आर्थिक क्षेत्रका विशेष गतिविधी

Wednesday, May 18, 2011

चौधरी समूहले गोदरेज ब्रान्ड भिœयायो


काठमाडौं, ३ जेठ

औद्योगिक तथा व्यापारिक घराना चौधरी समूहले प्रख्यात भारतीय ब्रान्ड गोदरेजका उत्पादन नेपाली बजारमा भिœयाएको छ । भारतमा उत्पादन भए पनि विश्वका धेरैजसो मुलुकमा बिक्री हुने गोदरेजका इलेक्ट्रोनिक्स सामान उपभोक्ताको मागबमोजिम नेपालमा पनि बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।

समुहअन्तर्गत रहेको इओल प्रालिले गोदरेजका उत्पादन बिक्री गर्ने भएको छ । कम्पनीले सुरुमा रेफ्रिजेरेटर, वासिङ मेसिन र माइक्रो ओभनका बिभिन्न मोडेलको बिक्री थालेको छ ।

समूहले यसअघि एलजी, सीजीलगायत ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स सामग्री बिक्री गर्दै आएको छ । उच्च वर्गका नेपाली ग्राहकलाई केन्द्रित गरी गोदरेजका उत्पादन बिक्री थालिएको समूहका प्रबन्ध निर्देशक निर्वाणा चौधरीले बताए । आउने वर्षमा नै गोदरेजका उत्पादनलाई देशभर पु¥याउने योजना रहेको जानकारी उनले दिए । “नेपालमा इलेक्ट्रोनिक्स सामानको बिक्रीमा चौधरी समूह अन्यभन्दा धेरै अगाडि भएको पनि यसले प्रष्ट पारेको छ,” उनले भने ।

गोदरेजका उत्पादन विश्वका ६० भन्दा बढी मुलुकमा बिक्री हुने गरेको कम्पनीको दाबी छ । समूहले बिक्रीलाई भन्दा मर्मतलाई बढी प्राथमिकता दिएको चौधरीले बताए । हाल सीजी र एलजीको सोरुमबाटै गोदरेजका सामान बिक्री गरिने भएको छ ।

गोदरेजका रेफ्रिजेरेटरमा वान डोर र टु डोरको बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । वान डोर रेफ्रिजेटेरअन्तर्गत ९९ देखि २ सय ५१ लिटर क्षमतासम्मका पाँच मोडेल छन् । त्यस्तै, टु डोरअन्तर्गत २ सय ३१ देखि ३ सय ३० लिटरसम्मका पाँच भिन्न मोडेल बिक्रीमा छन् । कम्पनीका अनुसार यिनको बजार मूल्य १५ हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म छ । वासिङ मेसिनमा तीन र माइक्रो ओभनका दुई मोडेलको बिक्री सुरु गरिएको कम्पनीले बताएको छ ।

उच्चवर्गलाई लक्षित गरेका छौं

रमेश चेमबाथ

उपाध्यक्ष, गोदरेज एप्लायन्स कम्पनी

भारतीय बजारमा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको गोदरेजले नेपालमा आफ्नो अधिकृत बिक्रीकेन्द्र स्थापनासँगै आफ्ना उत्पादनको सोमबारदेखि बिक्री सुरु गरेको छ । नेपालमा यसको बजार प्रवद्र्धनका लागि उद्घाटन समारोहमा नेपाल आएका गोदरेज एप्लायन्स कम्पनीका उपाध्यक्ष रमेश चेमबाथसँग कारोबारले गरेको कुराकानीका प्रमुख अंशः

अन्यत्रै ठूलो बजार हुँदाहँुदै नेपालमा महँगो ब्रान्ड विस्तार किन गर्नुभयो ?

नेपालमा इलेक्ट्रोनिक्स सामानको बिक्रीदर बढ्दो छ । त्यसमा पनि सस्ता समानले बजार विस्तार गरिरहेको अवस्थामा उच्च गुणस्तरको उत्पादन गोदरेजको भविष्य नेपालमा सुनिश्चित देखेर नै बजार विस्तार गरेका हांै ।

विश्वका अन्य मुलुकमा गोदरेजका उत्पादनको बिक्री अवस्था कस्तो छ ?

भारतमा सबैभन्दा ठूलो बजार गोदरेजकै छ । त्यसका अतिरिक्त अमेरिका, युरोपलगायत गरी ६० देखि ७० मुलुकमा गोदरेजका उत्पादन बिक्री हुन्छन् । प्रायः सबै देशमा हाम्रो अवस्था राम्रो छ ।

नेपालका गोदरेजको लक्षित समूह कुन हो ?

नेपालमा चौधरी समूहले अहिले एलजी र सीजीका उत्पादन बिक्री गरिरहेको छ । त्यसमा एलजी मध्यमवर्ग लक्षित र सीजी तल्लोवर्ग लक्षित रहेकाले हामीले उच्चवर्गलाई लक्षित गरेका छौं ।

तपाईंहरूले नेपालमा अन्य कम्पनीलाई छाडेर किन चौधरी समूहलाई नै रोज्नुभयो ?

हाम्रो अध्ययनमा नेपालमा इलेक्ट्रोनिक्स समानको बिक्रीमा झन्डै ४० प्रतिशत बजार हिस्सा चौधरी समूहले लिएको छ । त्यसका साथै चौधरी समूहसँग हाम्रो पुरानो सम्पर्कको आधारले पनि यही समूहलाई रोजियो ।

एलजी र सीजी ब्रान्डको बीचमा गोदरेजलाई चौधरी समूहले कसरी व्यवस्थापन गर्ने आशा गर्नुभएको छ ?

राम्रो व्यवस्थापनले गर्दा नै चौधरी समूहले दुई वटा ब्रान्डका समान बिक्री गरिरहेको छ । त्यसैले उसले गोदरेजका सामानलाई पनि सजिलै तथा थप व्यवस्थित रूपमा बिक्री गर्नसक्छ भन्ने हामीलाई विश्वास छ ।

चौधरी समूहले गोदरेज ब्रान्ड भिœयायो


काठमाडौं, ३ जेठ

औद्योगिक तथा व्यापारिक घराना चौधरी समूहले प्रख्यात भारतीय ब्रान्ड गोदरेजका उत्पादन नेपाली बजारमा भिœयाएको छ । भारतमा उत्पादन भए पनि विश्वका धेरैजसो मुलुकमा बिक्री हुने गोदरेजका इलेक्ट्रोनिक्स सामान उपभोक्ताको मागबमोजिम नेपालमा पनि बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।

समुहअन्तर्गत रहेको इओल प्रालिले गोदरेजका उत्पादन बिक्री गर्ने भएको छ । कम्पनीले सुरुमा रेफ्रिजेरेटर, वासिङ मेसिन र माइक्रो ओभनका बिभिन्न मोडेलको बिक्री थालेको छ ।

समूहले यसअघि एलजी, सीजीलगायत ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स सामग्री बिक्री गर्दै आएको छ । उच्च वर्गका नेपाली ग्राहकलाई केन्द्रित गरी गोदरेजका उत्पादन बिक्री थालिएको समूहका प्रबन्ध निर्देशक निर्वाणा चौधरीले बताए । आउने वर्षमा नै गोदरेजका उत्पादनलाई देशभर पु¥याउने योजना रहेको जानकारी उनले दिए । “नेपालमा इलेक्ट्रोनिक्स सामानको बिक्रीमा चौधरी समूह अन्यभन्दा धेरै अगाडि भएको पनि यसले प्रष्ट पारेको छ,” उनले भने ।

गोदरेजका उत्पादन विश्वका ६० भन्दा बढी मुलुकमा बिक्री हुने गरेको कम्पनीको दाबी छ । समूहले बिक्रीलाई भन्दा मर्मतलाई बढी प्राथमिकता दिएको चौधरीले बताए । हाल सीजी र एलजीको सोरुमबाटै गोदरेजका सामान बिक्री गरिने भएको छ ।

गोदरेजका रेफ्रिजेरेटरमा वान डोर र टु डोरको बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । वान डोर रेफ्रिजेटेरअन्तर्गत ९९ देखि २ सय ५१ लिटर क्षमतासम्मका पाँच मोडेल छन् । त्यस्तै, टु डोरअन्तर्गत २ सय ३१ देखि ३ सय ३० लिटरसम्मका पाँच भिन्न मोडेल बिक्रीमा छन् । कम्पनीका अनुसार यिनको बजार मूल्य १५ हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म छ । वासिङ मेसिनमा तीन र माइक्रो ओभनका दुई मोडेलको बिक्री सुरु गरिएको कम्पनीले बताएको छ ।

उच्चवर्गलाई लक्षित गरेका छौं

रमेश चेमबाथ

उपाध्यक्ष, गोदरेज एप्लायन्स कम्पनी

भारतीय बजारमा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको गोदरेजले नेपालमा आफ्नो अधिकृत बिक्रीकेन्द्र स्थापनासँगै आफ्ना उत्पादनको सोमबारदेखि बिक्री सुरु गरेको छ । नेपालमा यसको बजार प्रवद्र्धनका लागि उद्घाटन समारोहमा नेपाल आएका गोदरेज एप्लायन्स कम्पनीका उपाध्यक्ष रमेश चेमबाथसँग कारोबारले गरेको कुराकानीका प्रमुख अंशः

अन्यत्रै ठूलो बजार हुँदाहँुदै नेपालमा महँगो ब्रान्ड विस्तार किन गर्नुभयो ?

