आर्थिक क्षेत्रका विशेष गतिविधी

Tuesday, May 24, 2011

होम › कर्पोरेट › ‘एक्सचेन्ज’ कारोबारमा पाँच गुणा गिरावट ‘एक्सचेन्ज’ कारोबारमा पाँच गुणा गिरावट

गाडीको सट्टापट्टा गर्ने व्यवसायीहरूले अस्वाभाविक मूल्यवृद्धि गरेपछि कारोबार प्रभावित बनेको छः नाडा

काठमाडौं, १० वैशाख

पछिल्लो समय निकै फस्टाउन थालेको चार पाङ्ग्रे गाडीको साटफेर (एक्सचेन्ज) व्यवसाय अहिले संकटमा छ । व्यवसायीहरूका अनुसार पछिल्ला महिनामा यस्तो कारोबार झन्डै ५ सय प्रतिशतले घटेको छ । पुराना गाडी खरिदकर्तालाई कर्जा सुविधा दिँदै आएका बैंकहरूले कर्जामा कडाइ गर्दै लगेपछि यो व्यवसाय प्रत्यक्ष प्रभावित भएको हो ।

बैंकहरूले यस्तो शीर्षकको कर्जा प्रवाहमा रोक लगाएका छन् । सरकारले बढाएको करका कारण पनि पुराना गाडी किनबेच हुने क्रम घटेको नेपाल अटोमोवाइल डिलर एसोसिएसन (नाडा) ले जनाएको छ ।

गाडी कम्पनीको समेत राम्रो आम्दानीको स्रोत बनिसकेको ‘एक्सचेन्ज’ कारोबार तीव्र रूपमा घटेपछि व्यवसायी चिन्तित भएका छन् ।

नेपालमा ‘एक्स्चेन्ज’ व्यवसाय सुरु भएको एक दशक पनि पूरा भएको छैन । यो व्यवसाय मुख्यगरी वर्कसप र ब्रान्डेड गाडीका विक्रेताले गर्दै आएका थिए । “केही वर्षअघिमात्र यस्तो कारोबार फस्टाएको भए पनि पछिल्लो समय पूर्णरुपमा बन्द भएको छ,” नाडा अध्यक्ष सौरभ ज्योतिले भने ।

सरकारी तथ्यांकले पनि गाडीको सट्टापट्टा घटेको देखाएको छ । नयाँ गाडी बिक्रीमा उच्च गिरावट आइरहेका बेला पुराना गाडीको नामसारी दर्तामा पनि उल्लेख्य कमी आएको यातायत व्यवस्था कार्यालय एकान्तकुनाले जनाएको छ । अघिल्लो वर्षमा दैनिक १ सयदेखि १ सय ५० को संख्यामा नामसारी हुने गरे पनि हाल यो संख्या घटेर २० देखि ३० मा सीमित भएको कार्यालयका शाखा अधिकृत विष्णु पौडेलले जानकारी दिए ।

पुराना गाडीको नामसारी र दर्तामा झन्डै ५ सय प्रतिशतले कमी आएको छ । हाल आएका दर्ता पनि धेरैजसो नातेदारको नाममा बढी भएको पौडेलले बताए ।

दोस्रो बजारमा गाडीको किनबेच घट्नुको अर्को कारण अस्वाभाविक मूल्यवृद्धि पनि हो । कारोबार थोरै हुँदा पनि ‘एक्सचेन्ज’ गर्नेले अस्वाभाविक मूल्य बढाएकाले कारोबार घटेको अध्यक्ष ज्योति बताउँछन् । “विक्रेताहरूले धेरै रकम माग गर्न थालेपछि यतिबेला एक्सचेन्जमा प्रभाव परेको छ,” उनले भने ।

