Tuesday, January 17, 2012
निकुञ्जभित्रका होटल हटाउन सहमति
काठमाडौं, २७ पुस
चितवन राष्ट्रिय निकुञ्जभित्रका होटलहरू यसै आर्थिक वर्षको अन्त्यसम्ममा हटाइने भएका छन् । नेपाल पर्यटन वर्षभरिका लागि सञ्चालन गर्न दिने पूर्वसहमति भए पनि व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिलाई छलेर संसद्कै अर्को समितिले असार मसान्तसम्मको म्याद थप गरेको खुलेको हो ।
व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समिति र प्राकृतिक स्रोत समितिबीच निकुञ्जभित्रका होटल सञ्चालनका विषयमा दुई वर्ष पहिलेदेखि नै विवाद थियो । प्राकृतिक स्रोत समितिले होटल खोल्ने सम्झौता गरेपछि लेखा समितिले विरोध गर्दै आएकोे छ । तत्कालीन मन्त्रिपरिषद्ले पर्यटन वर्ष–२०११ को अवधिभरका लागि निकुञ्जभित्रका होटलहरू सञ्चालन गर्न दिने निर्णय गरेपछि यो विवाद केही मत्थर भएको थियो । पर्यटन वर्ष–२०११ भरिका लागि मात्र होटल सञ्चालन गर्न दिइने सहमति भए पनि हाल प्राविधिक कारण देखाई पुनः चालू आर्थिक वर्षभित्र पूर्णरूपमा खाली गराउन अर्को सहमति भएको हो ।
निकुञ्जभित्रको होटल हटाउन धेरै पहिलेदेखि निर्देशन भए पनि पर्यटन वर्ष–२०११ भरिका लागि मात्र सञ्चालन गर्न दिइएको व्यवस्थापिका ससंद्को सार्वजनिक लेखा समितिका सभापति रामकृष्ण यादव बताउँछन् । अहिले समय थपका बारेमा आफूहरूलाई केही थाहा नभएको यादवले बताए । पर्यटन वर्ष समाप्त भइसकेकाले समितिको निर्देशन कार्यान्वयन गराउन प्रयास गरिने यादवले जानकारी दिए ।
निकुञ्जभित्रको होटललाई ०६६ सालमा नै मन्त्रिपरिषद्ले हटाउने निर्णय गरे पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । निकुञ्जभित्र हाल करोडौं लगानीका पाँचवटा होटल सञ्चालनमा छन् । तत्कालीन सरकारले निकुञ्जभित्र सञ्चालित होटलका कारण जंगली जनावर हराउन थालेको, होटल सञ्चालकहरूकै मिलोमतोमा पशु तस्करीले प्रश्रय पाएको भन्दै सम्पूर्ण होटल हटाउने निर्णय गरेपछि उक्त विषय विवादित बन्दै आएको हो ।
सरकारले पटक–पटक हटाउन निर्देशन दिँदै आए पनि व्यवसायीहरूले भने आफ्नो लगानीको उचित व्यवस्थापन हुनुपर्ने भनेपछि हालसम्म उक्त निर्णय कार्यान्वयन तहमा पुग्न सकेको छैन । पछिल्लो समयमा व्यवसायीहरू होटल हटाउन सहमत भए पनि निकुञ्जको मध्यवर्ती क्षेत्रमा होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।
पर्यटन वर्ष–२०११ भरिका लागि निकुञ्जभित्रका होटलहरू सञ्चालन गर्न दिइने सहमति भए पनि व्यवसायीहरूले पूर्णरूपमा हटाउन थप समयको माग गरेका थिए । व्यवसायीको मागपछि असार मसान्तसम्म पूर्णरूपमा हटाउने गरी अर्को सहमति गरिएको व्यवस्थापिका संसद्को प्राकृतिक स्रोत साधन समितिका सचिव रामशरण घिमिरेले जानकारी दिए । “निकुञ्जभित्र सञ्चालित सातवटा होटलमध्ये दुइटाले नवीकरण नगरेको र बाँकी पाँचवटा पनि असार मसान्तभित्र हटिसक्ने छन्,” घिमिरेले भने । यसअघि पटक पटकको निर्णय दबाबका कारण कार्यान्वयन नभएको उल्लेख गर्दै अब कुनै पनि दबाबलाई नस्वीकार्ने घिमिरेको तर्क छ । “होटलहरूको कारण नै त्यहाँ बढी तस्करी भएको हाम्रो अनुगमनले देखाएकाले होटलहरू जसरी पनि बन्द गराउने छौं,” उनले भने ।
चालू आर्थिक वर्षभित्र होटलहरू पूर्णरूपमा हटाउने गरी सहमति भएको प्राकृतिक स्रोत साधन अध्ययन समितिका संयोजक नारायण दाहालको भनाइ छ ।
मध्यवर्ती क्षेत्रभित्र होटल सञ्चालन गर्न पाउनुपर्छ