नेपालमा इलेक्ट्रोनिक्स सामानको बिक्रीदर बढ्दो छ । त्यसमा पनि सस्ता समानले बजार विस्तार गरिरहेको अवस्थामा उच्च गुणस्तरको उत्पादन गोदरेजको भविष्य नेपालमा सुनिश्चित देखेर नै बजार विस्तार गरेका हांै ।

विश्वका अन्य मुलुकमा गोदरेजका उत्पादनको बिक्री अवस्था कस्तो छ ?

भारतमा सबैभन्दा ठूलो बजार गोदरेजकै छ । त्यसका अतिरिक्त अमेरिका, युरोपलगायत गरी ६० देखि ७० मुलुकमा गोदरेजका उत्पादन बिक्री हुन्छन् । प्रायः सबै देशमा हाम्रो अवस्था राम्रो छ ।

नेपालका गोदरेजको लक्षित समूह कुन हो ?

नेपालमा चौधरी समूहले अहिले एलजी र सीजीका उत्पादन बिक्री गरिरहेको छ । त्यसमा एलजी मध्यमवर्ग लक्षित र सीजी तल्लोवर्ग लक्षित रहेकाले हामीले उच्चवर्गलाई लक्षित गरेका छौं ।

तपाईंहरूले नेपालमा अन्य कम्पनीलाई छाडेर किन चौधरी समूहलाई नै रोज्नुभयो ?

हाम्रो अध्ययनमा नेपालमा इलेक्ट्रोनिक्स समानको बिक्रीमा झन्डै ४० प्रतिशत बजार हिस्सा चौधरी समूहले लिएको छ । त्यसका साथै चौधरी समूहसँग हाम्रो पुरानो सम्पर्कको आधारले पनि यही समूहलाई रोजियो ।

एलजी र सीजी ब्रान्डको बीचमा गोदरेजलाई चौधरी समूहले कसरी व्यवस्थापन गर्ने आशा गर्नुभएको छ ?

राम्रो व्यवस्थापनले गर्दा नै चौधरी समूहले दुई वटा ब्रान्डका समान बिक्री गरिरहेको छ । त्यसैले उसले गोदरेजका सामानलाई पनि सजिलै तथा थप व्यवस्थित रूपमा बिक्री गर्नसक्छ भन्ने हामीलाई विश्वास छ ।

Monday, May 16, 2011

अटोमोबाइलमा १५ प्रतिशत अन्तःशुल्क घटाउन माग


काठमाडौं, १ जेठ

चालू आर्थिक वर्षमा गाडी बिक्रीदरमा उच्च गिरावट आएपछि नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) ले अन्तःशुल्क १५ प्रतिशत घटाउन सरकारसँग माग गरेको छ ।

अर्थमन्त्रालयलाई सुझावपत्र पठाउँदै नाडाले यस्तो माग गरेको हो । उसले मन्त्रालयका अधिकारीहरूसँग छलफल चलिरहेको बताउँदै मन्त्रालय पनि अन्तःशुल्क घटाउने विषयमा सकारात्मक भएको दाबी गरेको छ । “हामीले आगामी बजेटमार्फत १५ प्रतिशत अन्तःशुल्क घटाउन छलफल चलाइरहेका छौं,” नाडाका अध्यक्ष सौरभ ज्योतिले भने ।

चालू आवमा अटोमोबाइल क्षेत्रबाट राजस्व कटौती भएकोले व्यवसायीसँग छलफल चलिरहेको भन्दै मन्त्रालयका एक अधिकारीले यो विषयमा अहिले नै केही बोल्न नमिल्ने बताए ।

“अन्तःशुल्क तथा भन्सारदर वृद्धिका कारण सरकारले राजस्वको ठूलो हिस्सा गुमाउनु परेको महसुस भएकाले आगामी बजेटमा यसलाई घटाउन सरकारी अधिकारी सहमतिनजिक पुगेका छन्,” अध्यक्ष ज्योतिले भने ।

सरकारले गत मंसिरमा ल्याएको बजेटमा गाडी र मोटरसाइकलमा १० प्रतिशत अन्तःशुल्क बढाएको थियो । गाडीमा भन्सारदर २०६ बाट वृद्धि गर्दै २३८ प्रतिशत तथा मोटसाइकलमा विभिन्न शीर्षकमा लाग्ने करको दस्तुर बढाउँदै ८० प्रतिशत पु¥याएपछि बिक्रीमा लगातार गिरावट आएको छ ।

कर वृद्धिसँगै अघिल्लो आव २०६६÷६७ को तुलनामा चालू आव २०६७÷६८ मा झन्डै ३६ प्रतिशतले बिक्री घटेको छ । चालू आवको दोस्रो चौमासिकसम्म पनि राजस्व संकलन उकालो लाग्न नसकेपछि सरकारले कम्तीमा पनि १२ अर्ब राजस्व गुमाउने निश्चित भएको छ । मोटरसाइकलबाट १ अर्ब रुपैयाँ राजस्व घट्ने निश्चित भएपछि सरकारी अधिकारी व्यवसायीका मागमा छलफल गर्न बाध्य भएको ज्योतिले बताए ।

गत आवमा अटोमोबाइल क्षेत्रबाट सरकारले ४४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । यसमध्ये मोटरसाइकलबाट मात्रै ८ अर्ब रुपैयाँ उठेको नाडाले जनाएको छ । अटोमोबाइल क्षेत्रले देशको कुल राजस्वको २५ प्रतिशत हिस्सा ओगटेको ज्योतिले बताए ।

चालू आवको दोस्रो चौमासिकसम्म जम्मा ९८ हजार ७९५ एकाइ सावारी साधन आयात भएका छन् । अघिल्लो वर्ष २ लाख १ हजार ७८७ एकाइ सवारी साधन भित्रिएको यातायात व्यवस्था विभाग कोटेश्वरले जनाएको छ ।

“आगामी बजेटमार्फत पनि सरकारले अटोमोबाइल क्षेत्रलाई पेलेर अगाडि जान खोजे गम्भीर संकट आउँछ,” ज्योतिले भने, “सरकारले यसअघि व्यवसायीसँग कहिल्यै छलफल गरेको थिएन, यस वर्ष सरकारले गम्भीर भएर छलफलमा आएकाले अन्तःशुल्क घट्ने आशा लिएका छौं ।”

५० प्रतिशत सवारी साधन ‘स्टक’


काठमाडौं, ३१ वैशाख

विक्रेताहरूले चालू आर्थिक वर्षमा आयात गरेका मध्ये ५० प्रतिशतभन्दा बढी सवारी साधन बिक्री नभई थन्किएका छन् । नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) का अनुसार अघिल्ला वर्ष यो सिजनमा १५ प्रतिशत मात्र सवारीसाधन ‘स्टक’ रहन्थे ।

यसवर्ष चारपाङ्ग्रेभन्दा मोटरसाइल बढी ‘स्टोर’मा थन्किएका छन् । सरकारले बढाएको करका कारण पछिल्लो समय सवारी आयात पनि क्रमशः घट्दै गएको छ ।

चालू आवको दोस्रो चौमासिकसम्मको तथ्यांकका आधारमा १ लाख ४ हजार ४ सय ३८ सवारी साधन आयात भएकोमा ४९ हजार ४ सय १० सवारी साधनमात्र बिक्री भएका छन् । गत आवमा २ लाख १ हजार ७ सय ८७ सवारी आयात भएका थिए ।