पछिल्लो समय २० लाखभन्दा बढी कारोबार बैंकमार्फत गर्नुपर्ने प्रावधानले पनि ‘एक्सचेन्ज’ व्यवसायलाई असर पारेको ज्योतिले बताए । २० लाखसम्मको कारोबार नगदमा भन्दा ‘डिलिङ’ बाट हुने भएकाले पनि यस्तो व्यवसाय बन्दै हुने अवस्थामा पुगेको उनको अनुभव छ ।

नयाँ तथा महँगो गाडी खरिद गर्न नसक्नेहरूका लागि ‘एक्सचेन्ज’ सजिलो माध्यम भए पनि पछिल्लो समय पुराना गाडी विक्रेताले नै महँगो दर कायम गरेका छन् । विक्रेताहरूले गाडी खरिद गरेको वर्ष तथा पुर्जाहरूका आधारमा रकम तोक्ने तथा लिने गरेका छन् ।

गाडी साटफेर गर्ने उद्देश्यले खोलिएका सबै ‘एक्सचेन्ज’ व्यवसाय मारमा परेको ड्राइभ इन कार एक्सचेन्ज सेन्टरका प्रवन्धक लेखनाथ न्यौपानेले बताए ।

नयाँ गाडीको बिक्रैमै कमी आएपछि ‘एक्सचेन्ज मार्केट’ पनि ओरालो लाग्नु स्वाभाविक भएको गोल्छा समूहका सुनील क्षेत्रीको भनाइ छ । “एक्सचेन्ज बजार प्रभावित हँुदा मध्यम वर्गका उपभोक्ता मारमा परेका छन्,” उनले भने ।

बजारको राम्रो सम्भाव्यता देखेर गाडी कम्पनीहरूले पनि ‘एक्सचेन्ज मेला’ सञ्चालन गर्दै आएका छन् । सबैजसो गाडीका अधिकृत विक्रेताहरूले नयाँ गाडी बिक्रीसँगै ‘एक्सचेन्ज’ कारोबारसमेत गर्दै आएका छन् ।


रेडबुल *याफ्टिङ महोत्सव सम्पन्न

काठमाडौं, ८ जेठ (कास) ः

‘पर्यटनको लागि नदी सुरक्षा’ भन्ने नाराका साथ नेपाल एशाएसोसियसन अफ -याफ्फ्टिङ एजेन्ट्स् (नारा) को आयोजनामा शनिवाशनिबार ‘रेडबुल २३ औं ग्रग््य्रायन्ड ान्ड बाषिवार्षिक -याफ्फ्टििङ फेस्टिीवबल– २०११’ सम्पन्न भएको होछ ।

नेपालको पर्यटन उद्योगको विविध विद्याहविधारुमध्ये साहासिक पर्यटन टन उद्योग अन्र्तर्गत ¥याफ्टिङजलसम्पदामा आधारित साहासिक जलयात्रा व्यवसाय नेपालको पर्यटन उद्योगको एउटा महात्वपूर्र्ण अंग भएकोले महोत्सव मार्फत ‘नदी बचाऊ’ अभियानका लागि महोत्सव आयोजना गरिएको नाराले बताएको छ । साहसिक जलयात्रा पर्यटनको विकास, विस्तार, संरक्षण र प्रर्वद्र्धन गर्ने, नेपाल पर्यटन बषवर्ष २०११ बारे सुसूचित तथा प्रचार र–प्रसार गर्ने, आन्तरिक पर्यटनको प्रर्वद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्यका साथ महोत्सव सम्पन्न गरिएको रहेको नाराको भनाइ छ ।नाराले बताएको छ ।

महोत्सव जेठ ७ गते शनिवाशनिबार त्रिशुली नदीको चरौदी देखिी सुरु भई कुरिीनघाटसम्म पुगेर सम्पन्न भएको भएको थियो । नाराले यसअघि पनि पटक पटक–पटक ¥याफ्फ्टििङ महोत्सवको आयोजना गर्देै आएको छथियो । यस बषवर्षको संचालन हुने महोत्सवमा पनि स्वदेशी तथा बिदविदेशी गरी ६ सय भन्दा बढीले सहभागिता जनाएको नाराले जनाएको छ ।जानकारी दिएको छ ।

