual sent after the plane arrived mentions only 46 seats. Similarly, capacity of Y-12E, brought to operate flights to remote destinations, is also mentioned only 13 in the manual sent after the plane arrived even though the previous manual mentioned 18 seats. The Y-12E has not been able to operate flights to remote areas as the Chinese company has yet to hand over the performance document to the NAC.
MA-60 was brought on April 27, 2014 while 18-seater Y-12 arrived on November 3, 2014. The former had started flights from June 25, 2014 and the latter from December 18 that year. He revealed that the NAC has asked the Chinese team about how to operate the planes as there is loss in each flight. The previous manual had mentioned the weight of the plane and that the Y-12 can be operated in airports at Manang, Mustang, Lukla and other areas with high atmospheric pressure. But the manual sent later does not mention that. The NAC is talking with the Chinese team about flight weight of the planes, high insurance premium, training of pilots and engineers, simulator fee and other issues.
Nothing can be done about reducing insurance fee: Chinese team
The Chinese team has said nothing can be done when the NAC urged to reduce insurance premium stating it to be high. The NAC spends almost half its income from Chinese planes on insurance. “Insurance premium is the problem for NAC. But the Chinese side does not want to talk about that,” Kansakar stated. The NAC has been paying just 0.55 percent in premium for its new Airbus A320 planes, and 1.5 percent for Boeing 757s but has been paying 4.47 percent for its MA-60 brought from China. It comes out to Rs 246,000 a day. The NAC pays over Rs 91 million for insurance of MA-60 every year and around Rs 30 million for Y-12. The amount is almost nine times more than that for big planes of Airbus or Boeing.
China has provided Rs 6.67 billion to the NAC through Export Import (Exim) Bank of China in grant and soft loan to procure the six planes. Rs 2.94 billion out of that is grant for an MA-60 and Y-12 each, and the rest soft loan for the remaining four planes. The four planes were already to arrive as per the agreement but the NAC has been taking a stance that they will not be brought until the current problems about insurance were settled.

Monday, July 6, 2015

पर्यटक नआए, बैकको ४० अर्ब जोखिममा


  • पर्यटक नआएपछि ऋणको किस्ता १ वर्ष थप्न माग 

केदार दाहाल
काठमाडौं, २१ असार – भूकम्पका कारण मार परेको भन्दै पर्यटन व्यवसायीले बैंकबाट लिएको ऋणको किस्ता तिर्ने समय १ वर्ष थप्न प्रस्ताव गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाको संयोजकत्वमा रहेको राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिको बैठकले अर्थ मन्त्रालयलाई यस्तो आग्रह गर्ने निर्णय गरेको हो । यो समितिमा सरकार र निजी क्षेत्रको प्रतिनिधित्व छ ।
राष्ट्र बैंकको तथ्यांकहरूअनुसार चालू वर्षका १० महिनामा बैंकहरूले पर्यटनमा झन्डै ४० अर्ब रुपैयाँ लगानी गरेका छन् । वैशाखसम्म ट्रेकिङ, ट्राभल, ¥याफ्टिङलगायत क्षेत्रमा बैंकहरूको १० अर्ब ७० करोड ६६ लाख रुपैयाँ लगानी भएको छ । सबैभन्दा धेरै होटलतर्फ २८ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ लगानी रहेको तथ्यांक छ ।
यसैबीच समितिको बैठकले योगेन्द्र शाक्यको संयोजकत्वमा कार्यकारिणी समितिसमेत गठन गरेको छ । समितिलाई नेपालको पर्यटन क्षेत्रमा तत्काल र दीर्घकालीन योजना बनाएर काम गर्ने जिम्मेवारी दिइएको छ ।
“यतिबेला पर्यटन क्षेत्र शून्य छ, शून्यतामा ऋण तिर्न नसक्ने अवस्था आएकाले १ वर्ष किस्ता अवधि बढाउने प्रस्ताव गरिएको हो,” शाक्यले भने, “हामीले ऋण मिनाह गर भनेको होइन, खाली ३ महिनामा तिर्नुपर्ने किस्ता १ वर्ष अवधि सार्न आग्रह गरेका हौं ।” चालू वर्ष ४ देखि ५ लाखभन्दा बढी पर्यटक नआउने र आगामी वर्ष पनि ६ लाखभन्दा बढी नआउने प्रक्षेपण गरिएकाले व्यवसायीले केही सहुलियत खोजेको शाक्यले बताए ।
सरकारले पनि १० वर्षे रणनीतिक योजनामा सन् २०२० भित्र निजी क्षेत्रबाट २० वटा पाँचतारे होटल खोल्ने लक्ष्य राखेको छ । नेपालमा हाल १० वटामात्र पाँचतारे होटल छन् । घोषणा गरिएअनुसार व्यापारिक समूहका होटल निर्माण भए आगामी ५ वर्षभित्र पाँचतारे होटलको संख्या २२ भन्दा बढी हुनेछ, जुन लक्ष्यभन्दा बढी हो । “अहिले पूर्वाधार निर्माणमा होडबाजी चलेका बेला भूकम्पले पर्यटक आगमन नै ठप्प भएपछि व्यवसायी मारमा परेका छन्,” शाक्यले भने ।
नेपाल भम्रण वर्ष १९९८ मै होटलले १० लाख पर्यटक धान्न सक्ने पूर्वाधार तयार गरेका थिए । सन् २००३÷०४ मा केही चारतारे होटल बन्द भएपछि समस्या आए पनि अहिले १२ देखि १५ लाख पर्यटक धान्न सक्ने पूर्वाधार छन् । नेपालमा अहिले १० वटा पाँचतारे, २ वटा चारतारे, २२ वटा तीनतारेसहित दुईतारे, एकतारे, रिसोर्ट, पर्यटकस्तरका र ताराविहीन गरी १२ सय होटल सञ्चालनमा छन् । यी होटलमा करिब ४० हजार बेड छन । “पूर्वाधार बढ्दै जाने पर्यटक घट्दै जाँदा समस्या आउने देखिएको छ,” शाक्यले भने ।
मन्त्रालयका अनुसार भूकम्पका कारण पर्यटन क्षेत्रको भौतिक क्षति मात्र १८ अर्ब ८६ करोड रुपैयाँ छ भने पर्यटन क्षेत्रको पुनर्निर्माणका लागि मात्र ४१ अर्ब रुपैयाँ लाग्ने प्रवक्ता सापकोटाले बताए ।  भूकम्पका कारण सम्पदा ७४१ वटामा क्षति पुगेको छ भने १५ सय गुम्बामा क्षति पुगेको छ । त्यस्तै, ३५० किलोमिटर पदमार्गमा क्षति पुगेको छ । पर्यटक स्तरका होटलमा १५ प्रतिशत क्षति भएको छ ।  विशेषगरी लाङटाङ, खुम्बु, तथा मनास्लु क्षेत्रका पदमार्गमा क्षति पुगेको छ ।
सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्दा पर्यटक प्याकेज महँगो बन्न गएको भन्दै सरकारमार्फत नै अन्तर्राष्ट्रिय समुदायलाई विश्वस्त पार्ने निर्णय भएको छ । भूकम्पले क्षति पु¥याएका अग्ला भवन भत्काउन सरकारले ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) लाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । “हामीले परराष्ट्र मन्त्रालयमार्फत स्पष्ट पार्न आग्रह गरेका छौं,” शाक्यले भने ।