“आयात पनि यो वर्ष झन्डै ४५ प्रतिशतले घट्ने निश्चित भएको छ,” नाडा अध्यक्ष सौरभ ज्योति भन्छन्, “त्यसमा पनि ५० प्रतिशत सवारी स्टक रहनु भनेको अटोमोबाइल क्षेत्रको लगानी धराशायी भएको अवस्था हो । अब यो क्षेत्रलाई जोगाउने कि छाड्ने भन्ने सरकारको हातमा छ ।” प्रायः गाडी विक्रेताले अर्डरअनुसार मात्र गाडी आयात गर्ने भएकाले यो वर्ष मोटरसाइकल विक्रेताहरूले बढी घाटा सहनुपरेको ज्योतिको भनाइ छ ।

अघिल्लो वर्ष १ लाख ६८ हजार ७ सय ७ मोटरसाइकल आयात भएका थिए । चालू वर्षको दोस्रो चौमासिकसम्म आइपुग्दा ८६ हजार ६ सय ५५ मात्र आयात भएका छन् । तीमध्ये ४२ हजार १ सय ७१ मात्र बिक्री भएका छन् । अघिल्लो वर्ष १० देखि १८ प्रतिशतसम्म मात्र मोटरसाइकल ‘स्टक’ रहेको जानकारी ज्योतिले दिए । त्यसैगरी १३ हजार ३ सय ४० गाडी आयात भएकोमा ७ हजार २ सय ३९ मात्र यातायत व्यवस्था विभागमा दर्ता छन् ।

ज्योति समूहले बिक्री गर्दै आएको हिरो होन्डा र होन्डा मोटरसाइकल मात्र झन्डै १२ हजारको हाराहारीमा ‘स्टक’ छन् । ‘अघिल्लो वर्ष १ हजारदेखि २ हजारसम्म स्टक रहन्थे,” उनले भने ।

गोल्छा अर्गनाइजेसन प्रालिले बिक्री गर्र्दै आएको बजाजका मोटरसाइकल पनि अहिले ८ हजार ५ सयभन्दा बढी ‘स्टक’मा छन् । “बजाजको बाइक बिक्री गर्न थालेपछिको यो हाम्रो पहिलो अनुभव हो,” प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “अघिल्लो वर्ष एकाध मोडेलका बाइकमात्र स्टक रहन्छे, अहिले सबै मोडेल थन्किएका छन् ।”

त्यस्तै, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको लक्ष्मी हुन्डाईले पनि आफ्नो बिक्रीमा ५० प्रतिशत गिरावट आएको बताएको छ । “अहिले नै यति स्टक छ भन्ने गणना गरेका छैनौं तर बिक्रीमा ५० प्रतिशतले गिरावट आएको छ,” प्रालिका रुपेश भट्टले भने ।

चालू आवको दोस्रो चैमासिकसम्मको स्टक

नाम आयात दर्ता स्टक

मोटरसाइकल ८६,६५५ ४२,१७१ ४४,३६६

गाडी १३,३४० ७,२३९ ६,१०

Saturday, May 14, 2011

चाइनिज गाडीको बजार फैलदों



केदार दाहाल
काठमाडौं, ३१ बैशाख
नेपाली अटो बजारमा चाइनिज गाडीहरुको बजार बिस्तार हुने क्रम बढ्दै गएको छ । हरेक बर्षनयाँ मोडलका गाडीहरु नेपाली बजारमा थपिने क्रम बढ्दै गएको छ । यसको बजार बढ्नुमा सस्तो तथा धेरै सुविधाका गाडी निर्माण हुनु नै प्रमुख कारण हो । यस बर्षमात्र केही बर्षअगाडी चाइनिज गाडी भनेपछी नाक खुम्चाउनेहरु पनि चाईनिज गाडी प्रति आकर्षा नेपाली उपभोक्तले बढाउँदै लगेका छ ।
नेपालमा दश बर्षअगाडी देखिनै चाइनिज गाडी आउनेक्रम चले पनि बजार बिस्तार गर्न सेकेको थिएन । पहिले आउने गाडी भन्दा अहिलेको गाडीमा धेरै फरक रहेकोले पनि चाइनिज गाडी प्रति आकर्षा बढेकेा चाइनिज गाडी सो-रुम संचालकहरु बताउँछन । चिनले गाडी कम्पनीको बिस्तारमा ढिलाईनै गरेपनि पछिल्लो समयमा जापन, अमेरीका तथा यूरोपियन शैलीमानै अत्याधुनिक सुबिधाका गाडी निर्माणमा अग्रता लिदै गएकोले बिश्वभर चाइनिज गाडीको प्रभाव बढ्दै गएको छ ।
हाल नेपालमा चेरी, कम्पनीका बिभिन्न मोडल, ग्रेटवाल का मोडल, ग्रिली ,ज्योती, यू एफ ओ, ग्रयान्ड टाइगर, लिफान लगायका गाडीहरु रहेका छन । त्यस्तै गाडीहरुमा मिनीकार, हृयच्व्याक कार, सेडान कार लगायतका पनी बजारमा त्यतीकै मात्रामा रहेको छ । पहिले यूरोपियन पछि कोरीयन तथा जापनिज गाडीहरु बिश्व बजारमा अउँदा पनि चाइनिज गाडीलाई जस्तै नक्कली र्सर्भिस थोरै भएको भन्ने आरोप भएको बताउँदै अब चाइनिज गाडीको माग बढ्दै गएको नेपाल चिन उद्योग बाणिज्य संघका अध्यक्ष तथा कस्ट्यान्ट बिजनेस ग्रुपका संचालक राजेश बाबु श्रेष्ठ बताउँछन । चाइनिज गाडीको नेपालमा झनै महत्व बढ्दै गएको र अव निकट भविष्यमानै चाइनिज गाडीले नेपाली मार्केट जमाउने श्रेष्ठ बताउँछन । 'पहिले र्सर्भिसीङ लगायतका बिभिन्न समस्या चाइनिज गाडीमा रहेपनि हाल त्यो छैन,' उनले भने ।
चाइनिज गाडीको नेपालमा बजार बिस्तार हुदै जानुमा सस्तो तथा आरमदायी गाडी हुनुनै भएको श्रेष्ठको भनाई रहेको छ । चाइनिज गाडी नेपालको अर्थतन्त्र सुहाउँदो, नयाँ डिजाइन र नेपाली बाटो सुहाउँदो गाडी को निर्माण हुनुले नेपालमा चाइनिज गाडीको भविष्य राम्रो रहेको उनले जानकारी दिए ।
नेपाल भित्रिएका चाइनिज गाडीहरुको मुल्य १४ लाख ५० हजार देखि ३६ लाख रुपयाँ सम्म पर्ने गरेको छ । हाल चाइनिज गाडी कम्पनीले दिन दिनै नयाँ गाडी को निर्माण गरेकोले पनि अव पछिल्ला दिनमा चाइनिज गाडीले नेपाली अटो बजारलाई नयाँ चरणमा लैजाने उनको दावी छ ।
चाइनिज गाडीमा चेरीको हाल बिक्रि भइरहेका गाडीहरुमा क्यू क्यू ३, ए१, टिगो लगायत गाडीको बिक्रि गर्दे आएको छ । जसको मुल्य १३ लाख ९९ हजार देखि २९ लाख ६५ लाख सम्म मुल्य पर्ने रहेका छन । त्यस्तै ग्रीलीको १८ लाख रुपयाँ, लिफान मा सेडान, हृयचव्याकका बजार मुल्य १४ लाख ७५ हजार रुपयाँ देखि १५ लाख ७५ हजार रुपयाँ सम्मको रहेको छ । त्यसैगरी ज्योतीको २१ ल्ााख ५० हजार रुपयाँ रहेको छ । त्यस्तै यूफओ २७ लाख १५ हजार रुपयाँ बिक्रि मुल्य छ । त्यस्तै ग्राइन टायगरको बजार मुल्य २७ लाख ७५ हजार रुपयाँ रहेको छ ।
नेपालमा चाइनिज गाडीको राम्रो भविष्य देख्ने हिमचुली अटो इन्टरनेशनल प्रालीका संचालक डि वि गुरुङ कारोबार बढेको बताउँछन । पहिले सुविधा कमी भएर नेपाली उपभोक्ता चाइनिज गाडी किन्न डराउने भएपनी हाल त्यो मानसिकता परिवर्तन भइसेको छ । हिमचुलीले ग्रेटवाल कम्पनीका गाडीहरु बिक्रि गरिरहेको छ । ग्रेटवालले होन्डर, सियूवी जिप तथा फ्ल्ओरिट का लगायतका रहेका छन । फ्ल्ओरिट नेपालमा यसै बर्षात्र बिक्रिको लागि आएको हो जसको बजार मुल्य १७ लाख ९५ हजार रुपयाँ रहेको छ ।
चाइनिज गाडीमा पावर स्टेरीङ, एसी हृयाचव्याक, आन्ान्ददायी सिट, सुरक्षीत वाइल्डीङ, पावर मिरोर लगायत राम्रो सुबिधा भएकोले यो गाडीको आवस्यकता बढेको सो-रुम संचालकहरु बताउँछन ।