महोत्सवमा भाग लिनको लागि सहभागीले १५ सय रुपैयाँको टिकट लिनुपर्ने व्यवस्था थियो ।मा जान आउन व्यवस्था मिलाएको छ । उक्त यो महोत्सवको मुख्य प्रायोजन रेडबुलले गरेको थियो भने प्रर्वद्धनमा नेपाल पर्यटन बोर्ड, सानमिगेल बियर लगायतले सहप्रयोजन गरेका थिए ।

Monday, May 23, 2011

बन्दले ६० प्रतिशत पर्यटकलटकको बुकिङ रद्दः व्यवसायी

केदार दाहाल

काठमाडौं, ८ जेठ

नेपाल भ्रमणमा आउने क्रममा रहेका ६० प्रतिशत पर्यटकले बन्दको हल्लैहल्लाका कारण बुकिङ रद्द गरेको ठमेल क्षेत्रका पर्यटन व्यवसायीले दावी दाबी गरेका छन् । नेपालको एकमात्र पर्यटकीय व्यावसायिीक केन्द्र ठमेल भित्रिएकाहरुहरू पनि बाहिरिने क्रम बढेको र आउने क्रममा रहेका ६० प्रतिशतले बुकिङ रद्द गरेको ठमेल पर्यटन बिकाविकास परिषद्ले बताएकाजनाएको छ ।

पर्यटन बषवर्ष २०११ मा व्यावसायीले यस्तो अवस्था भोग्नु नेपालको अर्थतन्त्रको नै दुर्भाग्य भएको परिषद्का अध्यक्ष तेजेन्द्रनारायण श्रेष्ठ बताउँछन् ।ले बताए । “पर्यटन बषवर्षलाई केन्द्रित गरी खोलिएका ठमेल क्षेत्रका रेष्टुस्टुरेन्टाँ, होटल तथा अन्य व्यावसायिीक केन्द्रहरुकाले लगानी डुव्नडुब्ने भयो भन्दै हामीकहाँहरुकोमा हारगुहार गर्न आएको छन्,” उनले भने, श्रेष्ठले जानकारी दिए । “यो जेठ १४ चौधअघि र पछिीका बन्दले गर्दा पर्यटन व्यवसायी मारमा परेका छन् ।” श्रेष्ठले भने । नेपाल आउने क्रममा रहेका ६० प्रतिशत पर्यटकले बुकिङ रद्द गरिसकेको र भ्रमणमा रहेकाहरु पनि छोट्याएर फर्किन थालेको श्रेष्ठको भनाई छ ।

बुकिङ गरेका पर्यटकहरु मध्ये धेरैजसोले बुकिङ रद्द गरेको र ट्रेकिङमा रहेका पर्यटकले १४ गतेअघि नै भन्दानै अगाडी फर्किन हतारिएको हिमालयन एम्विएम्बिसन्स ट्रेक्स एन्ड एक्सपिडिीसन प्रालिीका संञ्चालक उपेन्द्र दुवाडीले जानकारी दिए । “अहिलेका मात्रै होइन, हालका मात्र होइन अर्को सिजनको समेत बुकिङ रद्द हुन थालेका छन्,” उनले भने ।

“पर्यटन बषवर्षमा पर्यटक आउँछन्, व्यापार बढ्छ भनेको आशा मात्र हुने भयो,” नेपाल एशाएसोसिएसन अफ ¥याफ्फ्टििङ एजेन्ट्स (नारा)का अध्यक्ष नानीकाजी थापाले भने, “बताए । पर्यटन बवर्ष २०११ मा रमाईरहेका व्यावसायी माथिी ठुूलो असर पारेको थापाको भनाई छ । छ ।”

