प्रस्तुति: केदार दाहाल
काठमाडौं, २ भदौ -लाङटाङ क्षेत्रमा भ्रमणमा जाने पर्यटकले गाइडलैजानुपर्ने अनिवार्य व्यवस्था पर्यटकलाई महँगो पर्ने भएको छ । लाङटाङ क्षेत्रमा पर्यटक पदयात्रामा जान आउदो सेप्टेम्बर महिनादेखि अनिवार्य गाइड लैजानुपर्ने भएपछि पर्यटक दोहोरो मारमा पर्ने भएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सेप्टेम्बर महिनादेखि लागू हुने गरी अनिवार्य गाइडको व्यवस्था गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएको छ । बोर्डले मन्त्रालयको सो निर्देशन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मार्फत सम्पूर्ण व्यवसायीहरूलाई सर्कुलरसमेत गरिसकेको छ । लाङटाङ क्षेत्रमा पर्यटक हराउने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले गृह मन्त्रालयलाई पत्र लेखी अनिवार्य गाइडको व्यवस्था गराउन माग गरेको थियो । सोही मागका आधारमा गृह मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई रसुवा क्षेत्रमा अनिवार्य गाइडको व्यवस्था गर्न गराउन परिपत्र गरेको थियो । गृहको परिपत्र अनुसार पर्यटन मन्त्रालयले अनिवार्य गाइडको व्यवस्था गरेको हो ।
लाङटाङ क्षेत्रमा पर्यटकहरू जाँदा गाइड वा मजदुरलाई खर्च गर्नुपर्ने भएपछि थोरै रकम वा अध्ययनको क्रममा नेपाल आउने पर्यटकलाई अफ्ठेरो पर्ने भन्दै मन्त्रालय र बोर्डका केही अधिकारीहरू असन्तुष्ट भएका छन् । विगत लामो समयदेखि सम्पूर्ण क्षेत्रमा अनिवार्य गाइडको व्यवस्था हुनुपर्छ भनेर लविङ गर्दै आएका ट्रेकिङ व्यवसायीहरूले भने राम्रो कदम भन्दै स्वागत गरेका छन् ।
पर्यटन मन्त्रालय र बोर्डका अधिकारीहरू भने पर्यटकले स्वतन्त्र घुम्न पाउने (एफआईटी) नीतिविपरीत यो निर्देशन भएको भन्दै रुस्ट बनेका छन् । व्यवसायीहरूले गाइडको व्यवस्था गर्दा सम्पूर्ण व्यवसायी माताहत पर्यटक स्वतहः आउने भएकाले देशभर यस्तो व्यवस्था लागू गर्नपर्नेमा छन् ।
“हामी धेरै पहिलेदेखि गाइडको व्यवस्था अनिवार्य गर्नुपर्छ भन्ने पक्षमा उभिएको थियौँ ढिलै भए पनि यस्तो व्यवस्था सुरु हुनु सकारात्मक छ,” टानका महासचिव मोहन लम्सालले भने, “लाङटाङ क्षेत्रमा धेरै पर्यटकहरू हराउने गरेकाले अनिवार्य गाइडको व्यवस्थाले उक्त समस्या हट्नेछ ।” व्यवसायीहरू यतिबेला लाङटाङ क्षेत्रसँगै अन्य क्षेत्रमा पनि अनिवार्य गाइडको व्यवस्था गर्न पर्यटन मन्त्रालयमा माग गरिरहेका छन् । अनिवार्य गाइडको व्यवस्था गर्दा नक्कली व्यवसायीहरू पलायन हुने भएकाले पनि यस्तो व्यवस्था देशभर लागू गर्नुपर्ने पक्षमा आफूहरू उभिएको लम्सालको भनाइ छ ।
लाङटाङ क्षेत्रमा बेला बेलामा पर्यटकहरू हराइरहेकाले मन्त्रालयले उक्त निर्णय गरेको बोर्डका प्रवक्ता आदित्य बरालको भनाइ छ । “हामीले मन्त्रालयले गरेको परिपत्रलाई टानमा पठाइदिएका हौं,” बरालले भने ।
।
व्यवसायी गलत प्रचारमा
मन्त्रालयले लाङटाङ क्षेत्रमा घुम्न जानका लागि अनिवार्य नेपालीको व्यवस्था गरेको भए पनि व्यवसायीहरू भने गलत प्रचारमा लागेका छन् । ट्रेकिङ व्यवसायीहरूले एफआईटी सिष्टम नै खारेज भइसकेको तथा सम्पूर्ण ठाउँमा घुम्नका लागि अनिवार्य गाइड र व्यवसायी माताहत मात्र घुम्न पाउने व्यवस्था सुरु भएको भन्दै गलत प्रचारमा लागेका छन् । अहिले ट्रेकिङ व्यवसायीहरूले आफ्नो वेबसाइट तथा इमेलमार्फत पर्यटकलाई त्यस्तो जानकारी गराइरहेका छन् ।
नेपालमा १३ वर्ष अगाडिदेखि एफआईटी सिष्टम लागू भएको थियो । जुन नीतिअनुसार पर्यटकहरू एक्लै घुम्न पाउने व्यवस्था छ । नेपालमा घुम्न आउने पर्यटकको झन्डै ३५ प्रतिशतभन्दा बढी एफआईटी सिष्टमअन्तर्गत नेपाल भ्रमण गर्छन् । एउटा गाइड, मजदुर वा व्यवसायीभन्दा बाहिरको लाइसेन्स प्राप्त गाइड जो भए पनि एक जना लिएर लाङटाङ क्षेत्रमा जानुपर्ने व्यवस्था गरेको बरालले जानकारी दिए ।

No comments:
Post a Comment