लादेन युगको अन्त्य


लादेन युगको अन्त्य



२००१ सेप्टेम्बर ११ बाट एउटा नाम संसारभरि चर्चामा आयो । त्यो नाम थियो- ओसामा बिन लादेन । बितेका १० वर्षमा जहाँ-जहाँ विश्व आतंकवादको चर्चा हुन्थ्यो, त्यहाँ पहिलो नाम लादेनकै लिइन्थ्यो । विश्वकै प्रभावशाली मुलुक अमेरिकाको भौतिक क्षतिमाथि धावा बोल्ने कोही व्यक्ति थियो भने उनी थिए- ओसामा बिन लादेन । उनको योजनामा १० वर्षअघि अमेरिकामाथि भएको आक्रमणले विश्व आतंकवादलाई नयाँ उचाइमा पुर्‍याइदियो र यही घटना अमेरिकाका लागि विश्वका विभिन्न देशमा आफ्नो प्रभाव जमाउने माध्यम बन्न पुग्यो । लादेनविरुद्ध १० वर्षदेखि गर्दै आएको अमेरिकी लगानी आइतबारको राति 'नाफा'मा परिणत भएको छ । लादेनको मृत्यु अमेरिकामा मात्र होइन, विभिन्न देशमा उत्सवमा परिणत भइरहेको छ ।

२००१ को सेप्टेम्बर ११ आक्रमणका प्रमुख योजनाकार लादेनको मृत्यु चर्चा दशकभरि नै भइरह्यो । सुरक्षित 'सेल्टर'को खोजीमा विभिन्न ठाउँ चहार्ने यी सर्वाधिक प्रभावशाली 'जेहादी'को यस्तो अन्त्यबारे भने कसैले परिकल्पना गरेको थिएन । १० वर्ष लामो प्रयास र सटिक गुप्तचरीले आखिर अमेरिका आफ्नो उद्देश्यको संघारमा उक्लेको छ । लादेन मारिनु आतंकवादको अन्त्य नभई खुड्किलो भएको राष्ट्रपति बाराक ओबामाले बताएका छन् ।



अमेरिकी सेनाले पाकिस्तानको अबोत्तावादमा अपरेसन सफल बनाएको औपचारिक खबर ओबामाले नै सन्देशमार्फत दिएका हुन् । उनले अमेरिकी गुप्तचर सूचनालाई आधार मानेर अमेरिकी सेनाले गरेको स्थलगत कारबाहीमा अलकायदाका यी शीर्ष पुरुष मारिएको बताउँदै गर्दा देशैभरि उत्सव सुरु भइसकेको थियो ।

न्युयोर्क र वासिङ्टनमा सेप्टेम्बर ११, २००१ मा भएको आक्रमणलगायत धेरै अपराधको आरोप लागेका लादेनलाई अमेरिकाले 'मोस्ट वान्टेड' सूचीको शीर्ष स्थानमा राखेको थियो । यो घटना अलकायदालाई हराउने अमेरिकी प्रयासको हालसम्मकै ठूलो उपलब्धि मानिएको राष्ट्रपति ओबामाले बताएका छन् । उनको मृत्युपछि अलकायदाले प्रतिरोध आक्रमण गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकाले विश्वभर रहेका आफ्ना दूतावासहरूलाई सचेत गराएको छ ।

आइतबार राति पाकिस्तानको अबोत्तावादमा अमेरिकाले अपरेसन चलाएको थियो । प्रत्यक्षदर्शीका अनुसार त्यस क्षेत्रलाई अमेरिकी सेनाले घेराबन्दी गरे पनि स्थानीयबासीलाई अपरेसनको तारो लादेन थिए भन्ने थाहा थिएन । तर, उनीहरूले समाचारमा लादेन मारिएको सुनेपछि विष्फोटनको उद्देश्य थाहा पाएका थिए । त्यसो त लादेन पाकिस्तानमा हुनसक्ने चर्चा यसअघि नै फैलिसकेको थियो । उनले मृगौलासम्बन्धी समस्याको उपचार रावलपिन्डी, कराँचीलगायतका ठाउँमा गराएका समाचार सार्वजनिक भएका थिए, यद्यपि ती समाचारहरूको आधिकारिक पुष्टि भने कहिल्यै भएन ।


यसरी मारिए लादेन

लामो समयदेखि खोजी गरिएका लादेन पाकिस्तानको पूर्वी सहरमा रहेकोमा धेरै अघिदेखि अमेरिकी सुरक्षा संयन्त्र र खोजीकर्ताहरू ढुक्क थिए । लादेनको पहिचान भएको कैयौं महिना बितिसक्दा पनि उनी बसेको घरमा आक्रमण गर्ने/नगर्ने विषयमा ह्वाइटहाउसमा निकै बहस भएको थियो ।



लादेनको मृत्युले अलकायदालाई निकै ठूलो धक्का पुगेको त छ नै तर योभन्दा पनि अब स-साना तवरमा हुनसक्ने आक्रमणको खतरातर्फ सबै सचेत हुनुपर्ने विश्लेषकहरूले बताएका छन् ।

गएको अगस्तमै बिन लादेन कहाँ छन् भन्ने कुरामा अमेरिकी गुप्तचर संस्था सीआईए निश्चिन्त भइसकेको थियो । यसबारे राष्ट्रपति ओबामालाई जनाउ दिइए पनि उनले काम अघि बढाउने/नबढाउने विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सीआईएलाई नै सुम्पेका थिए ।

यसका लागि चाहिने आवश्यक नैतिक समर्थनका लागि ओबामा र अन्य सुरक्षा निकायका सीमित व्यक्तिहरूबीच बारम्बार संवाद भइरहने गर्दथ्यो । लादेन पाकिस्तानी राजधानी इस्लामावादबाट नजिकैको घना वस्तीयुक्त सहरमा ठूला-ठूला पर्खाल लगाइएको घरभित्र बस्ने कुरा निश्चित भइसकेपछि केही ह्याकरहरूलाई लादेनले उपयोग गरिरहेका टेलिफोन र इन्टरनेट वा कम्प्युटरभित्र छिर्ने प्रयास गर्न पनि लगाइएको थियो । तर, पछि थाहा भयो- उनले फोन, कम्प्युटर, इन्टरनेट कुनै पनि किसिमको सुविधा उपयोग गरिरहेका छैनन् ।

ओबामा मारिएको भनिएको पाकिस्तानी सहर अबत्तावाद । तस्बिरः गुगल अर्थ



ह्वाइट हाउसले गएको सातामात्र लादेनका बारेमा यथेष्ट र भरपर्दा सूचना पाइसकेको थियो । यतिबेला आक्रमण नगरे स्थिति के हुने हो भन्ने कुरामा निश्चित भइसकेपछि राष्ट्रपति ओबामाले विशेष रूपमा प्रशिक्षित अमेरिकी सेनाका कमान्डोहरूलाई 'अपरेसन बिन लादेन हन्ट'मा जान आदेश दिएका थिए ।

यो अपरेसनमा लादेनसहित तीन जनाको मृत्यु भएको छ । लादेनका एक छोरा र एक महिला मारिएका छन् । अपरेसनका क्रममा अमेरिकी सेनातर्फ कसैको पनि ज्यान नगएको स्वयं राष्ट्रपति ओबामाले बताइसकेका छन् । अपरेसन सफल भएपछि ओबामाले अपरेसनमा भाग लिने सेनालाई बधाई दिँदै 'मानवताविरोधी' लादेनलाई न्याय गरिएको प्रतिक्रिया दिएका छन् ।

अपरेसनमा गोली हानाहान भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । गोली चलेको लामो समयसम्म पनि पाकिस्तानी सरकार र अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका थिएनन् तर बिहान अकस्मात पाकिस्तानको विदेश सचिवालयले घटनाको पुष्टि गरेको थियो ।

घटना भएको स्थान र पाकिस्तानी सेनाको सैनिक प्रशिक्षणकेन्द्र केही दूरीमा मात्र छन् । यही घटनाका क्रममा एउटा हेलिकप्टर दुर्घटनामा परेको तर त्यो प्राविधिक कमजोरी मात्र भएको जानकारी अमेरिकी सेनाका अधिकारीले दिएका छन् । एउटा सानो अमेरिकी सेनाको टोलीले घटनालाई पूर्णरूपमा सफल तुल्याएकोमा राष्ट्रपतिले खुसी प्रकट गरेका छन् ।

लादेन बस्ने घरको पर्खाल १८ फिट अग्लो र १२ फिट चौडा थियो । यो घर त्यो क्षेत्रकै पृथक रहेको समाचारमा जनाइएको छ ।




लादेन मारिएको रात...