ठमेल क्षेत्रबाट धेरै पर्यटकहरुले बुकिङ रद्द गरेको तिव्वत तिब्बत टुर एन्ड ट्राभल प्रालिीका संञ्चालक गकुल श्रेष्ठले बताए । “हाल अहिले नेपाल भ्रमणमा रहेकाहरु सकेसम्म छिटो फकिर्न आतुर देखिएका छन्,” उनले भने, “भ्रमण छोट्याउन आतुर रहेको तथाआउने तरखरमा रहेका आधाभन्दा बढीले रद्द गरिसकेका छन् ।”

बुकिङ गराएकाहरु पनि रद्द गर्न थालेको श्रेष्ठले जानकारी दिए ।

बन्द, हड्तालले कार्यक्रमले नेपाल पर्यटन बषवर्ष २०११ प्रायः असफलप्रायः भएको पर्यटन व्यवसायीहरुहरूलको टिप्पणी गरेका छन् । छ । व्यवसायीहरुले १८ वटा राजनैीतिक दलहरुले पर्यटन वर्षभरि बन्द, हड्ताल नगर्ने प्रतिबद्धता जनाए पनि पछिल्लो समय विभिन्न समूहले बन्दको अनुपात बढाएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।गर्दिन भनेर मात्र पर्यटन बर्ष २०११ घोषणा गरिएको भएपनि बन्दकार्यक्रम जारी राखेकोले पर्यटन बर्षका सबै लक्ष्य असफल भएको बताएका हुन् ।

माओवादी मजदुरद्वारा स्याकार कम्पनी बन्द








प्रक्रिया पूरा गरेर स्थायी गर्छौं भन्दा पनि धैर्य भएनन्: व्यवस्थापन

केदार दाहाल

काठमाडौं, ५ जेठ

नेपाली बजारमा होन्डा र हिरोहोन्डा ब्रान्डका गाडी र मोटरसाइकल बिक्री गर्दै आएको स्याकार कम्पनीका सोरुम तथा सर्भिस सेन्टरहरू माओवादी मजदुर युनियनले बिहीबारदेखि अनिश्चितकालका लागि बन्द गराएका छन् । मजदुर आन्दोलनका कारण बुधबार दिउँसोदेखि नै केही सोरुम बन्द भए पनि बिहीबारदेखि उपत्यकाका सबै सोरुम तथा सर्भिस सेन्टर बन्द भएका छन् । स्याकार कम्पनी औद्योगिक तथा व्यापारिक घराना ज्योति समूहअन्तर्गतको हो ।

माओवादीको भ्रातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघसँग आबद्ध मोटरसाइकल तथा गाडी मेकानिक्स संगठन स्याकार शाखाले कम्पनी व्यवस्थापनसँग नौ मजदुरलाई नियुक्तिपत्र दिन माग राख्दै बन्द गराएको हो । उनीहरूले व्यवस्थापनसमक्ष मंगलबारमात्रै मागपत्र बुझाएका थिए ।

व्यवस्थापनले नौ मजदुरको ६ महिना परीक्षण अवधि सकिएको र अब प्रक्रिया पु¥याएर नियुक्ति गर्ने बताएपछि उनीहरू फर्किएका थिए । तर, बुधबार बिनासूचना एकाएक सबैतिर बन्द गरेपछि आफूहरू अचम्ममा परेको कम्पनीका प्रबन्ध निर्देशक सौरभ ज्योतिले बताए । “माग राखेर समाधान भइसकेपछि किन एकैचोटि बन्द गरे, हामीले बुझेका छैनौं,” उनले भने । हाल कम्पनीमा १ सय ३५ जना कार्यरत छन् ।

मोटरसाइकल तथा गाडी गरी स्याकारका देशभर झन्डै १ सयको हाराहारीमा सोरुम तथा सर्भिस सेन्टर छन् । काठमाडौं उपत्यकामा मात्रै झन्डै ५० वटा रहेको कम्पनीले जनाएको छ ।