Sunday, July 5, 2015

हामीले बजार हस्तक्षेप नगरेसम्म अरू एयरलाइन्सले भाडा घटाउँदैनन्


हामीले बजार हस्तक्षेप नगरेसम्म अरू एयरलाइन्सले भाडा घटाउँदैनन्
सुगतरत्न कंसाकार
प्रबन्ध निर्देशक, नेपाल वायुसेवा निगम
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार सधैं चर्चामा आइरहने नाम हो । सरकारका महत्वपूर्ण संस्थानको नेतृत्व खाली हुनेबित्तिकै उनकै नाम चर्चामा आउँछ । ३ वर्ष दूरसञ्चार सञ्चालक समिति सदस्य र २ कार्यकाल प्रबन्ध निर्देशक भई टेलिकमलाई सफलताको उचाइमा पु¥याएका सुगतरत्न कंसाकार वायुसेवा निगममा साढे २ दशकपछि जहाज खरिद प्रक्रिया सुरु गरेका कारण पनि पछिल्लो ५ वर्षयता समाचारमा छाइरहे । निगमका लागि विमान खरिद गर्ने निर्णय गरी विमान निर्माता कम्पनीलाई बैना पठाएर संसदीय समिति र अख्तियारको तारो बनेका उनलाई अदालतले सफाइ दिएपछि उनको चर्चा झनै चुलियो । कंसाकारले यसपटक नेपाल विद्युत् प्राधिकरणको नेतृत्व लिन चाहे पनि संयोगवश निगममै फर्किएका छन् । निगम सुधारका लागि उनका योजना तथा अनुभवका विषयमा कारोबारकर्मी विपेन्द्र कार्की, केदार दाहाल र शिव बोहराले गरेको कुराकानी :
वायुसेवा निगममा कार्यकारी अध्यक्ष भइसकेको व्यक्ति, त्यो पनि एउटा कार्यकाल पूरा गरिसकेपछि किन प्रबन्ध निर्देशक भएर यही संस्थामा फर्कनुभयो ?
मैले यसपटक फर्केर आउँला भन्ने सोचेकै थिइनँ । मेरो पहिलो रोजाइ त विद्युत् प्राधिकरणमा जाने थियो तर त्यहाँ अदालतको फैसलाले मुकेश काफ्लेजीलाई जिम्मेवारी दिइयो । पहिले यहाँ हुँदा निकै ठूलो प्रोजेक्ट सुरु गरेको थिएँ र त्यसमा सानोतिनो अलमल नै प¥यो । अहिले आउँदा मैले सुरु गरेका ती पुराना कामले एउटा बाटो पहिल्याइसकेको छ । १ दिन यहाँका एमडी मदन खरेलले राजीनामा दिनुभएछ, त्यसको १ घण्टा नबित्दै यहाँका डाइरेक्टरलगायतका कर्मचारीको फोन आउन थाल्यो । भोलिपल्ट बिहानैदेखि दिनदिनै यहाँका कर्मचारीहरू मेरो घरमा आएर तपार्ईं नै आउनुप¥यो भन्न थाले । म त कार्यकारी अध्यक्ष भइसकेको कसरी एमडी हुन जाने भनेर अलि अन्योलमा थिएँ । मलाई धेरैले सल्लाह के दिए भने रुसमा भ्लादिमिर पुटिन राष्ट्रपति भइसके पनि प्रधानमन्त्री भएर मुलुक हाँकिरहेका छन् भने तिमी किन एमडी भएर नजाने ? मलाई पनि निगममा एमडी भएरै अझै केही गर्न सकिन्छ भन्ने लागेर यहाँ आएको हुँ । यसपटक यहाँ नियुक्ति पाउन खासै मेहनत गर्नै परेन ।
तपाईंले एमडीको कुर्सी खोजेको हो कि त्यो कुर्सीले तपाईंलाई ?
यसमा ठ्याक्कै यही हो भनेर जवाफ दिन गाह्रो छ । मेरो चाहना नै नभएको भए त म आउने नै थिइनँ र निगमका साथीहरूको चाहना नभएको भए मलाई त्यसरी करबल गर्ने थिएनन् ।
निगम फर्केपछिको १ महिनाको अनुभवचाहिँ कस्तो रह्यो ?
पहिलेभन्दा अहिले अलि समस्या रहेछ । पुराना र अनुभवि कर्मचारीहरू धेरै रिटायर्ड भइसकेछन् । मैले पहिले सातौं तहमा २४ जना एमबीए गरेका कर्मचारीहरू भर्ना गरेको थिएँ, जसमध्ये ५ जना छाडेर गइसके पनि १९ जना अझै यहीँ छन् । तीमध्ये १५ जना त म्यानेजर नै भइसकेका छन् । अरू संस्थानमा भन्ने गरिएजस्तो ओभर स्टाफिङको समस्या यहाँ छैन बरु अन्डर स्टाफिङको समस्याबाट गुज्रिरहेका छौं ।
liberty
karobarmart
पुराना र अनुभवी कर्मचारीहरू उमेर हदकै कारण रिटायर्ड हुँदा कत्तिको समस्या सिर्जना भएको छ ?
त्यसपछि आएका कर्मचारीले पनि राम्रो त गरिरहेकै छन् । पाइलटलाई करोडौं रुपैयाँ खर्च गरेर तालिम गराउने तर ५८ वर्ष पुग्नेबित्तिकै रिटायर्ड हुनुपर्ने अवस्थाको अन्त्यका लागि मैले नै ६५ वर्षसम्म जहाज उडाउन पाउने व्यवस्था गरेको थिएँ र त्यसले राम्रै परिणाम दिइरहेको छ । अरू क्षेत्रमा पनि त्यस्तै अवस्था छ । यो समस्या निगमको मात्र होइन, म पहिले टेलिकममा हुँदा पनि यही कुरा बोर्डमा भनिरहन्थें । एउटा इन्जिनियरलाई राज्यले गरेको लगानी हेर्ने हो र उसको स्वास्थ्य अवस्था हेर्ने हो भने ऊ अझै १० वर्ष काम गर्न सक्छ तर तँ बूढो भइसकिस् अब घर जाऊभन्दा राज्यलाई नै घाटा हुन्छ । यहाँका अनुभवी कर्मचारीले त निजी एयरलाइन्समा गएर राम्रोसँग नेतृत्व लिइरहेका छन् । कहिलेकाहीँ त लाग्छ कि तिनीहरूलाई फेरि बोलाएर काममा लगाऔं । तर, हाम्रो नियम कानुनमा पनि सीमा भएकाले त्यति सजिलो छैन । २३ सय दरबन्दी भएको यो संस्थामा १ हजारमात्रै कर्मचारी छन् । हामी अब १÷२ महिनामा विज्ञापन गरेर कर्मचारी थप्नेछौं ।