सरकारले निकुञ्जभित्र होटल सञ्चालन गर्न नदिने भएपछि मध्यवर्ती क्षेत्रभित्र भने होटल सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीले माग गरेका छन् । सरकारले गत ०६६ सालमा होटल हटाउने निर्णय गरेपछि आफ्नो होटल बन्द रहेको गैंडा वाइल्ड लाइफ क्याम्पका सञ्चालक भरत बस्नेतले जानकारी दिए । “सरकारले निकुञ्जभित्रको मात्र हटाउने भनेकाले मध्यवर्ती क्षेत्रभित्र भने चलाउन पाउनुपर्छ,” बस्नेतले भने ।
हाल निकुञ्जभित्र टाइगर टप, टेम्पल टाइगर, आइलेन जंगल रिसोर्ट, चितवन जंगल लज र मचान वाइल्ड लाइफ क्याम्प सञ्चालनमा छन् ।
Thursday, January 5, 2012
पर्यटन बोर्ड सदस्य नियुक्ति विवादमा
केदार दाहाल
काठमाडौं, २० पुस
पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र बिष्ट मगरले माओवादी निकट पर्यटन व्यवसायीहरूलाई पर्यटन बोर्ड सदस्यमा नियुक्तिका लागि दबाब दिएको भन्दै विवाद चर्किएको छ ।
नेपाल पर्यटन बोर्डको सदस्यबाट समयावधि नसकिँदै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीको दबाबमा हटाएको भन्दै बोर्डका बहालवाला सदस्यहरू ध्रुवनारायण श्रेष्ठ र रेवतबहादुर थापा न्यायका लागि सर्वोच्च अदालत जाने बताएपछि नियुक्ति विवाद चर्किएको हो । मन्त्रालयले मंगलबार नियुक्त बोर्ड सदस्यहरूमा लाङटाङ रि टे«किङका प्रबन्ध निर्देशक पम्फा धमला, हिमालयन शेर्पा एड्भेन्चरका प्रबन्ध निर्देशक, फुर्वा ग्याल्जेन शेर्पा, नाङलो रेस्टुरेन्टका सञ्चालक श्यामसुन्दर कक्षपति, पोखरा पर्यटन परिषद्का अध्यक्ष टीकाराम सापकोटा र राईका टुर्स एन्ड ट्राभल्सका प्रबन्ध निर्देशक अमरबहादुर शाही छन् ।
सहसचिव रन्जनकृष्ण अर्याल संयोजक रहेको बोर्ड सदस्य छनोट समितिले सदस्य छनौटका लागि सिफारिस गरेको थियो । बोर्ड सदस्य ध्रुवनारायण श्रेष्ठ र रेवतबहादुर थापाको समयावधि दुई वर्ष बाँकी छँदै उनीहरूलाई अवकाश दिइएको हो । यसअघि तत्कालीन पर्यटनमन्त्री शरतसिंह भण्डारीले गणेश सिम्खडासहित दुई सदस्यलाई हटाए पनि अदालतले उनीहरूलाई पुनर्वहाली गरेको थियो ।
“हामीसँग मन्त्रालयले एक पटक पनि सोधेको छैन, चिठी पनि पठाएको छैन खाली पत्रिकामा मात्र पाँच जना नयाँ बोर्ड सदस्य आए भन्ने कुरा सुनिएको छ,” बोर्ड सदस्य ध्रुवनारायण श्रेष्ठले कारोबारसँग भने, “हामीलाई यो मान्य छैन, अब हामी न्यायका लागि सर्वोच्च जान्छौं,” श्रेष्ठले भने । ध्रुवनारायण श्रेष्ठ र रेवतबहादुर थापा गत २०६७ पुस २ गते बोर्ड सदस्यमा नियुक्त भएका थिए । पाँच सदस्यमध्ये मंसिर १५ देखि गणेश सिम्खडा, डिमी शेर्पा र अग्नि कँडेलको समयावधि सकिएको थियो । तीनजना बोर्ड सदस्यको समयावधि सकिए पनि मन्त्रालयले बोर्ड सदस्य छनोट समितिमार्फत समयावधि बाँकी रहेका दुई सदस्यलाई हटाउँदै पाँच जनालाई मन्त्रालयले नियुक्त गरेको थियो ।
हाम्रो समयवधि अझै दुई वर्ष पूरा रहेको अवस्थामा थाहानै नदिइ हटाउनु मन्त्रालयको गैरजिम्मेवार कदम भएको श्रेष्ठको भनाइ छ । “न्यायका लागि सर्वोच्च अदालतको ढोका ढकढकाउनुको कुनै विकल्प छैन,” श्रेष्ठले भने । यसअघि सीईओ छनोट प्रक्रिया चलिरहेकै अवस्थामा छनोट समिति सदस्यबाट श्रेष्ठलाई हटाइएको थियो ।
पर्यटन बोर्ड सदस्य नियुक्ति विवादमा
केदार दाहाल
काठमाडौं, २० पुस
पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र बिष्ट मगरले माओवादी निकट पर्यटन व्यवसायीहरूलाई पर्यटन बोर्ड सदस्यमा नियुक्तिका लागि दबाब दिएको भन्दै विवाद चर्किएको छ ।