सोरुम तथा सर्भिस सेन्टर बन्द भएपछि बिहीबार सेवाग्रही अन्योलमा परेका थिए । उनीहरूले १२ बजेपछि मात्र सर्भिस सेन्टर नखुल्ने जानकारी पाएका थिए ।

एकदिन मात्र बन्द हुँदा कम्पनीलाई कम्तीमा २ करोड रुपैयाँ घाटा लाग्ने व्यवस्थापनको दाबी छ । झन्डै २ हजार ५ सयभन्दा बढी ग्राहक सेवाबाट वञ्चित हुनुपरेको ज्योतिले बताए । “सामान्य मागलाई लिएर बन्द गराउनुको कारण बुझिएको छैन र बिहीबार बन्द गराएपछि कुनै पनि मजदुर सम्र्पकमा आएका छैनन्,” उनले भने, “हामीले नौ जनाको नियुक्ति प्रक्रिया मंगलबारदेखि नै थालेका हौं ।”

कम्पनीले हरेक कर्मचारीको परीक्षण अवधि ६ महिना राख्ने गरेको र समय पूरा भएपछि कम्पनीको नियमअनुसार प्रक्रिया पु¥याएर नियुक्तिपत्र दिने गरिएको ज्योतिले बताए । अटोमोबाइल बिक्रीमा उच्च गिरावट आइरहेका बेला मजदुरले अनाहकमा बन्द गर्नु आपत्तिजनक रहेको उनको भनाइ छ ।

स्याकारले हिरो होन्डाका १७ र होन्डाका भारतमा निर्मित ६ मोडेल तथा जापानी मोडेलका केही मोटरसाइकल बिक्री गरिरहेको छ । स्कुटरमा १०२ सीसीको डिओ, ११० सीसीको एक्टिभा र ११० सीसीकै एभिएटर तथा हिरोहोन्डाका १०२ सीसीको प्लेजर र प्लेजर बीएससी छन् ।