निगम अहिले जहाज थपिरहेको छ र अब पुरानै ढर्राबाट चल्न सक्दैन । यस्तो बेलामा व्यवस्थापन सुधार गर्न के गरिरहनुभएको छ ?
हो, अहिलेको विश्वमा व्यवस्थापन सुधार भनेको निकै पेचिलो प्रश्न बनेको छ र यो कहिल्यै नसकिने अनन्त प्रक्रिया पनि हो । निगमलाई वल्र्ड क्लास एयरलाइन्स बनाउने हाम्रो योजना छ र निगम चलाउन म पूर्ण सक्षम छु भनेर दाबी गर्दिनँ त्यसैले मेरो पनि सल्लाहकार राख्ने तयारी गरिरहेको छु । त्यस्तै अरू ३ जना चिफ कमर्सियल अफिसर, चिफ फाइनान्स अफिसर, चिफ अपरेसन अफिसरलगायतका कन्सल्ट्यान्ट ल्याउने तयारीमा हामी छौं । ४० औं वर्ष अनुभव भएका यस्ता कन्सल्ट्यान्ट १÷२ महिनाभित्रै ल्याउनेछौं । हामी सस्तो होइन, राम्रा र अनुभवी कन्सल्ट्यान्ट राख्ने पक्षमा छौं ।
हामीले अर्को वर्षसम्ममा अनलाइन टिकेटिङको काम पनि गर्नेछौं । क्यानडा बस्नेदेखि गाउँमा बस्नेसम्मले काठमाडौं दिल्लीको टिकट बुकिङ गर्न र अनलाइनबाटै भुक्तानी गर्न सक्नुप¥यो । यो संसारभरि सम्भव छ भने किन नेपालमा नहुने भन्ने पनि मैले भन्ने गरेको छु । पेमेन्ट गेटवेको काम नेपाली बैंकले पनि सुरु गर्दै रहेकाले हामी पहिलो ग्राहक बनेरै यो सेवा दिनेछौं । यसले पर्यटकलाई पनि सजिलो हुनेछ, उनीहरूले सस्तोमा टिकट पाउनेछन् ।
निगमले अहिले सस्तोमा सेवा दिइरहेको छ, यसरी लागत बढाउँदा मूल्य बढाउनुपर्ने चुनौती हुँदैन र ?
मैले त एसियामा सबैभन्दा महँगो हवाई गन्तव्य नेपाल नै हो भन्दै आएको छु र यसमा आजसम्म मलाई कसैले चुनौती दिन सकेको छैन । नेपालले आर्थिक फड्को मार्ने पर्यटनबाटै हो र यसका लागि हवाई टिकट सस्तो हुनुपर्छ । निगमले बजार हस्तक्षेप नगरेसम्म हवाई टिकट सस्तो हुने सम्भावना छैन किनभने उनीहरूले कमाइरहेको क्षेत्रमा प्रतिस्पर्धा महसुस नगरेसम्म टिकट दर घटाउने छैनन् । हामीले आफ्नो क्षमतासँगै बजार पनि विस्तार गरेर सेवा दिने भएकाले लागत र मूल्यबीच तालमेल हुन्छ ।
निगमले यसरी बजार हस्तक्षेप गर्न त ऊसँग पर्याप्त जहाज हुनुप¥यो नि ! अहिलेकै अवस्थामा यो कसरी सम्भव छ र ?
यसका लागि त हामीले जहाज थप्नैपर्छ । हामीसँग अहिले ४ वटा जेट छन् । वर्षैपिच्छे एउटा थप्नुपर्छ । मैले बोर्डमा पनि यही कुरा गरेको छु र उहाँहरू एकदमै सकारात्मक पनि हुनुहुन्छ । हाम्रोभन्दा पनि यसमा त निजी क्षेत्रका ट्राभल, होटलहरूको दबाब चर्को छ, जबसम्म नेपाल एयरलाइन्स बलियो हुँदैन तबसम्म नेपालको पर्यटन उकालो लाग्न सक्दैन भन्ने उनीहरूलाई थाहा छ तर अहिलेसम्मका सरकारलाई थाहा नभएरै दुइटा जहाज किन्न पनि ठ्याक्कै २४ वर्ष लाग्यो । अहिले पनि २ जहाज थप्न साढे ५ वर्ष कुर्नुप¥यो तर अब त्यस्तो हुँदैन । अब सबै झसंग भइसकेकाले त्यस्तो नहोला । सार्वजनिक खरिद ऐनको संशोधनमा वायुसेवा निगमले जहाज खरिद गर्दा छुट्टै प्रावधान राखिएकाले पनि अब विगतको गल्तीबाट सबैले पाठ सिकेको महसुस भएको छ ।
पहिले अढाइ दशकसम्म जहाज नकिन्ने तर पछि एकैपटक खरिद गर्दा यसले वित्तीय व्यवस्थापनमा पार्न सक्ने प्रभावप्रति कत्तिको सचेत हुनुहुन्छ ?
हाम्रो व्यापारिक योजना त छ नि ! कुनै पनि जहाज किन्दा त्यसले गर्नसक्ने व्यापार र लगानीको प्रतिफल त पहिल्यै आँकलन गरिएको हुन्छ । हामीसँग पहिले पनि व्यापारिक योजना थियो र अहिले पनि छ । पहिले यहाँका युवा चार्टर्ड एकाउन्टले बनाएको व्यापारिक योजना मैले एकदमै नाम चलेको चार्टर्ड एकाउन्टेन्ट केके सिंहलाई देखाउँदा उहाँले फस्र्ट क्लास छ र यसको डिफेन्सका लागि जहाँ पनि जान सक्छु भन्नुभयो । तर, बजारमा व्यापारिक योजनाबिनै जहाज किन्न लाग्यो भनेर हल्ला चलाइयो । व्यवस्थापन र उत्पादन भनेको फरक पाटो हुन् । उत्पादन क्षमता नै नबढाएसम्म अथवा आम्दानी नबढाएसम्म कसरी व्यवस्थापन गर्ने ? २६ वर्षसम्म २ वटा बोइङले कमाउने आम्दानी सीमित हुन्छ, यिनको पूर्ण उपयोग भइरहेको थियो । आम्दानी बढाउन हामीले मेसिन त थप्नै पर्ने थियो ।