- हारून रसिद

'बीबीसी'का पाकिस्तानस्थित संवाददाता


राति केही हल्लाचाहिँ थियो- अमेरिकी सेनाले पाकिस्तानी राजधानी इस्लामावादभन्दा अलि उत्तरमा रहेको अब्बोत्तावादमा केही गर्ने सम्भावना छ । यो अलि हल्ला नै हो कि भन्ने लागेको थियो । सेनाको हेलिकप्टर त्यहाँ दुर्घटनामा परेको हल्ला पनि आएको थियो तर कुनै पनि माध्यमले त्यो कुरालाई पुष्टि गर्न सकिरहेका थिएनन् ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरी, सेना र अन्य सुरक्षा निकायले त्यो ठाउँलाई लगभग चारैतिरबाट बन्द गरिदिएका थिए । यस्तो अवस्थामा केही गोली चलेको आवाज सुनेको उनीहरू बताइरहेका थिए । यो सुरक्षा कारबाही ओसामा बिन लादेनविरूद्ध भएको कसैलाई पनि सुइँको थिएन ।

तर, लादेनलाई गरिने कारबाहीका विषयमा गम्भीरताका साथ अमेरिकी सेनाका गतिविधि हेर्ने जो-कोहीका लागि आश्चर्यको घटना भने थिएन । यतिबेला अमेरिकी सेनाले मुख्य सहरको घना आवादीयुक्त घरमै गएर लादेनलाई सफाया गर्नुलाई हिम्मतिलो कामका रूपमा हेर्नेहरूको कमी छैन ।

विगतका केही समाचार तयार गर्ने क्रममा म आफैंले पनि अपुष्ट समाचारहरू पाएको हुँ । जस्तो कि- लादेनलाई मृगौलाको उपचारका क्रममा रावलपिन्डी अस्पतालमा लगिएको र उनलाई त्यहाँ उपचार गरेर सुरक्षित स्थानमा पुर्‍याइएको । त्यस्तै, कराँची सहरमा पनि उनको स्वास्थ्य उपचार भएको कुरालाई स्थानीय पत्रिकाले लेखेका थिए । तर, पाकिस्तानी सरकारले यी कुरालाई आधिकारिक रूपमै अस्वीकार गरेको थियो ।

पछिल्लो समय अलकायदा र तालिवानी नेताहरूलाई पाकिस्तानी सहरहरूबाट धमाधम पक्राउ गरिँदै थियो । कुवेतमा जन्मिएका अलकायदाका नेता खालिद सेख मोहम्मदलाई रावलपिन्डीबाट पक्राउ गरिएको थियो । त्यस्तै, अफगान तालिवानी सैनिक कमान्डर मुल्लाह बरदारलाई कराँचीबाट पक्राउ गरिएको थियो ।

यी सबै घटनाक्रमपछि अब लादेन पक्राउ पर्ने वा मारिने सम्भावना रहेको कुरालाई नकार्न सकिने कुनै अवस्था थिएन । र, अन्ततः उनी मारिएको खबर पुष्टि नै भयो ।






अमेरिकामा हर्षोल्लास

लादेन मृत्युको खबर अमेरिकामा भने उत्सवमा परिणत भएको छ । त्यहाँका जनताले सार्वजनिकस्थलमै खुसी मनाइरहेका छन् । पूर्वराष्ट्रपति बिल क्लिन्टनले भनेका छन्, "सेप्टेम्बर ११ र अलकायदाका विभिन्न आक्रमणमा मारिनेहरूको परिवारका लागि मात्र नभई शान्ति र स्वतन्त्रता चाहने संसारका सबै मानिसहरूका लागि यो ऐतिहासिक क्षण हो ।"



"आतंकवादविरुद्धको लडाइँ जारी छ तर आजको रातले अमेरिकाका लागि बिर्सन नहुने सन्देश दिएको छ । त्यो हो- जति लामो समय किन नलागोस्, न्याय भएरै छाड्छ," अर्का पूर्वराष्ट्रपति जर्ज डब्लू बुसले भनेका छन् ।

विश्वका विभिन्न देशमा उनको मृत्युमा खुसीयाली व्यक्त भए पनि उनको मृत्यु हुँदैमा आतंकवाद समाप्त भइहाल्यो र मानिसहरूले न्याय पाइहाल्छन् भन्ने भनाइप्रति कैयौं मानिसहरू असहमत छन् । एउटा नेता मारिएकै भरमा अलकायदा समाप्त भयो भन्ने निष्कर्ष निकाल्नु धेरै नै चाँडो भएको उनीहरूको ठम्याइ छ ।





युद्धको मूल्य हामीलाई थाहा छ: ओबामा

आजभन्दा १० वर्षपहिले २००१ सेप्टेम्बर ११ मा अमेरिकाको इतिहासमा सबैभन्दा खराब आक्रमण भयो । अपहरण गरिएका जहाजहरू बादलविहीन आकाशलाई छेड्दै न्युयोर्कका टि्वन टावरमा ठोक्किए । पेन्टागनबाट कालो धुँवा उड्यो । बालबालिकाहरू टुहुरा भए । करिब ३ हजार नागरिक हामीबाट सदाका लागि बिदा भए, जसले हाम्रो हृदय छेड्यो ।



सेम्टेम्बर ११ अमेरिकी जनताको दुःखको दिन थियो, जसले सबै अमेरिकीहरूलाई एकै ठाउँमा ल्यायो । हामी जहाँबाट आए पनि, जुन भगवानलाई माने पनि, जुन जातिको भए पनि हामी अमेरिकी परिवारको रूपमा एकबद्ध भयौं । हामी यो दुष्आक्रमणलाई न्यायमा बदल्ने र राष्ट्रलाई बचाउने प्रणका साथ एक भयौं । हामीले चाँडै थाहा पायौं कि बिन लादेनद्वारा नेतृत्व गरिएको अलकायदाले त्यो आक्रमण गरेको थियो । उसले अमेरिकाविरुद्ध युद्ध नै घोषणा गरेको थियो । त्यसैले हाम्रा नागरिक, मित्र र गठबन्धनहरूलाई बचाउन हामी अलकायदाविरुद्ध युद्धमा होमियौं ।

धन्यवाद छ ती थकानविहीन र साहसिक सैनिकहरूलाई र आतंकवादविरुद्ध जुध्नेहरूलाई । १० वर्षपछि हामीले ठूलो सफलता हासिल गरेका छौं । हामीले आतंकवादी आक्रमणहरूलाई अवरुद्ध गरेका छौं र स्वदेश रक्षा गर्ने कार्यलाई अझै मजबुत बनाएका छौं । हामीले अफगानिस्तानमा तालिवान सरकारलाई हटायौं, जसले अलकायदालाई संरक्षण दिइरहेको थियो र जहाँ सेप्टेम्बर ११ का महत्वपूर्ण षड्यन्त्र बुनिएका थिए । तैपनि ओसामा बिन लादेन अफगान सीमा हुँदै पाकिस्तानमा भागे र अलकायदाले त्यहीँबाट आफ्ना योजना र आक्रमण संसारभरि सञ्चालन गर्‍यो ।