Wednesday, May 18, 2011

बन्दीपुरमा एकैसाथ दर्ुइवटा होमस्टे संचालन

केदार दाहाल
बन्दीपुर, १७ बैशाख
अन्तरिक तथा बाहृय पर्यटकले सधैभरी खचाखच हुने रमणीय गन्तव्य बन्दीपुरमा एकै साथ दर्ुइवटा होमस्टे संचालनको तयारीमा रहेको छ । तनहुँ जिल्लाको बन्दीपुर गाँऊ बिकास समितिमा पिपलथोक होमस्टे र सेराटार गाँऊ बिकास समितिमा सेराटार सामुदायिक होमस्टे संचालनको तयारीमा रहेको छ ।
खासगरी नेपालको ऐतिहासिक शहर बन्दीपुरमा नेपाल भ्रमण बर्ष१९९८ मा सबैघरहरु होमस्टेको रुपमा संचालनमा रहे पनि पछिल्लो समयमा ति सबै होमस्टेहरु होटल र लजमा परिणत भएपछी जारी पर्यटन बर्ष२०११ को अवसरमा बन्दीपुरमा एकैसाथ दर्ुइवटा होमस्टे संचालनको तयारी गरेको पिपलथोक सामुदायिक होमस्टे संचालन समितिका सचिव राजु बानियाँले बताए ।
संचालनको तयारीमा रहेको पिपलथोक सामुदायिक होमस्टेमा जम्मा ११ वटा घर र सेराटार सामुदयिक होमस्टेमा ४० वटा घरलाई होमस्टेको रुपमा संचालन गर्न लागेको बानियाँले जानकारी दिए ।
पछिल्लो समयमा अध्ययान अनुसन्धान गर्न पर्यटकहरु बन्दीपुर आउने गरेको र उनीहरु खासगरी लामो समय सम्म बस्नको लागि होम स्टेमा रुचाउने भएकोले आफुहरुले होमस्टे संचालनलाई महत्व दिएको बानियाँको भनाई छ । "होमस्टे संचालन तथा व्यवस्थापनको सम्पर्ूण्ा कार्य पुरा भएको र अव छिट्टै दर्ता प्रक्रियामा जादै छौ," बानियाँले भने । हाल बन्दीपुरमा आउने बिदेशी पर्यटकको अलावा अन्तरिक पर्यटक आउनेक्रम बढेको र त्यसमा सबैले होमस्टेलाई रोज्ने गरेको उनीहरुको भनाई छ । होमस्टे बैधानिकरुपमा दर्ता नभइसकेको भएपनि २ महिना देखि होमस्टेमा पर्यटकहरु राख्न थालेको बानियाँले जानकारी दिए । हाल प्रत्येक होमस्टेमा दैनिकी औसतमा एक पर्यटक आउने गरेको उनले बताए ।
खासगरी बन्दीपुरमा राम्रा होटल तथा लजहरु रहेपनि पर्यटकहरु होमस्टेमा बस्न मन पराउने देखेर होमस्टे संचालन गर्न लागेको बानियाँले बताए । आफुहरुले सबै होमस्टे संचालकहरुलाई पहिले तालिमको व्यवस्था गर्न लागेको उनले जानकारी दिए । "त्यसको लागि नेपाल पर्यटन बोर्डले सहयोग गर्ने आस्वासन दिएको छ," उनले भने ।
खासगरी गरि पहिले आफुहरुले होमस्टेको रुपमा संचालन गरेपनि अहिले आएर होटल बनाएपछी आफुहरुले होमस्टे संचालनमा अन्य साथीहरुलाई प्रोत्साहन गरेको बन्दीपुर गेष्ट हाउस एन्ड रेष्टुरेन्टका संचालक तथा होटल एशोसिएसन तनहुँ का उपाध्यक्ष पत्थर प्रधानले बताए । आफुहरुको होटल रेष्टुरेन्ट भएपनि पहिले देखिनै पर्यटकहरु बन्दीपुरमा होमस्टेमा बस्न रुचाउँने गरेकोले पुन बन्दीपुरमा होमस्टे संचालन गर्न होटल व्यवसयीले नै सहयोग गरेको प्रधानले बताए । नेपालकै पुरानो तथा ऐतिहासिक स्थान बन्दीपुरको महत्वलाई होमस्टे मार्फ प्रचार प्रसार गर्न पनि होमस्टेलाई प्राथमिकता दिएको प्रधानको भनाई छ ।
खासगरी पछिल्लो समयमा बन्दीपुरले आफ्नो परम्परालाई बिर्सर्ेेे भन्ने आरोपलाई अव होमस्टे मार्फ पुन थालनी गर्ने तयारीमा रहेको सचिव बानियाँले बताए । अव हामीहरु आन्तरिक र बाहृय पर्यटक दुवैलाई मैलिक परम्परा झल्कने नाच गान गरेर स्वागत गराउने तयारीमा रहेको बानियाँले जानकारी दिए । अव बन्दीपुर आउने पर्यटकले होमस्टेमा त्यहाँको वास्तविक नेपाली खानाको स्वाद खुवाउने उनको भनाई छ ।