संसारभर एभियसन क्षेत्रको वृद्धिदर हेर्ने हो र नेपाल एयरलाइन्सले लिएको ऋणको ब्याज हेर्ने हो भने त तालमेल देखिँदैन । यस्तो असन्तुलनले झनै जोखिम बढाएन र ?
यसमा थोरै समस्या छ । यहाँका ठूला व्यापारीलाई ७, ८ प्रतिशत ब्याजमा ऋण दिने तर सरकारी संस्थानलाई १२ प्रतिशत लिने नसुहाउने भयो भनेर मैले सञ्चयकोषका कार्यकारी प्रशासकलाई भेटेरै भनेको छु तर उहाँले सम्झौता तत्काल संशोधन गर्न नसकिने भनेपछि अब अर्थ मन्त्रालयमार्फत आग्रह गर्ने तयारी भइरहेको छ । यसबाहेक यहाँ अर्को नमिल्दो कुरा पनि छ कि ३६ करोड पुँजी भएको यो कम्पनीले १० अर्ब ऋण लिएको देख्दा प्लस टु पढ्ने विद्यार्थी पनि अचम्भित हुन्छन् । यसको एउटै उपाय यसमा लगानीकर्ता नेपाल सरकारले पुँजी थप्नुप¥यो । मैले पर्यटन मन्त्रीसँग पनि यो कुरा गरिसकेको छु । सरकारले १० अर्ब पुँजी थप्यो भने हामी त्यो पैसा सञ्चयकोषलाई तिर्नेछौं । यसपछि ब्याज तिर्नै पर्दैन, हामी सरकारलाई लाभांश दिनेछौं । राष्ट्रिय ध्वजावाहकलाई सरकारले अरू संस्थानभन्दा फरक व्यवहार गर्नैपर्छ । एयर इन्डियालाई हालै भारतले सहयोग गरेको छ तर हामी सहयोग होइन लगानी गर्न भनिरहेका छौं । यसले १ जना पर्यटकमात्रै बढी ल्याइदियो भने ९ जनाले रोजगारी पाउँछन् ।
निगम सुधारका कुरा गरिरहँदा कतिपय जानकारहरूले भन्ने गरेका छन् कि चिनियाँ जहाजकै कारण निगम धराशायी हुनेछ । तपाईंलाई के लाग्छ ?
यसबाट निगम समाप्त हुनै नै होइन । यसको इन्स्योरेन्सको चार्ज बढी र लोड पेनाल्टी बढी हुँदा घाटामा चलाइरहेको सत्य हो । तर, यसका लागि हामीले चिनियाँलाई नेपाल बोलाएका छौं र उनीहरूसँग बसेर अब निर्णय गर्नेछौं । चलाउने कि नचलाउने भन्ने चाँडै निर्णय लिनै पर्छ तर निगम व्यावसायिक संस्था भएकाले नाफा कमाउन नसके चलाइरहनु आवश्यक छैन । यसमा कूटनीतिक सम्बन्धको कुरा पनि आउने भएकाले सरकारले हेर्नुपर्ला तर हामी यसरी नै चलाउन सक्ने अवस्थामा छैनौं । हाम्रा इन्जिनियरले गरेको हिसाब मिलेन भनेर प्रमाणित गर्न चिनियाँहरूलाई पनि भनिरहेका छौं नत्र यसको विकल्प सोच्नैपर्छ ।
निगमजस्तो सानो संस्थाले बोइङ र एयरबसका दुईखाले जहाज राख्नुहुँदैन भन्ने तर्क र बोइङ विस्थापनको चर्चाका सम्बन्न्धमा निगमको आधिकारिक धारणा के हो ?
हामीसँग ४ वटा जेट छ र यिनैको आधारमा हामीले गन्तव्य निर्धारण गरिसक्यौं । सेप्टेम्बर पहिलो सातादेखि बैंगलोर र मुम्बईमा जाँदैछौं भने त्यसपछि ग्वाङजाऊ, दुबई र दमाम जाने हाम्रो सोचाइ छ । यसकारण हामीले सुरु गरिसकेका गन्तव्यबाट फिर्ता हुने कुरै भएन । २ वटा जहाज थपेर ६ वटा पु¥याएपछि  मात्र हामी बोइङ चलाइरहने कि फिर्ता गर्ने भनेर निर्णय गर्नेछौं । अहिलेलाई त्यो सम्भव नै छैन । तर, चलाइरहेका बेलामा बिक्री ग¥यो भने बढी पैसा आउँछ भन्ने तर्क स्वाभाविक पनि छ किनभने पहिले एभ्रोजसरी कवाडीको मूल्यमा बिक्री गर्नुपर्ने अवस्था नआओस् भन्नेमा चाहिँ हामी सचेत हुनैपर्छ ।
निगमबाट ग्राउन्ड ह्यान्डलिङको सेवा खोस्न विभिन्न प्रयासहरू भइरहेका छन् । तपाईंहरूको सेवा गुणस्तरमा पनि प्रश्न उठिरहेका छन् भने अब निगमको हातबाट यो फुत्कियो भने के गर्नुहुन्छ ?