म राष्ट्रपतिको हैसियतमा आइसके पनि लादेनको मृत्यु वा गिरफ्तारलाई उच्च प्राथमिकतामा राख्न सीआईएका निर्देशक लिओन पनेट्टालाई निर्देशन दिएँ । गएको अगस्टमा हाम्रो इन्टेलिजेन्स समुदायद्वारा मलाई लादेनमाथि कारबाहीको प्रगतिबारे बि्रफिङ गरिएको थियो । त्यसपछि म निरन्तर हाम्रो राष्ट्रिय सुरक्षा समूहसँग भेटघाटमा जुटें । हामीले सूचनाहरू पछ्याउँदै जाँदा लादेनलाई पाकिस्तानमा लुकिरहेको थाहा पायौं । र, अन्ततः गएको हप्ता कारबाहीका लागि हामीसँग प्रशस्त इन्टेलिजेन्स छ भन्ने निष्कर्षमा म पुगें । त्यसपछि लादेनलाई फेला पार्न र उनलाई न्यायको कठघरामा ल्याउने अनुमति मैले प्रदान गरें । आज मेरो निर्देशनमा अमेरिकाले पाकिस्तानको अब्बोत्तावादको कम्पाउन्डमा अपरेसन लन्च गर्‍यो । असाधारण साहसका साथ थोरै अमेरिकीहरूको समूहले यो काम गर्‍यो । उनीहरूले सर्वसाधारणलाई क्षति हुन नदिन सतर्कताका साथ काम गरे । कुनै अमेरिकीको क्षति हुन पाएन । एकछिनको लडाइँपछि उनीहरूले लादेनलाई मारे र उनको शरीरलाई कब्जामा लिए ।

दुई दशकदेखि लादेन अलकायदाको नेता र उपमा बन्दै आएका थिए र हामी, हाम्रा मित्र र गठबन्धनविरुद्धको षड्यन्त्रलाई निरन्तरता दिएका थिए । उनको मृत्यु अलकायदालाई हराउने हाम्रो राष्ट्रिय प्रयासमा आजसम्मकै सबैभन्दा महत्वपूर्ण उपलब्धि हो । तर, उनको मृत्यु हाम्रो प्रयासको अन्त्य होइन । अलकायदाले आक्रमण जारी राख्छ, यसमा कुनै शंका छैन । यस विषयमा हामी स्वदेश र विदेशमा सचेत हुनपर्छ र छौं पनि ।

म पुनः दोहोर्‍याउन चाहन्छु- अमेरिका इस्लामविरुद्धको लडाइँमा कहिल्यै थिएन र हुनेछैन पनि । किनभने, लादेन मुस्लिमहरूका नेता थिएनन्, उनी मुस्लिमहरूको आमहत्यारा थिए । अलकायदाले धेरै देशका मुस्लिम र अमेरिकीहरूको घाँटी रेटेको थियो । त्यसैले उनको मृत्युलाई शान्ति र मानवीय सम्मानमा विश्वास गर्ने जोसुकैले पनि स्वागत गर्नुपर्छ ।

मैले भन्दै आएको छु-लादेन पाकिस्तानमा रहेको पाइए पाकिस्तानमा पनि हामीले कारबाही चलाउँछौं भनेर । त्यही भयो पनि तर लादेनलाई भेट्टाउनुमा पाकिस्तानको समन्वय महत्वपूर्ण थियो । वास्तवमा लादेनले पाकिस्तानमा पनि युद्धको घोषणा गरेका थिए । मैले आजै राष्ट्रपति आसिफ अली जर्दारीलाई फोन गरें र मेरो टिमले पाकिस्तानी समकक्षीहरूसँग भेट गर्‍यो । उनीहरूले यो कार्यलाई राम्रो र ऐतिहासिक भएको कुरामा सहमति जनाएका छन् । पाकिस्तानले अलकायदा र यसको गठबन्धनविरुद्ध लडाइँ गर्न हामीलाई साथ दिनु अपरिहार्य छ ।

अमेरिकीहरूले युद्धको मूल्य के हो भन्ने बुझेका छन् । हामीले हाम्रो सुरक्षामा आउने चेतावनी सहनेछैनौं । त्यसको प्रतिरक्षामा उत्रिरहनेछौं । हामी भन्नसक्छौं- आज अलकायदाको आतंकमा परी ज्यान गुमाउनेहरूका परिवारले न्याय पाएका छन् । हामी इन्टेलिजेन्स र आतंकवादको प्रतिकारमा उत्रनेहरूलाई धन्यवाद दिन चाहन्छौं । यो अपरेसन सम्पन्न गर्नेहरूलाई धन्यवाद दिन्छौं । सेप्टेम्बर ११ मा ज्यान गुमाउनेहरूहरूका परिवारलाई भन्न चाहन्छु- तपाईंको क्षतिलाई हामीले बिर्सेका छैनौं । सेप्टेम्बर ११ मा पैदा भएको एकताको हाम्रो संवेदनालाई फेरि स्मरण गरौं । आजको उपलब्धि हाम्रो देशको महानता र अमेरिकी प्रतिबद्धताको प्रमाण हो ।







बिन लादेन र आतंक

ओसामा बिन लादेन सन् २००१सेप्टेम्बर ११ मा अमेरिकाको टि्वन टावर ध्वस्त पारिएपछि चर्चामा आएका हुन् । यो घटनामा अमेरिकामा ३ हजार मानिस मारिए भने हजारौं घाइते भए ।

पछिल्लो समय उनी संसारकै डरलाग्दा व्यक्तिका रूपमा उदाएका थिए र उनलाई घृणा गर्नेहरूको संसारभर कुनै कमी थिएन । अतिवादी इस्लामहरू भने उनलाई देवदूतसरह मान्थे ।

लादेन १९५७ मा जन्मिए । उनका बुवा मोहम्मद बिन लादेनका ५२ सन्तानमध्ये उनी १७ औं थिए । उनका बुवा साउदी अरेबियाका धनीमध्ये एक थिए र साउदीमा बनेका अधिकांश भौतिक निर्माणका कार्य ८० प्रतिशत उनले नै हेर्थे । सन् १९६८ मा उनका बुवा हेलिकप्टर दुर्घटनामा मारिए । यसपछि ओसामा नै बुवाको अकूत सम्पत्तिको हकदार भए । त्यतिबेला नै उनको कुल सम्पत्ति २ सय ५० मिलियन डलर रहेको अनुमान गरिएको थियो ।


मुजाहिद्दिन

साउदी अरेबियाको जेदाहमा रहेको किङ अब्दुल अजिज युनिभर्सिटीमा सिभिल इन्जिनियरिङ पढिरहेका लादेन कलेजका अतिवादी इस्लामी शिक्षक र विद्यार्थीहरूको सम्पर्कमा आए । धार्मिक छलफल र अध्ययनमा बढीभन्दा बढी समय बिताउन थालेका उनी अतिवादी इस्लामहरूको प्रभावमा पर्न थाले । यहीँनेर उनी पश्चिमी देशहरूको थिचोमिचोका बारेमा जानकार भए ।

यही समयवरपर सन् १९७९ को डिसेम्बरमा सोभियत संघका सेनाले अफगानिस्तान छिरेर उपद्रो मच्चाउन थाले । यो घटनाले लादेनको जीवन सधैंका लागि परिवर्तन गरिदियो । मुजाहिद्दिन नामक संस्थासँग मिलेर उनले कम्युनिस्टविरोधी क्रियाकलाप उग्ररूपमा चलाए । एक दशक लामो संघर्षपछि बाध्य भएर रुसी सेना अफगानिस्तान छाड्न बाध्य भयो ।

गुप्तचर संस्थासम्बन्धी विशेषज्ञहरू त केसम्म विश्वास गर्छन् भने अमेरिकाको केन्द्रीय गुप्तचर संस्था -सीआईए)ले मुजाहिद्दिनलाई तालिम र हतियार दिने गर्दथ्यो । र, हतियार र तालिम पाउनेमा लादेन पनि एक थिए । सोभियत संघले यो युद्ध हारेपछि उनमा केही परिवर्तन आएको थियो ।


आतंकमाथि लगानी

उनको घृणा अब मस्कोबाट वासिङ्टनतर्फ मोडियो । यसको कारण थियो- उनको देश साउदी अरबमा ३ लाखभन्दा बढी अमेरिकी सेनाको उपस्थिति । उनलाई यो चित्त बुझिरहेको थिएन । यसपछि सन् १९९१ मा इराकविरुद्ध खाडीयुद्ध भयो । यो खाडीयुद्ध अनावश्यक थियो भन्ने उनको धारणा बन्यो । र, उनले यो युद्धको बदला लिने निश्चय गरे ।