नेपाल पर्यटन बोर्डको सदस्यबाट समयावधि नसकिँदै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीको दबाबमा हटाएको भन्दै बोर्डका बहालवाला सदस्यहरू ध्रुवनारायण श्रेष्ठ र रेवतबहादुर थापा न्यायका लागि सर्वोच्च अदालत जाने बताएपछि नियुक्ति विवाद चर्किएको हो । मन्त्रालयले मंगलबार नियुक्त बोर्ड सदस्यहरूमा लाङटाङ रि टे«किङका प्रबन्ध निर्देशक पम्फा धमला, हिमालयन शेर्पा एड्भेन्चरका प्रबन्ध निर्देशक, फुर्वा ग्याल्जेन शेर्पा, नाङलो रेस्टुरेन्टका सञ्चालक श्यामसुन्दर कक्षपति, पोखरा पर्यटन परिषद्का अध्यक्ष टीकाराम सापकोटा र राईका टुर्स एन्ड ट्राभल्सका प्रबन्ध निर्देशक अमरबहादुर शाही छन् ।
सहसचिव रन्जनकृष्ण अर्याल संयोजक रहेको बोर्ड सदस्य छनोट समितिले सदस्य छनौटका लागि सिफारिस गरेको थियो । बोर्ड सदस्य ध्रुवनारायण श्रेष्ठ र रेवतबहादुर थापाको समयावधि दुई वर्ष बाँकी छँदै उनीहरूलाई अवकाश दिइएको हो । यसअघि तत्कालीन पर्यटनमन्त्री शरतसिंह भण्डारीले गणेश सिम्खडासहित दुई सदस्यलाई हटाए पनि अदालतले उनीहरूलाई पुनर्वहाली गरेको थियो ।
“हामीसँग मन्त्रालयले एक पटक पनि सोधेको छैन, चिठी पनि पठाएको छैन खाली पत्रिकामा मात्र पाँच जना नयाँ बोर्ड सदस्य आए भन्ने कुरा सुनिएको छ,” बोर्ड सदस्य ध्रुवनारायण श्रेष्ठले कारोबारसँग भने, “हामीलाई यो मान्य छैन, अब हामी न्यायका लागि सर्वोच्च जान्छौं,” श्रेष्ठले भने । ध्रुवनारायण श्रेष्ठ र रेवतबहादुर थापा गत २०६७ पुस २ गते बोर्ड सदस्यमा नियुक्त भएका थिए । पाँच सदस्यमध्ये मंसिर १५ देखि गणेश सिम्खडा, डिमी शेर्पा र अग्नि कँडेलको समयावधि सकिएको थियो । तीनजना बोर्ड सदस्यको समयावधि सकिए पनि मन्त्रालयले बोर्ड सदस्य छनोट समितिमार्फत समयावधि बाँकी रहेका दुई सदस्यलाई हटाउँदै पाँच जनालाई मन्त्रालयले नियुक्त गरेको थियो ।
हाम्रो समयवधि अझै दुई वर्ष पूरा रहेको अवस्थामा थाहानै नदिइ हटाउनु मन्त्रालयको गैरजिम्मेवार कदम भएको श्रेष्ठको भनाइ छ । “न्यायका लागि सर्वोच्च अदालतको ढोका ढकढकाउनुको कुनै विकल्प छैन,” श्रेष्ठले भने । यसअघि सीईओ छनोट प्रक्रिया चलिरहेकै अवस्थामा छनोट समिति सदस्यबाट श्रेष्ठलाई हटाइएको थियो ।
Tuesday, January 3, 2012
सवारी साधन बिक्रीमा उच्च गिरावट
केदार दाहाल
काठमाडौं, १८ पुस
चालू आर्थिक वर्षको मंसिर महिनामा सवारी साधन बिक्रीमा उच्चदरमा गिरावट आएको छ । आर्थिक वर्ष २०६७÷६८ को पुस महिनादेखि ओरालो लागेको अटोबजार चालू आर्थिक वर्षको असोज महिनामा केही उकालो लागे पनि मंसिरसम्म आइपुग्दा उच्च गिरावट देखिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
चालू वर्षको मंसिर महिनामा गत वर्षको मंसिर महिनामा भन्दा गाडीतर्फ २७ प्रतिशतले गिरावट आएको छ । त्यस्तै मोटरसाइकलतर्फ ३५ प्रतिशतले गिरावट आएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
गत वर्षको मंसिर महिनासम्म मोटरसाइकलतर्फ ७ हजार ४ सय १० थान विभागमा दर्ता भएकामा चालू वर्षको यही अवधिमा उक्त संख्यामा ३५ प्रतिशत गिरावट हँुदै ३ हजार ८ सय २ थान मात्र दर्ता भएको छ । त्यस्तैगरी गाडीतर्फ गत वर्षको मंसिर महिनासम्म ९ सय ७१ थान दर्ता भएकामा चालू वर्षको यही अवधिमा २७ प्रतिशतले गिरावट हँुदै ७ सय १६ थान विभागमा दर्ता भएको छ ।
मोटरसाइकलतर्फ गत आर्थिक वर्ष ०६७/६८ को पाँच महिनाको तुलनामा चालू आर्थिक वर्षको पाँच महिनामा २२ प्रतिशतले बिक्रीमा गिरावट आएको छ । मोटरसाइकलतर्फ गत वर्षको पाँच महिनामा २७ हजार ९ सय २५ थान दर्ता भएकोमा चालू वर्षको यही अवधिमा २१ हजार ७ सय ७२ थान मात्र विभागमा दर्ता भएको छ ।
गाडीतर्फ गत वर्षको पाँच महिनामा ५ हजार १ सय ८२ सवारी दर्ता भएकामा चालू वर्षको यही अवधिमा ३ हजार ६ सय ८८ सवारी दर्ता भएका छन् । जुन संख्या २९ प्रतिशतले गिरावट हो ।
नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) का उपाध्यक्ष शेखर गोल्छाका अनुसार गत आर्थिक वर्षको पुस महिनादेखि ओरालो लागेको बजारमाथि उठ्न सकेको छैन । अटो शो २०११ तथा दसंै अफरको प्रभावले असोज महिनामा केही गति लिएको अटोबजारले मंसिरमा गति लिन नसकेको गोल्छाले जानकारी दिए ।
चालू आर्थिक वर्षको बजेटमा ५० लाख रुपैयाँसम्मको कारोबार बैंकबाट गर्न नपर्ने भनिए पनि त्यसको प्रभाव हालसम्म अटो क्षेत्रमा पर्न सकेको छैन । अहिले सबै प्रकारका सवारी साधनको बिक्रीदरमा गिरावट आएको डिलरहरू बताउँछन् ।
अमेरिकी डलरको मूल्य बढेबाट भारतीय सवारी साधनमा परेको प्रभाव हालसम्म नेपाली बजारमा नदेखिए पनि अब छिट्टै प्रभाव देखिने गोल्छाले जानकारी दिए । गोल्छाका अनुसार नेपालमा आउने गाडीतर्फ ६० प्रतिशत र मोटरसाइकलतर्फ ९५ प्रतिशत भारतीय सवारीसाधन भएकाले डलरको प्रभाव नपरिसकेको हो । “नेपालमा अहिले अटो क्षेत्रमात्र नभएर सम्पूर्ण अर्थतन्त्रनै धराशायी हुने अवस्थामा आएको छ,” गोल्छाले भने ।
सरकारले गत मंसिरमा मोटरसाइकलमा विभिन्न शीर्षकमा लाग्ने करको दस्तुर ८० प्रतिशत तथा गाडीमा २३८ प्रतिशत पु¥याएपछि नेपालको अटो बजार ओरालो लाग्दै आएको छ ।
आर्थिक वर्ष २०६६/६७ देखि चालू आर्थिक वर्षको पाँच महिनामा मोटरसाइकल दर्ता संख्याः
महिना २०६६/६७ २०६७/६८ २०६८/६९
साउन ५८८३ ५४२० ४६३८
भदौ ६५३९ ७११२ ३५९४
असोज ६०९७ ५०४४ ५४०२
कात्तिक ४८९८ ४५०७ ४१५८
मंसिर ७४१० ५८४२ ३८०२
जम्मा ३०,८२८ २७,९२५ २१,७७२
आर्थिक वर्ष २०६६/६७ देखि चालू आर्थिक वर्षको पाँच महिनामा गाडी दर्ता संख्याः
महिना २०६६/६७ २०६७/६८ २०६८/६९
साउन ८७१ ९४८ ७२८
भदौ ८२९ ९५४ ५११
असोज १०१० १०६२ ९५८
कात्तिक ६८३ १२४७ ७७५
मंसिर १०५६ ९७१ ७१६
जम्मा ४,४४९ ५,१८२ ३,६८८
Monday, January 2, 2012
हवाई पर्यटक साढे ५ लाख
काठमाडौं, १७ पुस
नेपाल पर्यटन वर्ष २०११ मा हवाईमार्ग हुँदै झन्डै साढे ५ लाख पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०११ मा हवाईमार्ग हुँदै नेपाल भिœने पर्यटकको संख्या ५ लाख ४४ हजार ९ सय ८५ पुगेको छ । गत वर्ष (सन् २०१०) मा ४ लाख ४८ हजार ७ सय ६९ पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका थिए । गत वर्षको तुलनामा यो वर्ष हवाई पर्यटक ९६ हजार २ सय १६ जनाले बढेका छन्, । यो वृद्धिदर गत वर्षकोभन्दा २१.४ प्रतिशतले बढी हो । सरकारले सन् २०११ लाई पर्यटन वर्ष घोषणा गरी नेपालमा १० लाख पर्यटक भिœयाउने लक्ष्य सार्वजनिक गरेको थियो ।
पर्यटन वर्षमा स्थलमार्ग हुँदै कति पर्यटक भित्रिए भन्ने एकीकृत तथ्यांक आइसकेको छैन । बोर्डका प्रवक्ता आदित्य बरालको अनुमानमा हवाईमार्ग र स्थलमार्ग हँुदै नेपाल आउने पर्यटकको संख्या ८ लाख पुगेको हुनसक्छ ।
“पर्यटन वर्षको संकेत राम्रो छ र अहिलेकै पूर्वाधारले पनि सन् २०१२ मा हामीहरू १० लाखभन्दा बढी पर्यटक भिœयाउन सक्छौं,” बरालले भने । पछिल्लो समयमा सीएनएन र बीबीसीमा नेपालको पर्यटन बजारबारे भइरहेको प्रचार–प्रसार तथा भारत र चीनमा गर्ने भनिएको प्रचारका कार्यक्रमले गर्दा १० लाख सहजै पुग्ने उनले बताए ।
पर्यटन वर्षमा भएको आगमन वृद्धिले नेपालमा पर्यटनको विकल्प छैन भन्ने प्रस्ट पारेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अर्जुन शर्माले बताए ।
“सरकारले बोलेका र गर्छु भनेका कुरा गरिदिएको भए १० लाखभन्दा बढी पर्यटक यसै वर्ष नेपाल आउने थिए,” शर्माले भने । पर्यटन वर्ष यतिसम्म सफल हुनुमा व्यवसायीको ठूलो भूमिका रहेको शर्माको दाबी छ । नेपालमा यो संख्याले सरकारले चासो तथा तदारूपता देखाउने हो भने केही वर्षमा नै २० लाख पर्यटक नेपाल भिœयाउन सकिने शर्माले दाबी गरे । “वातावरण मिलेमा सन् २०१२ मा नै १० लाख पर्यटक नेपाल आउने छन्,” उनले भने ।