ग्राउन्ड ह्यान्डलिङ त जसरी पनि हामीले नै पाउनैपर्छ । संसारभर राष्ट्रिय ध्वजावाहकले नै गर्दै आए पनि ५,६ वर्षदेखि आउटसोर्सिङको क्रम देखिएको छ । अहिले पनि हेरौं न कति मुलुकमा राष्ट्रिय ध्वजावाहकले यो सेवा दिँदै आएका छन् भनेर । रह्यो गुणस्तरको कुरा कि हामीले जसलाई सेवा दिइरहेका छौं, उनीहरूले हाम्रो सेवा राम्रो छ भनेर प्रमाणपत्र नै दिइरहेका छन् । यसमा पैसा अलि महँगो भएको छ भन्ने आरोप पनि मिथ्या हो । यसमा तथ्यांक दिएर कसैले पनि भन्न सकेको छैन । दिल्ली कोलकाताको तुलनामा हाम्रो महँगो छैन । उदाहरणका लागि कुनै पनि जहाज अवतरण गर्नेबित्तिकै हामीले सफा गरिदिन्छौं र यसमा सबै एयरलाइन्सहरूले हाम्रो सेवालाई एक्सिलेन्ट भनेका छन् । यो हाम्रा लागि एकदमै आवश्यक छ र अहिलेसम्म जहाज किन्न नदिनेहरूले नै यसविरुद्ध अपवाह फैलाइरहेका छन् । जुन दिन हामीले पर्याप्त बिजनेस गरेर युरोप र अमेरिकासम्म जहाज उडाउँछौं, त्यो दिन हामी आफैं गएर यो झ्याउलाग्दो काम छाड्छौं भन्ने जानेछौं । ग्राउन्ड ह्यान्डलिङ अन्तर्राष्ट्रियस्तरको हुनुपर्ने माग गर्नेहरूले नेपालमा कुन–कुन काम अन्तर्राष्ट्रियस्तरको छ भनेर देखाइदिनुप¥यो नि ! अन्तर्राष्ट्रियस्तरको एयरपोर्ट चाहियो, सिभिल एभिएसन चाहियो । यसो भन्दैमा हामी स्ट्यान्डर्डको काम नगर्ने भनेको हैन र सुधारको प्रक्रिया पनि जरुरी छ ।
निगमलाई अब रणनीतिक साझेदार चाहिन्छ कि चाहिँदैन ?
रणनीतिक साझेदार शब्दमा जे भनिए पनि यो खासमा निजीकरण नै हो । यसमा लगानीकै कुरा जोडिन्छ । यो नेपाल सरकारको हातमा छ कि कसलाई बेच्ने, कसरी बेच्ने र किन नबेच्ने भनेर स्पष्ट हुनुपर्छ । म पहिले यहीं अध्यक्ष हुँदा मन्त्री र सचिवले मलाई सोध्नुभएपछि मैले ५१ प्रतिशत नदिई सम्भव छैन भने । मैले सोहीअनुसार गृहकार्य गरेर बोर्डबाट निर्णय गरेर पर्यटन मन्त्रालय पठाएको थिएँ । त्यहाँबाट अर्थ मन्त्रालय पुगेको फाइल आजसम्म अत्तोपत्तो छैन । दूरसञ्चारको जस्तो अलिकति सेयर बेचेर आत्मरतिमा रमाउनु हुँदैन भन्नेमा चाहिँ मैले सबैलाई भनेको छु ।
लुफ्थान्सालाई भिœयाउने प्रयास कहाँ पुगेको छ ?
लुफ्थान्साको प्रस्ताव यति आकर्षक छ कि हेर्दा त आजको भोलि नै भिœयाइहाल्नु पर्ने हो तर हाम्रो प्रचलित कानुनले त्यति सजिलै दिँदैन । त्यही भएर नै मैले कन्सल्ट्यान्ट नियुक्तिको प्रक्रिया अघि बढाउँदैछु । हामी थाई, सिंगापुर एयरलाइन्सको जस्तै सिस्टम यहाँ भिœयाउन चाहन्छौं, जसले कुनै कारण जहाज ग्राउन्डेड हुनु नपरोस् । दूरसञ्चारमा पनि पहिले विश्व बैंकले पठाएका कन्सल्ट्यान्टले सुरु गरेको सिस्टमले पछिसम्म पनि काम ग¥यो ।
निगमप्रतिको विश्वसनीयता बढाउन के गर्दै हुनुहुन्छ ?
पहिले हामीसँग २ वटा जहाज थिए अहिले ४ वटा छन् । यसले हाम्रो जोखिम ५० प्रतिशतबाट घटेर २५ मा झरेको छ । हामी पङ्क्चुवालिटी र रिलायबिलिटीमा विश्वास गर्छौं । पहिले समयमै जहाज उडाउनुप¥यो भने दोस्रो फ्लाइट क्यान्सिल हुनु भएन । जति जहाज बढी भयो उति नै रिलायबिलिटी बढ्ने रहेछ । म आफैं पनि प्रत्यक्ष रूपमा हेरिरहन्छु । कहिलेकाहीँ कुनै पायलट समयमै आएन भने आफैं फोन गरेर क्याप्टेन साब बिरामी पर्नुभयो कि भनेर सोधिदिँदा पनि धेरै फरक पर्ने रहेछ । यसरी सुधार भनेको निरन्तर भइरहने भएकाले सानातिना कुरामा पनि ख्याल गर्नुपर्छ ।
दुर्गममा सेवा दिने दायित्व पूरा गर्न त तपाईंहरूसँग पर्याप्त जहाज नै छैनन् तपाईंहरू नाफामुखी क्षेत्र मात्रै खोज्दै हिँड्नुहुन्छ भने कसरी यो जनताको कम्पनी हुन सक्छ ?
मलाई १ जना विदेशी मित्रले भनेका थिए— नेपाल जस्तो सानो मुलुकमा ५२ वटा विमानस्थल हुनु भनेको ठूलो सम्पत्ति हो । विडम्बना— हामी २२ गन्तव्यमा सीमित छौं । चिनियाँ जहाज आउनुअघि ४५ वर्षसम्म हामीले जहाज किनेनौं । निजी क्षेत्र जान हिचकिचाउने क्षेत्रमा पब्लिक सेक्टर जानुपर्छ । नाफाघाटा हेरेर मात्र हुँदैन । दूरसञ्चारमा सहरी उपभोक्ताबाट पैसा कमाएर गाउँमा जाँदा घाटा नै भए पनि गाउँमा जाने भन्ने योजना त सफल भयो नि ! यहाँ पनि युरोपबाट पैसा कमाएर २ जना यात्रु भए पनि दुर्गममा उडाउने हाम्रो लक्ष्य छ । सबै एयरपोर्टमा नियमित जहाज चल्ने हो भने देश साँच्चै विकास हुनेछ । कम्तीमा ६ वटा जहाज किनेर ५२ एयरपोर्टमा नियमित उडान गर्नुपर्छ । धेरै ठाउँमा एयरपोर्टमा ओर्लेर २ घण्टामात्रै घुम्ने हो भने एकदमै सुन्दर ठाउँमा पुग्न सकिन्छ ।