ट्रेकिङ गर्ने पर्यटकमा उच्च गिरावट र् पर्यटन बर्षो प्रभाव सुन्य

केदार दाहाल
काठमाडौं, ५ बैशाख र्
पर्यटन बर्षो सुरुवता संगै ट्रेकिङ गर्ने पर्यटकको संख्या अघिल्लो बर्षभन्दा झन्डै २० प्रतिशतले कमी आएको व्यवसयीले बताएका छन । पर्यटन बर्षा सरकारले ट्रेकिङ गर्ने पर्यटकको संख्यामा दोव्वर बृद्धि गर्ने लक्ष्य राखेको भएपनि उक्त लक्ष्य असफल हुने प्राय निश्चित भएको ट्रेकिङ एजेन्सीहरुको साझा संस्था ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल -टान) को निष्कर्षछ ।
अघिल्लो बर्षभन्दा दोव्वर बृद्धि गर्ने लक्ष्य रहेपनि मार्च महिनाभर तिव्वत क्षेत्रमा भ्रमण गर्न चिनले बन्द गरिददिदाँ सबै भन्दा बढी असर परेको व्यवसायीको दावी छ । त्यसको साथै पर्यटन बर्षा सरकारले पर्यटकलाई समान्य रुपमा भने पनि दस्तुरमा छुट तथा अफरको रुपमा बिदेशमा प्रचार गर्न नसक्नु प्रमुख कारणले ट्रेकिङमा उच्च गिरावट आएको व्यवसायीले जानकारी दिएका छन । र्
पर्यटन बर्षा बढ्नु पर्ने ट्रर्ेकर्सहरु घटेका छन यस बाट आफुहरुनै केही भन्न नसक्ने अवस्थामा रहेको ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल -टान)का उपाध्यक्ष बच्चुनारायण श्रेष्ठले बताए । "खासगरी नेपाल पर्यटन बर्षा जति प्रचार हुन पर्ने हो भएन," श्रेष्ठले भने ।
नेपालको पर्यटन क्षेत्रको झन्डै ३५ प्रतिशत हिस्सा ओगटेको ट्रेकिङ क्षेत्रमा यसरी उच्च गिरावट आउनु पर्यटन बर्षलक्ष्यमाथी नै प्रश्न उठेको श्रेष्ठको तर्क छ । पर्यटन बर्षनेपाल भित्रिएका पर्यटकको ४० प्रतिशतलाई नयाँ क्षेत्रमा लैजाने लक्ष्य रहेको भएपनि उक्त कार्य पर्ुण्ा रुपमा असफल प्रयाः भएको श्रेष्ठले बताए । उनले अहिले पोखरा पुरै सुन्य रहेको सबै व्यावसायीहरु आफुहरुकोमा ट्रेकिङमा गिरावट आएको भन्दै चिन्ता गर्न आएको श्रेष्ठले जानकारी दिए । यो सिजनमा पुरै गिरावट आएको र अव एक सिजनमा जति पर्यटक भित्रिएपनि त्यसले कुनै प्रभाव नपार्ने श्रेठको तर्क छ ।
नेपाल पर्यटन बर्षो औपचारीक सुरुवात भई चार महिना बिते पनि ट्रेकिङमा जाने पर्यटकको संख्यामा भने २० प्रतिशले गिरावट आएको हिमालयन ग्लासियर्स ट्रेक्स एन्ड एक्सपिडीसन प्रालीका संचालक नारायण रेग्मीले बताए । सरकारले प्रचारलाई अन्तर्रर्ाा्रमा केन्द्रीत गर्नुपर्नेमा नेपालमा सिमित राख्नु मुख्य भएको रेग्मीले बताए । यसपटक यती धेरै गिरावट आउनुमा तिव्वत क्षेत्र मार्च महिनाभर बन्द हुनु पनि प्रमुख कारण भएको रेग्मी बताउँछन । उत्तरी छिमेकी मुलुक चिनले तिव्वतमा सन् २००८ मा मार्च महिनामा भएको ब्रि्रोहलाई लिएर बन्द गराएको थियो । खासगरी पश्चिमा मुलुकबाट तिव्वत भ्रमण गर्न आउने गरेको र त्यहाँ अन्य गतिविधि गर्ने भन्दै चिनले नेपाल बाट तिव्वत जान मार्च महिना भर बन्द गरेको थियो । "त्यसैको असर ट्रेकिङ एजेन्सीले भोग्नु पर्‍यो," रेग्मीले भने ।
गएको बर्षभन्दा पर्यटन बर्षट्रेकिङ क्षेत्रको लागि खराव भएको नेपाल भिजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालीका प्रवन्धक केशव वाग्लेले बताए । "पर्यटन बर्षा कुनै प्रगती छैन, बढ्नु पर्नेमा घटेको छ," वाग्लेले भने ।
यता हवाई मार्ग हुदै गएको मार्च महिनामा अघिल्लो बर्षभन्दा ५ प्रतिशतले बढी भएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । "सरकारले बढेको बताउँदै आएको भएपनि ट्रर्ेकर्सहरु घटेका छन," उपाध्यक्ष श्रेष्ठले भने । खासगरी जति नयाँ ट्रेकिङ रुटहरु खोलेर प्रचार गर्नु पर्ने भएता पनि सरकारको ध्यायन तेता नभएर ट्रेकिङ क्षेत्रमा गिरावट आएको टानको निष्कर्षरहेको छ ।