सन् २०११ मा दक्षिण एसियाली मुलुकबाट नेपाल आउने पर्यटकको संख्यामा ३१.२ प्रतिशतले वृद्धि भएको छ । यस क्षेत्रबाट गत वर्ष १ लाख ३० हजार ७ सय ९५ पर्यटक नेपाल भित्रिएकामा सन् २०११ मा यो संख्या बढेर १ लाख ७० हजार १ सय ४५ पुगेको छ । पर्यटन वर्षको अबधिमा पनि अघिल्ला वर्षहरूमा जस्तै सबैभन्दा बढी भारतबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । भारतबाट नेपाल आउने पर्यटकको संख्या गत वर्ष १ लाख ४ हजार ४ सय ७० पर्यटक रहेकामा सन् २०११ मा उक्त संख्या वृद्धि हुँदै १ लाख ४५ हजार ३ सय ३८ पुगेको छ, यो संख्या ३९.१ प्रतिशतले बढी हो ।
सन् २०११ मा एसिया प्रशान्त मुलुकबाट नेपाल आउने पर्यटकको संख्यामा पनि उच्च वृद्धि भएको छ । यस क्षेत्रबाट गत वर्ष ८३ हजार ३ सय ९६ पर्यटक नेपाल आएकामा चालू वर्षमा १ लाख १० हजार २ सय ८० पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका छन् । यो संख्या गत वर्षभन्दा ३२.२ प्रतिशतले बढी हो । यी मुलुकहरूमध्ये चीनबाट नेपाल आउने पर्यटकको संख्या ७७.६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष चीनबाट नेपाल आउने पर्यटकको संख्या २५ हजार ५ सय ५९ पर्यटक नेपाल आएकामा यस वर्ष ४५ हजार ४ सय पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।
पर्यटन वर्षमा युरोपियन मुलुकबाट नेपाल आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । गत वर्षमा १ लाख ३८ हजार ७ सय २४ पर्यटक नेपाल आएकामा सन् २०११ मा भने १ लाख ५४ हजार २ सय ८७ पर्यटक नेपाल आएका छन् । जुन गत वर्षभन्दा ११.२ प्रतिशतले बढी हो । सन् २०११ मा इजरायलबाट नेपाल आउने पर्यटक संख्यामा वृद्धि भएको छ । गत वर्ष जम्मा ४ हजार ५८ पर्यटक नेपाल आएकामा यस वर्ष ६ हजार ४ सय ७० पर्यटक नेपाल भित्रिएका छन् । जुन गत वर्षभन्दा ५९ प्रतिशतले बढी हो । त्यस्तै गरी अस्ट्रेलिया र न्युजिल्यान्डबाट नेपाल आउने पर्यटकको संख्यामा १२.६ प्रतिशतले बढेको छ । गत वर्ष १६ हजार ६ सय ६० पर्यटक नेपाल आएकामा यस वर्ष भने १८ हजार ७ सय ५४ पर्यटक नेपाल भित्रिएका छन् । त्यसैगरी अमेरिकन मुलुक क्यानाडा र यूएसएबाट नेपाल आउने पर्यटक संख्यामा १३.६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ४२ हजार १ सय ६७ पर्यटक नेपाल आएकामा यस वर्ष ४७ हजार ८ सय ९२ पर्यटक नेपाल आएका छन् ।
बेलहियाबाट १ लाख ३३ हजार
भैरहवाको बेलहिया नाका हँुदै नेपाल पर्यटन वर्ष २०११ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको संख्या १ लाख ३३ हजार २ सय ८६ पुगेको छ । स्थलमार्गको एउटै नाकाबाट नेपाल भ्रमण गर्न आउने तेस्रो मुलुकको पर्यटकहरूको संख्या हालसम्मकै सर्वाधिक रहेको अध्यागमन कार्यालय बेलहियाले जनाएको छ । सन् २०११ को पर्यटक आगमन संख्या सन् २०१० को तुलनामा करिब ३१ प्रतिशत अर्थात् ३१ हजार १ सय ६६ ले बढेको छ । सन् २०१० मा यो नाका हुँदै १ लाख २ हजार १ सय २० पर्यटक नेपाल आएका थिए । ट्राफिक कार्यालयका अनुसार अढाई लाखभन्दा बढी भारतीय पर्यटक स्थलमार्ग हुँदै नेपाल आएको र त्यसमा ७० प्रतिशत धार्मिक पर्यटक छन् ।
बेलहिया हँुदै सबैभन्दा बढी विदेशी पर्यटक आउने मुलुकमा पहिलो नम्बरमा श्रीलंका छ । सन् २०११ मा यो नाकाबाट श्रीलंकाका ६६ हजार १ सय ५३ पर्यटक आएका छन् । गत वर्ष श्रीलंकाबाट स्थलमार्ग हुँदै ४४ हजार ४ सय ९२ पर्यटक आएका थिए । त्यस्तैगरी थाइल्यान्डका करिब २५ हजार, म्यानमारका १६ हजार, दक्षिण कोरियाका ६ हजार १ सयलगायत बाँकी अन्य मुलुकका छन् ।