Wednesday, June 24, 2015

प्रधानमन्त्री कोइरालाले सम्मेलनमा सहभागिहरुलाई सम्बोधन जारी

Image result for susil koirala
प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलनमा सहभागिहरुलाई सम्बोधन जारी राखेका छन । सुशील  कोइरालाले उद्घाटान गरेका छन । यतिवेला प्रधानमन्त्री कोइरालाले सहभागिहरुलाई सम्बोधन जारी राखेका छन । राजधानीको सोल्टी होटलमा दाता सम्मेलन सुरु भएको छ ।  सम्मेलनमा विभिन्न मुलुकका दातृ निकायका प्रमुखहरु सहभागि छन । सम्मेलन स्थल सोल्टी होटल परिसरमा सहभागी मुलुक र निकायहरुको झण्डा र ब्यानर राखिएको छ।
सम्मेलनमा सहभागी हुन दुई छिमेकी देश चीन र भारतका विदेशमन्त्री वाङ यी र सुष्मा स्वराज बुधबारनै नेपाल आइपुगेका थिए। नर्वेका विदेश मन्त्री बर्ग ब्रेन्डे, जापानका विदेश राज्यमन्त्री मिनोरु कियुची पनी सहभागि छन । श्रीलङ्काका विपद् व्यवस्थापन मन्त्री ए एचएम फौजे पनि सम्म्ेलनमा सहभागि छन । उनीहरुे  भूकम्पले क्षतिग्रस्त राजधानीको बसन्तपुर दरबार स्क्वायरको भ्रमणसमेत गरेका थिए ।
साथै नेपालले वैशाख १२ गतेको भूकम्पको क्षतिपछिको पुनर्निर्माणका लागि आफ्नो आवश्यकताबारे प्रष्ट्याउने छ। लगत्तै दातृ मुलुक र निकायका प्रतिनिधिहरुले विपद् व्यवस्थापनबारे आफ्नो अनुभव र नेपालका लागि सहयोगको प्रतिवद्धता गर्नेछन्।
वैशाख १२ गते र त्यसपछि पटक पटक गएका परकम्पले ध्वस्त भएको भौतिक संरचना पुर्ननिर्माण र पीडित जनताको पुनर्स्थापनाका लागि आवश्यक ६ खर्ब ६६ अर्व बराबरको आर्थिक सहयोग आवश्यक पर्ने भन्दै सरकारले विश्व समुदायलाई सम्मेलनमा आमन्त्रण गरेको थियो।