यसपछि नैरोबी (केन्या)को अमेरिकी दूतावासमा बम हमला भयो । यो बम हमलाको मुख्य योजनाकार लादेन भएको आशंका गरियो । यसपछि मध्यपूर्वी राष्ट्रहरूमा इस्लामिक गतिविधि भए, जसको तारो अमेरिका र अमेरिकी नै थिए । यही गतिविधि जारी रहेका कारण साउदी अरेबियाले लादेनको नागरिकता रद्द गर्नुपर्ने अमेरिकी अडान रह्यो । सन् १९९४ मा बाध्य भएर साउदीले उनको नागरिकता रद्द गर्‍यो भने सुडानले उनलाई दिँदै आएको सुविधा समाप्त पार्‍यो । त्यसपछि सन् १९९६ को जनवरीमा लादेन अफगानिस्तान छिरे ।

अफगानिस्तान युद्धले जर्जर भइरहेको थियो । विविध किसिमका इस्लामिक समूहका लागि यो परेड खेल्ने ठाउँका रूपमा स्थापित भइसकेको थियो । तालिवानका लागि यो जति गतिलो स्थिति के बन्न सक्थ्यो र Û नौ महिनापछि नै तालिवानीहरूले काबुल सहर कब्जामा लिए ।

भौगोलिक रूपमा सीमित भए पनि बिन लादेनको अकूत सम्पत्तिका कारण विश्वव्यापी आतंकवादमा लगानी गर्नेहरूको आँखा यहीँ गाडिएको थियो । उनले यतिबेला आफ्ना सेना र अलकायदाको नेटवर्क बढाउन परिश्रम गरे ।

कहिलेकाहीँ उनी एउटा दलालको जस्तो काम गर्थे । कहिले उनी आर्थिक लगानी गर्थे, कहिले चाहिँ उनले आफैं विभिन्न किसिमका आतंकवादी अभियान छेड्थे । यहीबीच सन् १९९८ को फेब्रुअरी महिनामा उनले फतवा जारी गरे । यो फतवा उनले यहुदी र क्रुसेडरहरूका विरुद्धमा जारी गरेका थिए । खासगरी अमेरिकीहरूको हत्या गर्नु मुस्लिमहरूको कर्तव्य भएको उनको निष्कर्ष थियो ।


मोस्ट वान्टेड

६ महिनापछि केन्या र तान्जिनियामा दुई वटा बम पड्किए । ती बम त्यहाँका अमेरिकी दूतावासमा केन्दि्रत थिए । घटनामा २ सय २४ मानिस मारिएका थिए भने ५ हजारभन्दा बढी घाइते भएका थिए । यतिबेला पनि लादेनलाई मुख्य योजनाकार रहेको आशंका गरियो भने अन्य १६ जना उनका मतियार भएको निक्र्योल निकालियो ।

यसपछि सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कस्थित सबैभन्दा व्यस्त र आर्थिक केन्द्र टि्वन टावरमा आक्रमण भयो ।





यो घटनालगत्तै लादेन अमेरिकाको प्रमुख तारो बने र रातारात उनी 'मोस्ट वान्टेड' मा दर्ता भए । उनलाई ज्युँदै वा मृत अवस्थामा फेला पार्नेहरूलाई २५ मिलियन अमेरिकी डलरको घोषणा गरियो ।

यसपछि अमेरिकी सेना अफगानिस्तान छिर्‍यो र पूर्वी क्षेत्रमा ७५ वटा मिसाइल हानियो । यो क्षेत्रमा लादेन लुकेर बसेको आशंका गरिएको थियो र उनी मारिए भनी प्रचार पनि गरियो । तर, एक घण्टाअघि नै लादेन त्यहाँबाट निस्किएकाले उनको मृत्यु सम्भव भएन ।

लादेनसँग गाँसिएका घटनाहरूमा सन् १९९३ मा न्युयोर्कमै बम विष्फोटन, १९९५ मा साउदी राजधानी रियादमा ट्रक बम विष्फोटन तथा साउदी ब्यारेकमा १९ अमेरिकी सेनाहरू हताहत हुने गरी हानिएको बम प्रमुख थिए ।

"म सधैं अमेरिकीहरूलाई निसाना लगाउँछु," उनले भनेका थिए, "हामी अमेरिकीबाहेक अरुलाई क्षति पुर्‍याउँदैनौं ।" तर नैरोबी र दार-ए-सलाममा गरिएको बम आक्रमणमा अमेरिकी परेनन्, बरु स्थानीय अपि|mकीहरू मुख्य निसानामा परेका थिए । धनको घमण्डले चूर लादेनले कजाकस्तानसित अर्बौं डलरमा परमाणु बम किन्ने प्रस्तावसमेत राखेका थिए । अमेरिकी र यहुदीहरूका लागि खतराको केन्द्र बनेका लादेनका पछाडि अमेरिकी सेना तीव्र घ्राणशक्ति लिएर उनको खोजीमा लाग्नु कुनै नौलो कुरा थिएन ।


सेप्टेम्बर ११ मा के भयो ?

सन् २००१ को सेप्टेम्बर ११ मा दुई वटा अपहरण गरिएका हवाई जहाज टि्वन टावर भनिने न्युयोर्कको वल्र्ड ट्रेड सेन्टरमा ठोक्काइयो । अर्को एउटा जहाज वासिङ्टनस्थित पेन्टागनको अमेरिकी सुरक्षा निकायको मुख्यालयमा जोथियो । चौथो प्लेन चाहिँ पेन्सिलभेनियाको खुला खेतमा दुर्घटनाग्रस्त भयो । यी सबै घटनामा ३ हजार मानिस मारिए, जसले अमेरिकालाई तालिवानविरुद्धको युद्धमा उत्रिन बाध्य बनायो ।

अमेरिका र उसका सहयोगीहरूका सेना अफगानिस्तानमा सन् २००१ को अन्त्यतिर ओर्लिए । यही समयमा तोराबोरा भनिने ठाउँमा गुफामा लुकेर बसेका लादेन मारिए भन्ने विश्वास गरिएको थियो । तर, वास्तविकता त्यस्तो रहेन । लादेन खुला सिमानाको फाइदा उठाउँदै पाकिस्तान छिरे । अफगान सीमाछेउका पाकिस्तानी गाउँमा उनी कलाकार र गायकभन्दा माथिका सेलिबि्रटी बने ।

सन् २००३ को फेब्रुअरीमा लादेनको भाषण 'अल जजिरा' टिभीमा देखियो । भाषणमा उनले इराकविरुद्धको अभियानलाई लछार्नुका साथै सद्दाम हुसेन शक्तिमा रहिरहनुपर्ने धारणा राखेका थिए । "यतिमात्र होइन, सबै मुस्लिमहरूले र खासगरी सबै इराकीहरूले अमेरिकीविरुद्धको पवित्र युद्धमा साथ दिनुपर्छ," उनले आफ्नो टेपमा भनेका थिए ।

तर, यो आवाजलाई अमेरिकीहरूले नक्कली लादेनको भनी बताएको थियो । पछिल्लो समय लादेनलाई सन् २००१ को अन्तिमताका तोराबोरामा देखिएको थियो । र, त्यहाँ उनका जेहादीहरूको पनि ठूलै उपस्थिति थियो ।


पाकिस्तानमा शरण

तोराबोरापछि उनी लुक्दै छिप्दै पाकिस्तानको पूर्वी क्षेत्रतर्फ लागेको आशंका गरिएको थियो । उनलाई पाकिस्तानका पास्तुन नागरिकहरूले नायक ठानेर सहयोग गरिरहेको अमेरिकी दृष्टिकोण बाहिर आएको थियो । पास्तुन आदिवासीले तालिवानप्रति नरम धारणा राख्ने गरेको पनि प्रकाशमा आएको थियो । कतिसम्म भने उनीहरूले आफ्नै देशका परवेज मुसर्रफको सरकारलाई विदेशी र तालिवानीहरूलाई मित्र ठान्थे ।

यसबीचमा लादेनले आफ्नो उपस्थिति बरोबर देखाउन थाले । लादेनको खोजीलाई तीव्र पार्ने काम सन् २००३ मा भयो । यहीबेला पाकिस्तानमा खालिद सेख मोहम्मद पक्राउ परेका थिए । लामो समयदेखि गुपचुप रहेका लादेनसँग उनको छुटेको समूहको विस्तारै भेटघाट सुरु भएको थियो । यहीबीच सन् २००४ को मे-जुलाईमा पाकिस्तानी सेनाले अफगान सीमाछेउ चलाएको तालिवानविरुद्धको युद्धमा लगभग छेउछाउ पुगिसकेको थियो । तर, पछि मुसर्रफ-तालिवान युद्ध चिसिँदै गयो ।