काँकडभिट्टाबाट घटे
पर्यटन वर्षको अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट ५ हजार ५१ जना पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको तुलानामा ५ सय ८६ ले कम हो । यही नाकाबाट अघिल्लो वर्ष ५ हजार ६ सय ३७ जना पर्यटक नेपाल भित्रिएका थिए । बंगलादेशी पर्यटक भित्रिने क्रम घटेसँगै पूर्वीनाकाको पर्यटकीय चहलपहल घटेको हो । ४ वर्षअघिसम्म बर्सेनि १२ हजार जनाभन्दा बढी बंगलादेशी पर्यटक काँकडभिट्टा नाका हुँदै नेपाल आउने गरेका भए पनि पर्यटन वर्ष २०११ मा जम्मा ४ सय २७ जना नेपाल भित्रिएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ ।
नयाँवर्षमा ठमेलको कारोबार ६ करोड
काठमाडौं, १७ पुस
नयाँवर्षको पूर्वसन्ध्याको अवसरमा ठमेलमा मात्र झन्डै ६ करोड रुपैयाँको कारोबार भएको छ । नयाँवर्षको अवसरमा ठमेलका व्यवसायीले शतप्रतिशत कारोबारमा वृद्धि गर्ने गरेकाले सो रकमबराबर कारोबार भएको ठमेल पर्यटन विकास परिषद्ले दाबी गरेको छ । ठमेलमा अन्य विशेष दिन तथा अवसरमा भन्दा नयाँवर्षको कार्यक्रममा कारोबारमा उच्च वृद्धि हुने गरेको व्यवसायीको भनाइ छ । नयाँवर्षको अवसरमा ठमेलका रेस्टुेरन्ट, डान्स बारहरूमा विदेशीको तुलनामा ८० प्रतिशत नेपाली जाने गरेका छन् ।
नयाँवर्षको अवसरमा ठमेलमा सबै प्रकार सेवा तथा सुविधा पाइने भएकाले त्यसतर्फ नेपाली युवाहरू आकर्षित हुने गरेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले जानकारी दिए । “ठमेलमा नयाँवर्षमा रेस्टुरेन्ट तथा बारहरू ८० प्रतिशत नेपालीले भरिने गरेको छ,” श्रेष्ठले भने । नयाँवर्षको अवसरमा ठमेलमा दुई दिनसम्म बढी चहलपहल हुने गरेको छ । ठमेलमा रेस्टुरेन्ट, डान्स क्लबलगायत झन्डै १ सय ५० भन्दा बढी रेस्टुरेन्ट छन् । नयाँवर्षको अवसरमा बार तथा क्लबहरूमा थोरैमा पनि ४ लाखभन्दा बढीको कारोबार हुने गरेको परिषद्को भनाइ छ । नयाँ वर्षलगायतका अवसरमा ठमेलमा मात्र झन्डै १० करोडभन्दा बढीको कारोबार हुने गरेको व्यवसायीहरूको अनुमान छ ।
नेपाली युवा–युवतीलगायत परिवारिक जमघट ठमेलमा नै गर्ने परम्पराको विकासले पनि नयाँवर्षमा ठमेल बढी मात्रामा तात्ने गरेको उनको भनाइ छ । नयाँवर्ष तथा अन्य अवसरको कार्यक्रममा ठमेल तात्नुले नेपालमा पनि रात्रीकालीन व्यवसाय आवश्यक छ भन्ने कुरा प्रस्ट हुने श्रेष्ठको भनाइ छ ।
अन्य अवसरमा भन्दा नयाँवर्षको अवसरमा कारोबारमा शतप्रतिशत वृद्धि हुने गरेको ठमेलस्थित ब्रसेल्स रेस्टुरेन्ट एन्ड बारका सञ्चालक काजीबाबु श्रेष्ठले बताए । आफ्नो मात्र होइन सबैजसो रेस्टुरेन्ट, डान्सबार तथा क्लबहरूमा कारोबारमा वृद्धि हुने गरेको श्रेष्ठले जानकारी दिए ।
राति १ बजेसम्म खुल्यो ठमेल
क्रिसमसको अवसरमा २ बजेसम्म खोल्न दिने सहमति उल्टाउँदै १२ बजेनै प्रशासनले बन्द गराए पनि नयाँवर्षको पूर्वसन्ध्यामा भने ठमेल १ बजेसम्म खुलेको थियो ।
व्यवसायीले नयाँवर्षमा १ बजेसम्म बजार खोल्न दिने सहमति गराएका थिए । १ बजेसम्मको सहमति भए पनि नयाँवर्षको अवसरमा राति २ बजेसम्म पनि ठमेलमा चहलपहल सकिएको थिएन । “हामीले क्रिसमसमा जस्तो खल्लो नहोस् भनेर पहिलेनै अवगत गराएका थियौं,” श्रेष्ठले भने ।
क्रिसमसको अवसरमा रात्री व्यवसायलाई २ बजेसम्म सञ्चालन गर्न दिइने पूर्वसहमति विपरीत जिल्ला प्रशासन कार्यालय काठमाडौंले १२ बजेनै बन्द गराए पछि ठमेललगायत क्षेत्रमा क्रिसमस इभ कार्यक्रम खल्लो भएको थियो ।
तात्यो ठमेल