परराष्ट्रमन्त्री पान्डेले भने यतिवेला हामीलाई अन्तर्राष्ट्रियको सहयोग चाहिएको छ

सुरु भयो दाता सम्मेलन,प्रधानमन्बी सुशील  कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको छन ।
परराष्ट्रमन्त्री पान्डेले भने यतिवेला हामीलाई अन्तर्राष्ट्रियको सहयोग चाहिएको छ ।  मन्त्रीले पान्डेलाई सहभागिलाई सम्बोधन गर्दै सहयोगको लागि अपिल गरेका हुन ।
राजधानीको सोल्टी होटलमा दाता सम्मेलन सुरु भएको छ ।  सम्मेलनमा विभिन्न मुलुकका दातृ निकायका प्रमुखहरु सहभागि छन । सम्मेलन स्थल सोल्टी होटल परिसरमा सहभागी मुलुक र निकायहरुको झण्डा र ब्यानर राखिएको छ।
सम्मेलनमा सहभागी हुन दुई छिमेकी देश चीन र भारतका विदेशमन्त्री वाङ यी र सुष्मा स्वराज बुधबारनै नेपाल आइपुगेका थिए। नर्वेका विदेश मन्त्री बर्ग ब्रेन्डे, जापानका विदेश राज्यमन्त्री मिनोरु कियुची पनी सहभागि छन । श्रीलङ्काका विपद् व्यवस्थापन मन्त्री ए एचएम फौजे पनि सम्म्ेलनमा सहभागि छन । उनीहरुे  भूकम्पले क्षतिग्रस्त राजधानीको बसन्तपुर दरबार स्क्वायरको भ्रमणसमेत गरेका थिए ।
साथै नेपालले वैशाख १२ गतेको भूकम्पको क्षतिपछिको पुनर्निर्माणका लागि आफ्नो आवश्यकताबारे प्रष्ट्याउने छ। लगत्तै दातृ मुलुक र निकायका प्रतिनिधिहरुले विपद् व्यवस्थापनबारे आफ्नो अनुभव र नेपालका लागि सहयोगको प्रतिवद्धता गर्नेछन्।
वैशाख १२ गते र त्यसपछि पटक पटक गएका परकम्पले ध्वस्त भएको भौतिक संरचना पुर्ननिर्माण र पीडित जनताको पुनर्स्थापनाका लागि आवश्यक ६ खर्ब ६६ अर्व बराबरको आर्थिक सहयोग आवश्यक पर्ने भन्दै सरकारले विश्व समुदायलाई सम्मेलनमा आमन्त्रण गरेको थियो।