योबीचमा अलकायदाले आफ्ना भनाइहरू अडियो संवादका रूपमा बेलाबेला इन्टरनेटमा छर्ने गथ्र्यो । यसको जिम्मेवारी अलकायदाका दोस्रो वरियताका नेता एमान अल जवाहिरीको थियो । भिडियोमा लादेन देखिन छाडेका थिए ।

उनी मिडियामा नदेखिनुले अमेरिकी नेता र जनताबीच दूरी बढ्दै थियो । ँवार अन टेरर’को नारा दिने अमेरिकी नेताहरू जनताको नजरमा विस्तारै गिर्दै गइरहेका थिए । लादेनका सहयोगीका नजरमा उनी अमेरिकी र इजरायली आतंकविरुद्ध लड्ने क्रान्तिकारी थिए भने अधिकांश पश्चिमेलीहरूका नजरमा उनी एक आतंककारी थिए, हजारौंको हत्या गर्ने हत्यारा थिए ।

Thursday, May 12, 2011

चालु आर्थिक बर्षअटोमोवाइल क्षेत्रको खराव बर्षघोषणा मोटरसाइकल बिक्रीमा ९२ प्रतिशतले गिरावट

केदार दाहाल
काठमाडौं, २४ बैशाख
फागुन महिनामा उकालो लागेको मोटरसाइकल बिक्रीदर चैत महिनामा ९२ प्रतिशतले गिरावट आएको छ । गत मंसिरमा सरकारले आर्थिक बर्ष२०६७/६८ को बजेट मार्फ मोटर्साईकलमा बिभिन्न शिर्षमा लाग्ने करको दस्तुर बृद्धि गर्देर् ८० प्रतिशत पुर्‍याएपछी लगातार गिरावट आएको बिक्रीदर फागुनमा ३० प्रतिशतले बृद्धि भएको थियो । मोटरसाइकल तथा गाडी दुवैमा लगातार बिक्रीमा गिरावट आएपछी नेपाल अटोमोवाइल डिलर एशोसिएशन -नाडा) ले चालु आर्थिक बर्षाई अटोमोवाइल क्षेत्रको खराव बर्षसमेत घोषणा गरेको छ ।
फागुन महिनामा उकालो लागेको मोटरसाइकल बिक्रीदर स्थिर रहन सकेन र गएको आर्थिक बर्ष२०६६/६७ को चैत मसान्तको भन्दा चालु आर्थिक बर्ष२०६७/६८ को चैत मसान्तमा मोटरसाइकल बिक्रीमा ९२ प्रतिशतले कमी आएको छ । गएको आर्थिक बर्षो चैत महिनामा ५ हजार ४ सय ४७ वटा मोटरसाइकल दर्ता भएकोमा चालु आर्थिक बर्षा २ हजार ८ सय ५१ वटा मोटरसाइकल मात्र दर्ता भएको श्रम तथा यातायत मन्त्रालय अर्न्तरगत रहेको यातायत व्यवस्था विभाग को तथ्याङकमा रहेको छ ।
सरकारले बजेट मार्फ अन्तशुल्कमा १० प्रतिशत बृद्धि गर्दे ४० प्रतिशत पुर्‍याएको छ । भने भन्सार दरमा ४० प्रतिशत कर तिर्नुपर्ने बाध्यता रहनु ले मोटसाइकल बिक्रीमा उच्च गिरावट आएको नेपाल अटोमोवाइल्स डिलर एशोसिएशन -नाडा) ले बताउँदै आएको छ । फागुनमा मोटरसाइकल बिक्रीकर्ताले समान्य राहत पाएपनी हाल आएर मोटरसाइकल बिक्रीमा उच्च गिरावट आएपछी नाडाले अटोमोवाइल क्षेत्रको खराव बर्षभएको नाडाले घोषणा गरेको छ । "यस्तो अवस्था हाल सम्म महिले देखेको थिइन," ज्योतीले भने । सबै मोटरसाइकल बिक्रेताहरुले बिक्रीमा ल्याएका मोटरसाइकलहरु स्टकमा रहेको नाडाका अध्यक्ष ज्यातीले बताए । "हामीले बिक्री गर्दे आएको होन्डा र हिरो होन्डा पनि झन्डै १२ हजार को हाराहारीमा स्टक रहेको छ," ज्योतीले भने । यस बर्षमोटरसाइकल क्षेत्रबाट मात्र १ अर्व राजस्व सरकारले गुमाउने प्रायः निश्चित भएको उनले जानकारी दिए । सरकारले हरेक बर्षमोटरसाइकल क्षेत्रबाट मात्र ७ देखि ८ अर्व रुपयाँ सम्म राजस्व असुली गर्दे आएको थियो ।
गत मंसिरमा अध्ययादेश मार्फ ल्याइएको बजेटमा मोटरसाइकलमा लाग्ने करमा बृद्धि भएपश्चात उच्चदरमा बिक्रीमा गिरावट आईरहेको छ । उक्त बजेटले चालु आर्थिक बर्षर गएको आर्थिक बर्षको ९ महिनामा बिक्री भएको मोटरसाइलको संख्यामा समेत गम्भीर असर पारेको छ । जसमा गएको बर्षो साउन महिना देखी चैत मसान्त सम्म र चालु आर्थिक बर्षो साउन महिना देखी चैत मसान्त सम्ममा मोटरसाइकल बिक्रीमा ३५ प्रतिशतले कमी आएको छ ।
गत बर्षो ९ महिनाको अवधिमा श्रम तथा यातायत मन्त्रालय अर्न्तरगत रहेको यातायत व्यवस्था बिभाग कार्यलयको मोटरसाइकल दर्ता शाखाको तथ्यांकमा ६९ हजार ३ सय ८९ वटा मोटरसाइकल दर्ता भएको थियो । जुन चालु बर्षो ९ महिनामा घटेर ४५ हजार २२ वटा मात्र दर्ता भएको छ । जुन अघिल्लो बर्षभन्दा २४ हजार ३ सय ३७ वटाले कमी हो ।
हाल मोटसाइकल बिक्रीमा गिरावट आउनुको प्रमुख कारण भने सरकारले मोटसाइकललाई १२५ सिसी क्षमता सम्मका मोटरसाइकल र १२५ सिसी भन्दा माथी क्षमताको मोटरसाइकलले छुट्टा छुट्टै रुपमा बर्गिकरण गरेर सडक दस्तुर तिर्नु पर्ने गरी सडक सवारीकरमा बृद्धि गरेपछी सबैभन्दा ठुलो असर परेको नाडाले बताउँदै आएको छ ।
हाल सरकारले १२५ सिसी क्षमता सम्मको मोटरसाइकलको सवारी दस्तुर १ हजार ८ सय रुपयाँ बाट २ हजार रुपयाँ पुर्‍याएको छ । त्यस्तैगरी १२५ सिसी क्षमता देखि माथीको मोटसाइकललाई ३ हजार ५ सय रुपयाँ पुर्‍याएको छ । यस बर्षो बजेट भन्दा अगाडी मोटरसाइकलमा १५० सिसी क्षमता सम्मको मोटसाइकलमा १ हजार ८ सय र १५० सिसी क्षमता भन्दा माथी रहेको मोटरसाइकलले सडक दस्तुर तिर्नु पर्ने रकम ३ हजार रुपयाँ मात्र रहेको थियो ।
चालु आर्थिक बर्ष२०६७/६८ को दोस्रो चौमासिक सम्म जम्मा ८५ हजार ६ सय ५५ सावारी साधन आयत भएका छन । अघिल्लो बर्षजम्मा १ लाख ६८ हजार ७ सय ७ वटा मोटरासाइकल आयत भएका थिए ।
गत आ ब र चालु आ ब को ९ महिना सम्मको मोटरसाइकल दर्ता संख्याः
महिना आर्थिक बर्ष२०६६/६७ चालु आर्थिक बर्ष२०६७/६८
साउन ५,८८३ ५,४२०
भदौ ६,५३९ ७,११२
असोज ६,०९७ ५,०४४
कात्तिक ४,८९८ ४,५०७
मंसिर ७,४१० ५,८४२
पुस ६,७३४ ४,६१९
माघ ६,५३४ ३,८३९
फागुन ३,९९९ ५,७८८
चैत ५,४४७ २,८५१
जम्म्ाा ६९,३५९ ४५,०२२