नयाँवर्ष २०१२ को पूर्वसन्ध्यामा पूरै ठमेल तातेको थियो । ठमेलमा नयाँवर्षको पूर्वसन्ध्या र पहिलो दिन बढी मात्रामा युवा–युवतीहरू तथा पारिवारिक जमघट हुँदै आएको छ । नेपालीहरू रमाइलो गर्न नयाँवर्षमा बढी मात्रामा ठमेल जाने गरेपछि ग्राहक तान्न व्यवसायीबीच होडनै चलेको थियो ।
खासगरी ठमेलमा सञ्चालनमा रहेका रेस्टुरेन्ट, डान्सबार, डान्स क्लब लगायतहरूले स्पेसल अफर तथा स्पेसल परिकारहरूको बिक्रीमा होड नै चलाएका देखिन्थे । परिषद्ले गएको वर्षदेखि भने सडक महोत्सव नगरे पनि नेपालीहरू ठमेलमा बढीमात्रामा जाने गरेका छन् । ठमेलमा पर्किङको समस्या तथा साँघुरा गल्लीका कारण गत वर्षदेखि नै सडक महोत्सव गर्ने गरिएको छैन ।
Sunday, January 1, 2012
पर्यटक बढे पनि व्यापार १५ प्रतिशत घटेको छ
अध्यक्ष, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)
अध्यक्ष, ठमेल पर्यटन परिषद्
काठमाडौंमा ४ दशक अघिदेखि पर्यटन व्यवसाय गर्दै आएका तेजेन्द्रनाथ श्रेष्ठको परिवारले सन् १९७० देखि नै रेस्टुरेन्ट व्यवसाय सुरु गरेको थियो । पर्यटक आगमनको क्रम बढेपछि पर्यटकीय सामग्रीको होटल (ताहाचल गेस्ट हाउस), आयात निर्यात, कार्पेट, इलेक्ट्रोनिक्सलगायतका व्यवसायहरू सञ्चालन गरिसकेका छन् । बुवाको प्रेरणाले व्यवसायसँगै सामाजिक सेवामा समेत लागेको बताउने श्रेष्ठले हाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन र ठमेल पर्यटन परिषद्को समेत नेतृत्व लिइरहेका छन् । क्रिस्टल सिटीमार्फत हाउजिङ व्यवसायमा पनि संलग्न रहेका श्रेष्ठले रेडन कलेज, थर्ड आइ र यिङ याङ रेस्टुरेन्ट लगायतका व्यवसाय सम्हालिरहेका छन् । प्रस्तुत छ, श्रेष्ठसँग मुलुकको पर्यटन, रेस्टुरेन्ट, हाउजिङ, ठमेल क्षेत्र लगायतका विषयमा कर्पोरेट ब्युरो प्रमुख विपेन्द्र कार्की र संवाददाता केदार दाहालले गरेको कुराकानी ः
अहिले नेपालमा सेवामूलक व्यवसाय गर्न कत्तिको सजिलो छ ?
नेपालमा हालको अवस्थामा व्यवसाय राम्रोसँग सञ्चालन हुन सकिरहेको छैन । अलिकति अगाडि बढ्न खोजेको जस्तो देखिन्छ, फेरि कहिले पूर्व बन्द, कहिले पश्चिम बन्द हुने गरेको छ । एकदिनको बन्दले पनि व्यवसायमा धेरै दिनसम्म असर पारिरहने भएकाले राजनीतिक स्थिरता नहँुदा हाल कुनै पनि क्षेत्रको व्यवसायमा राम्रो र सकारात्मक अवस्था छैन ।
यस वर्ष पर्यटकको संख्या त बढेको छ, यसले व्यवसायमा कस्तो असर परेको छ ?
नेपालमा यस वर्ष पर्यटकको संख्यामा राम्रै वृद्धि भएको छ । संख्याको आधारमा धेरै पर्यटक यस वर्ष नेपाल भित्रिए पनि व्यापारको दृष्टिले समग्रमा हेर्ने हो भने गत वर्षभन्दा १५ प्रतिशतले कमी आएको छ । यस वर्षको व्यापारले के देखाउँछ भने संख्यामात्र बढ्दा व्यापार व्यवसाय राम्रो हुने होइन गुणस्तरलाई पनि ध्यान दिनुपर्ने प्रमाणित भएको छ ।
त्यसो भए नेपालमा अब संख्यात्मक र गुणात्मक पर्यटक आगमनका विषयमा छलफल हुनु आवश्यक छ ?
हो, पहिले पनि हामीहरूले संख्यालाई मात्र ध्यान नदिएर गुणात्मक पर्यटक भिœयाउनमा जोड दिनुपर्छ भन्दै आएका हौं । तर, त्यसका लागि पर्यटनको पूर्वाधार विकासमा जोड दिनुपर्छ । खानेपानीदेखि यावत समस्याहरू छन् । भर्खरै मात्र खानेपानी विभागले होटल याक एन्ड यती तथा मल्ल होटललाई कारबाही गर्ने भनेको छ । केको आधारमा कारबाही गर्ने त्यत्रो कामदारलाई रोजगारी दिइरहेका संस्थालाई ? सरकारलाई हरेक वर्ष करोडौं राजस्व तिर्दै आएको छ । के त्यता तिर ध्यान दिनुपर्दैन ? त्यसैले नेपालमा गुणस्तरको पर्यटक भिœयाउन सम्पूर्ण क्षेत्रको पूर्वाधार विकासमा ध्यान दिनुपर्छ ।
पूर्वाधारकै कुरा गर्दा ठमेलको अवस्था कस्तो छ ?