यातायात विभागका महानिर्देशक र यातायात मन्त्रीको बोलवाला

पुरानैलाई दिने गरी १८५० नयाँ ट्याक्सी थप्ने तयारी 
– भूकम्पपीडित कोटामा थप ५ सय
– ट्याक्सी व्यवसायी नै असन्तुष्ट
– सिन्डिकेटलाई प्रोत्साहन
शिव बोहरा
काठमाडौं, ८ असार – काठमाडौं उपत्यकाभित्र चल्ने ट्याक्सी साँघुरा र कम क्षमताका भएको भन्दै उपभोक्ताले बारम्बार गुनासो गरिरहे पनि सरकारले भने अहिलेकै आकार र क्षमताका ट्याक्सी थप्ने भएको छ । सवारी आयातकर्ता र केही ट्याक्सी व्यवसायीको मिलेमतोमा पुरानै मोडलका १८५० ट्याक्सी थप्न लागिएको हो । नयाँ ट्याक्सी पनि ८ सय सीसी क्षमताकै हुनेछन्, जसमा पर्याप्त यात्रु र सामान राख्न मिल्दैन ।
नयाँ ट्याक्सी थप्न सरकारले भूकम्पलाई पनि बहाना बनाएको छ । भूकम्पपीडित चालकलाई कोटास्वरूप थप ५ सय ट्याक्सी नयाँ दर्ता गर्ने गरी यातायात व्यवस्था विभागले यातायात व्यवस्था कार्यालय बागमतीलाई परिपत्र पठाइसकेको छ । यद्यपि भूकम्पपीडित चालकको विवरण विभागसँगै छैन । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले व्यक्तिका नाममा नयाँ ट्याक्सी दर्ता नगर्ने भने पनि व्यवसायीको प्रलोभनमा परेर विभागले गरेको यस्तो प्रस्ताव मन्त्रालय आफैंले स्वीकृत गरेको हो ।
नयाँ ट्याक्सी दर्ताको विषयमा मन्त्रालयले निर्णय गरेर बागमती कार्यालय पठाएको विभाग महानिर्देशक मदुसूदन बुर्लाकोटीले बताए । यसबारे आफूलाई धेरै थाहा नभएको भन्दै उनी पन्छिए । “मन्त्रालयले निर्णय गरेर अञ्चल कार्यालय पठाएको छ, संख्या के कति, कस्तो हो भन्ने अञ्चल कार्यालयलाई नै थाहा होला,” उनले भने ।
बागमती कार्यालयले ०६९ कात्तिकमै उपत्यकामा ५ हजार नयाँ ट्याक्सी आवश्यक रहेको प्रतिवेदन विभाग पठाएको थियो । तर, विभाग महानिर्देशकले मन्त्री तथा सचिवलाई आश्वस्त तुल्याई आफूअनुकूल निर्णय गराएको मन्त्रालय स्रोतको दाबी छ । ‘क्याब सिस्टम’बिना नयाँ ट्याक्सी दर्ता गर्न नहुने पक्षमा रहेका मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला मन्त्री बिमलेन्द्र निधिको चेपुवामा परेर यस्तो निर्णयमा सहमत भएको दाबी पनि स्रोतको छ । यसबारे सिटौलाले प्रतिक्रिया नै दिन चाहेनन् ।
मन्त्रालयले बागमती कार्यालयलाई ३ वटा आधारमा ट्याक्सी दर्ता गर्न भनेको छ । पहिलोमा साविककै व्यवसायीलाई १८५० ट्याक्सी दर्ता गर्न दिने, दोस्रोमा यसबाट बाँकी रहे स्वरोजगारवालालाई दर्ता गर्न दिने र तेस्रोमा माथिका २ बाट बचेका नागरिकलाई दर्ता गर्न दिने उल्लेख छ । थप ५ सय ट्याक्सी भूकम्पपीडितका लागि छुट्ट्याइएको र यसको आधार भने नआएको बागमती कार्यालय स्रोतले जनाएको छ । अरु ५ सय डिलक्स ट्याक्सी (कम्तीमा १२ सय सीसी) सहकारी÷प्रालिमा दर्ता गरिने भनिए पनि यो अधिकार विभाग आफंैले लिएको स्रोतको दाबी छ ।
सरकारको पछिल्लो निर्णयसँगै ट्याक्सीमा सिन्डिकेट रोक्ने प्रयास असफल हुने देखिएको छ । खुलाबजार नीति अंगिकार गरेको सरकारले पुरानै ट्याक्सी मालिकले पाउने गरी नयाँ दर्ता खुला गरेपछि यसलाई व्यवस्थित बनाउन लगानी गर्न खोज्नेहरूका लागि ढोका बन्द भएको छ । सरकारको यो निर्णयमा ट्याक्सी व्यवसायी नै रुष्ट देखिएका छन् ।
“सरकारले यस्तो निर्णय गरेको हो भने के आधारमा ग¥यो, हामीलाई कुनै कुनै जानकारी छैन,” नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम भन्छन्, “२५ सयभन्दा बढी ट्याक्सी स्क्र्याप गर्नुपर्ने अवस्थामा रहे पनि सरकारले के आधारमा यस्तो निर्णय ग¥यो, हामी छिट्टै पर्दाफास गर्छौं । हामीलाई सीसी कति ल्याउने भन्नेमा आपत्ति छैन, सरकार केको प्रलोभनमा प¥यो भन्ने हो ।”

1,850 TAXIS TO BE ADDED BY EXISTING OWNERS


SHIVA BOHARA
KATHMANDU, June 23
The government has taken decision to add new taxis of the same size and capacity as the current ones even as consumers have been complaining that those plying in Kathmandu Valley are narrow and of low capacity.
A total of 1,850 taxis of the old 800 cc model will be added under influence of vehicle importers and a few taxi entrepreneurs. The government has even cited the earthquake as a reason to add more taxis. The Department of Transport Management has already issued circular to the Bagmati Transport Management Office to add new taxis in a way registering 500 of them for drivers who have suffered losses in the earthquake even though the department does not have details about such drivers.
The Ministry of Physical Infrastructure and Transport earlier had said that taxis will not be registered in the name of individuals but has now accepted the department’s proposal under influence of the entrepreneurs. Director General (DG) at the department Madhusudan Burlakoti said the ministry has taken decision about new taxis and instructed the Bagmati office. He avoided further questions saying he does not know much about the issue. “The ministry has taken decision and sent it to the Bagmati office. The zonal office would know about the type of taxis and the number,” he stated.
The Bagmati office had sent a report to the department in October, 2012 stating that 5,000 new taxis are needed in the Valley. But ministry sources claimed that DG has got a decision he wanted by assuring minister and secretary. The sources added that Secretary Tulasi Prasad Sitaula who was in favor of not registering new taxis without implementing cab system was pressurized by Minister Bimalendra Nidhi to agree on the issue. Secretary Sitaula refused to comment on the issue.
The ministry has asked the Bagmati office to register new taxis on three grounds. It will allow existing entrepreneurs to register 1,850 new taxis, the self-employed ones will be allowed if there are some quotas remaining and other citizens will be allowed to register taxis if there are still some remaining. Sources claimed that another 500 taxis have been allocated for earthquake victims but there are no criteria for that. The sources claimed that the department has taken rights for another 500 deluxe taxis, of at least 1,200 cc, even though they were to be registered in cooperative or private limited company.
The latest government decision means efforts for busting the taxi syndicate have failed. Doors have been closed on those wishing to invest on new taxis to manage them better after the government preaching free market economy has opened new registration allowing the existing entrepreneurs to add new ones. Some taxi entrepreneurs are also unhappy with the government decision. “If the government has taken such decision, we do not know on what grounds the decision was made,” president of Nepal Taxi Entrepreneurs’ Association Arjun Gautam said. “We will soon reveal on what grounds the government took such decision when more than 2,500 taxis have to be converted into scrap. We have no issue with capacity of the engine but the main issue is how the government was influenced,” he added.