काठमाडौं, ५ माघ – नेपाल वायुसेवा निगम व्यवस्थापनले २६० सिट
क्षमताको एयरबस ३३०–२०० वाइड बडी जहाज खरिदका लागि रकम जोहो गर्न सोमबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा विस्तृत प्रस्ताव पठाएको छ
। अर्थ मन्त्रालयसँगको अनौपचारिक छलफलमा सकारात्मक जवाफ पाएपछि उत्साहित
भएर निगमले प्रस्ताव तयार गरेको हो ।
निगमको जहाज खरिद अध्ययन समितिले तयार पारेको प्रस्ताव निगम सञ्चालक समितिले सर्वसम्मत पारित गरेपछि सोमबार पर्यटन मन्त्रालय पठाइएको हो । पर्यटनले ऋण जोहो गरिदिन अर्थलाई प्रस्ताव पठाउने अध्ययन समिति संयोजक तथा निगम प्रवक्ता रामहरि शर्माले बताए । अन्तर्राष्ट्रिय उडानका लागि खरिद गर्न लागिएका २ वाइड बडीलाई २६ अर्ब रुपैयाँ जोहो गर्नुपर्ने प्रस्ताव गरिएको जानकारी उनले दिए ।
गत वर्ष खरिद गरिएका २ न्यारो बडी (एयरबस ३२०–२००) र किन्न लागिएको ३३० सिरिज एउटै भएकाले निगमका लागि उपयुक्त भएको दाबी शर्माले गरे । “निगमजस्तो सानो संस्थामा धेरै कम्पनीका जहाज ल्याउनुभन्दा एकै किसिमका जहाज ल्याउँदा सस्तो पर्नुका साथै व्यवस्थापनमा समेत सहज हुन्छ,” उनले भने ।
हाल निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि बोइङ–७५७ का २ र एयरबस–३२० का २ न्यारो बडी छन् । आन्तरिक उडानका लागि ट्विनअटर जहाजका साथै गत वर्ष चीन सरकारले अनुदानमा दिएका एमए–६० र वाई–१२ छन् । एयरबस–३२० का लागि निगमले कर्मचारी सञ्चय कोषसँग साढे ११ प्रतिशत ब्याजदरमा १० अर्ब रुपैयाँ ऋण लिएको थियो ।

योजनाअनुसार काम भए अर्कोवर्ष एउटा वाइड बडी
प्रस्तावअनुसार काम–कारबाही अघि बढे अर्को वर्ष यति नै बेला निगमले पहिलो वाइड बडी जहाज भिœयाउनेछ । सोमबार पठाइएको विस्तृत प्रस्ताव १ महिनाभित्र मन्त्रिपरिषद्ले पारित गरे निगमले सन् २०१४ यता उत्पादन भएका ३३०–२०० सिरिजका लागि एयरबससँग कोटेसन माग्नेछ ।
सन् २०१५ मा एयरबसले २७ थान एयरबस ३३०–२०० उत्पादन गरेको छ । २०१४ मा पनि लगभग त्यत्ति नै उत्पादन गरेको थियो ।
वाइड बडी जहाज खरिद प्रक्रिया अघि बढेपछि निगमले थप २ न्यारो बडी खरिद प्रक्रिया अगाडि बढाउनेछ ।

हाल संचालनमा रहेको दूइवटा बोइङ्ग र एर्बुस बुज़िनेस प्लान अनुसार ऋण र ब्याज तिर्न सक्ने गरि १४ घण्टा संचालनमा आयको छ छैन ? रिपोर्टमा सो कुरा लेखेको छ छैन ?
ReplyDelete