सोल्टीसिटीमा सरलमुल्यका अपार्टमेन्ट

काठमाडौं, १ जेठ

आकर्षक तथा सम्पूर्ण सेवा सुविधासहितका अपार्टमेन्टको खोजीमा रहेका ग्राहकहरूलाई ध्यानमा राख्दै सोल्टीसिटीले सरल मूल्य सुविधाका अपार्टमेन्टहरू उपलब्ध गराउने भएको छ । काठमाडौंको रविभवनमा बन्न लागेको सोल्टीसिटी अपार्टमेन्टले कम मूल्यका बढी सुविधा अपार्टमेन्ट उपलब्ध गराउने भएको हो ।

खासगरी मध्यम तथा उच्च दुवै वर्गलाई हुने गरी निर्माण थालिएको सोल्टीसिटी अपार्टमेन्ट प्लटिनियम डिप्लोभर्स प्रालिले निर्माण सम्पन्न गर्न लागेको हो । लामा कन्स्ट्रक्सन कम्पनीले सम्पूर्ण निर्माणको जिम्मा लिएको उक्त सोल्टीसिटीमा २ सय ५० वटा अपार्टमेन्ट छन् । खासगरी सिटीको बुकिङ खुल्ला गएको सन् २०१० अक्टोबर महिनाबाटनै सुरु गरे पनि गएको शनिबारमात्र भूमिपूजा सम्पन्न गरेको छ ।

कम्पनीले भूमिपूजासँगै शनिबारदेखि ५ जेठसम्मका लागि विशेष अफरसमेत सार्वजनिक गरेको छ । जसमा ४० लाख पर्ने अर्पामेन्टको जम्मा २९ लाख ९९ हजार रुपैयाँ अर्पाटमेन्ट उपलब्ध गराउने भएको छ । अपार्टमेन्टमा २ वटा बेडरुमको साथै लिभिङ, डाइनिङ, बाथरुम, २ वटा बाल्कुनीसमेत छन् । त्यसको साथै उक्त अपार्टमेन्टमा २४ संै घन्टा सुरक्षा गार्ड, पानीको सुविधा, पावर ब्याकअप लगायतका अत्यावश्यक सुविधाहरू रहेको कम्पनीले जानकारी दिएको छ ।

त्यस्तैगरी मध्यम वर्गलाई ध्यानमा राखी कम्पनीले एक बेडरुमको अपार्टमेन्टसमेत बुकिङ खुल्ला गरेको जानकारी दिएको छ । जसमा १९ लाख ९९ हजार रुपैयाँमा उक्त अपार्टमेन्ट उपलब्ध हुनेछ । उक्त एक बेडरुमको अपार्टमेन्टमा पानी अन्य सबै सुविधाहरू रहेको कम्पनीको भनाइ छ । काठमाडौंको भीडभाडको बीचभागमा रहेको उक्त अपार्टमेन्टमा इन–साइड रिङरोडसमेत रहनेछ ।

आउने सन् २०१३ डिसेम्बरमा ग्राहकलाई उपलब्ध गराउने गरी निमार्ण सुरु भएको उक्त सोल्टीसिटीको हाल ४ वटा बिल्डिङको फाउन्डेसन कार्य सम्पन्न भइसकेको कम्पनीले जानकारी दिएको छ ।