प्रस्तुति: केदार दाहाल
काठमाडौं, ५ भदौ -अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि दबाब स्वरूप बिहीबार पोखरा उडान भर्ने सम्पूर्ण उडान रद्द हुने भएका छन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न माग गर्दै आन्दोलनमा उत्रिएका पोखराका व्यवसायी तथा सरोकारवाला निकायले बिहीबार सम्पूर्ण पोखरा उडान रद्द गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् । बिहीबार संकेतिक रूपमा मात्र उडान रद्दको कार्यक्रम सार्वजनिक गरेको उल्लेख गर्दै भदौ १७ गतेदेखि अनिश्चितकालका लागि उडान रद्द गराउने आन्दोलनरत निकायहरूले चेतावनीसमेत दिएका छन् ।
पोखरामा विभिन्न एयरलाइन्स कम्पनीहरूले दैनिक २० देखि २५ सम्म उडान भर्दै आएका छन् । पोखरा विमास्थलबाट दैनिक काठमाडौंदेखि पोखरा तथा पोखरादेखि जोमसोम क्षेत्रमा उडान भर्दै आएका छन् । यती, बुद्ध, गुण, अग्नि, तारा तथा नेपाल एयर लाइन्सले दैनिक उडान भर्दै आएका छन् ।
मंगलबार पोखरालाई प्रतिनिधित्व गर्ने व्यावसायिक संघसंस्थाको अगुवाइमा सिंहदरबारमा राखिएको धर्ना कार्यक्रममा उनीहरूले त्यस्तो चेतावनी दिएका हुन् ।
पश्चिमाञ्चल उद्योग वाणिज्य महासंघको अगुवाइमा आएको प्रतिनिधिहरूको समूहले संस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्रालयलाई तत्काल निर्माण कार्य सुरु गर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन् । ज्ञापनपत्रमा कुनै पनि बहानामा विमानस्थल कार्य निर्माण रोक्न नहुने र तत्काल निर्माण कार्य सुचारु गर्न माग गरिएको छ ।
व्यवसायीहरूले ज्ञापनपत्र बुझाउँदै कर्मचारी र टेन्डरको बहानामा विमानस्थल निर्माण कार्य सुरु नगरे पोखरालगायत सम्पूर्ण पश्चिमाञ्चल विकास क्षेत्र नै ठप्प पार्ने बताएका छन् ।
“कमिसनको खेलमा लागेर हाल आएर विभिन्न बहानबाजी गरिएको छ, त्यो हामीलाई मान्य छैन,” गाउँ पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष बोधराज भण्डारीले भने ।
विमानस्थल निर्माण हुनुपर्ने पक्षमा पश्चिमाञ्चलका सम्पूर्ण पर्यटन व्यवसायी, राजनीतिक दलहरूलगायत सम्पूर्ण स्थानीयहरूसमेत एकमत रहेकाले स्थानीयको आकांक्ष बेगर सरकार र सरकारका प्रतिनिधि बाहिर जान नमिल्ने भण्डारीको तर्क छ ।
विमास्थल निर्माणको कार्य सुरु हुने अन्तिम समयमा आएर कर्मचारीको कारण देखाउँदै निर्माण कार्य रोकिएको थियो । नागरिक उडड्यान प्राधिकरणले टेन्डर विवाद देखाउँदै निर्माण कार्य गर्न रोक लगाएको थियो । निर्माण कार्य सुरु नभए पछी पोखरामा अन्दोलन गर्दै आएका आन्दोलनरत व्यवसायी तथा सरोकारवलाहरू मंगलबार काठमाडौंको सिंहदरबार धर्नामा आएका हुन् ।
पोखरादेखि काठमाडौं आएका ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पोखरा च्याप्टर, नेपाल एसोसिएसन फर टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को पोखरा च्याप्टर, पर्यटन काउन्सिल पोखरा, पश्चिमाञ्चल होटल संघ, लेखनाथ उद्योग वाणिज्य संघका प्रतिनिधि तथा पोखराबाट काठमाडौंमा व्यवसाय गरिरहेका व्यवसायीहरूले मंगलबार दिनभर सिंहदरबार परिसरमा धर्ना दिएका थिए । धर्ना कार्यक्रममा पोखरा क्षेत्रबाट काठमाडौंमा व्यवसाय गरी बसेका व्यवसायीहरूको समेत बाक्लो उपस्थिति थियो ।

No comments:
Post a Comment