नेपालमा खासगरी १२ महिनाको कुरा गर्दा सबै समयमा पर्यटक नेपाल भिœयाउन सकेका छैनौं । अक्टोबर एक महिनामा मात्र पर्यटक आउँदा त ठमेलम मानै पर्यटक पुगेको छैन । हामीले १० लाख पर्यटक नेपाल भिœयाउने कुरा गर्दा फेरि एक महिनामा ल्याउने हो भने सम्भव छैन । तर, हरेक महिना केही न केही पर्यटक भिœयाउने हो भने त्यो राम्रो हुन्छ भनेका थियौं । सन् २०११ मा पनि मार्च महिनामा २३ करोड रुपैयाँ छुट्याएर विज्ञापन गर्ने भनेको कुरा हाल आएर थालिएको छ । यसले के प्रभाव पार्छ । यदि ठमेलमा बाह्रै महिना पर्यटक भिœयाउने हो भने धेरै पूर्वाधारको आवश्यकता पर्छ । पूर्वाधार विकास गर्ने कुरामा कहाँदेखि थाल्ने हो, त्यो बारेमा सानो कुरामा पनि ध्यान दिनुपर्छ । कुन मापदन्डमा कुन व्यवसाय खोल्ने भन्ने कुरा अहिलेसम्म कुनै पनि निरीक्षण गर्ने निकाय छैन । रेस्टुरेन्ट खोल्नको कुनै मापदण्ड छैन, जहाँतही खुलेका छन् । के सबै पर्यटक स्तरका छन् त ? त्यसैले सरकारले हरेक क्षेत्रमा मापदण्ड लागू गराउनुप¥यो । ठमेलको पूर्वाधारको कुरा गर्दा सडक व्यापारीहरूमा पनि समस्या छ । उनीहरूलाई हटाउन सकिएको छैन । पर्यटकहरूले सधैं गुनासो त्यही सडक व्यापारीहरूको गर्ने गरेका छन् ।
पछिल्लो समय ठमेल नेपालीको पनि आकर्षणको केन्द्र बनेको छ र बेला–बेलामा विभिन्न झमेलाहरू पनि हुने गरेको छ नि !
यो त ठमेलको मात्र नभएर सम्पूर्ण क्षेत्रको समस्या बनेको छ । महानगरपालिकामा एउटा प्रहरीले २ सय नागरिकलाई हेर्नुपर्नेमा ६ सय लाई हेर्नुपर्ने अवस्था छ । त्यसमा प्रहरीहरू दबाबमा काम गर्नुपर्ने अवस्था छ । अर्को कुरा मनोरन्जनका लागि युवा–युवतीहरूको आकर्षण ठमेलमा बनेको छ । त्यसले पनि समस्या हुँदै गएको छ । हामीले बारहरूमा पनि त्यस्तो हुन नदिन पहल जारी राखेका छौं । क्रिसमसमा पनि त्यस्तै भयो । सुन्धारमा तरबार भेटियो भनेर ठमेल बन्द गराइयो के अब ब्राजिलमा जहाज दुर्घटना भयो भनेर नेपालमा जहाज उडान नभर्ने ? त्यसैले समस्या जहाँतही छ त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने कुरा हो ।
ठमेलको व्यवसाय चल्नुमा नेपाली र विदेशीको योगदान कति–कति छ ?
सिजनमा विदेशी नै हो । बेसिजनमा नेपाली हो तर हाल ठमेलमा धेरै परिर्वतन आइसकेको छ । हामीले परिवारका लागि ठमेल भन्ने नारा राखेको र त्यसको प्रभाव पनि धेरै नै परेको छ । त्यसका लागि स्वदेशीहरू ठमेलको रेस्टुरेन्टमा धेरै न मात्रमा आउने गरेका छन् ।
तपाईं रेबानको अध्यक्ष पनि हुनुहुन्छ, नेपालमा रेस्टुरेन्ट चलाउन कि प्रहरी कि डनहरू चाहिन्छ भनिन्छ नि !
खासमा यो कुरा गलत सोचाइ हो । रेस्टुरेन्टको नाममा अरू व्यवसाय, धन्दा चलाउनेहरूले चलाएको हल्ला मात्र हो । त्यसैले रेस्टुरेन्ट बार एन्ड डान्स भनेर बनाउनु नै गलत हो । कि डान्स क्लब राख्नुप¥यो, दोहोरीसाँझ मात्र राख्नुप¥यो डान्स बारमा मानिस किन जान्छ डान्स गर्न होइन ? दोहोरीसाँझ दोहोरी सुन्न होइन ? नाम अनुसारको काम भएमा त्यस्तो समस्या रहँदैन ।
तपाईंहरू ठमेलमा व्यवस्थित बनाउन पनि त लागिरहनुभएको छ होइन ?
हो, हामीहरूले डान्स बारहरूलाई व्यवस्थित गराउन लागिरहेका छौं । मसाज सेन्टरहरूलाई नीतिअनुसार चलाउन लागिरहेका छौं । हाल डान्स क्लबहरूमा पनि पहिले जस्तो छैन । पहिले संकटकालमा धेरै चलेका र घर गाडीहरू पनि जोड्न सफल भए तर आज त्यस्तो अवस्था छैन । नेपालमा डान्स क्लब, मसाज सेन्टरलगायत सबैलाई व्यवस्थित गर्नुपर्छ । यस्ता कुराहरू निर्मल पार्न सकिँदैन त्यसका लागि व्यवस्थित बनाएर रात्रिकालीन व्यवसायका रूपमा विकास गर्नुपर्छ ।
के नेपालमा रेडलाइट क्षेत्रको आवश्यकता छ भन्न खोज्नुभएको हो ?
यस्तो क्षेत्र बनाउन प्रस्ताव पनि पटक–पटक सरकारी निकायमा पुगेको छ । तर नेपालमा निर्णायक तहमा नै पुगेका मानिसहरूनै त्यस्तो ठाउँमा जाने गरेकाले त्यसलाई वैधानिकता दिन मानिरहनुभएको छैन । रेडलाइट एरिया कुन मुलुकमा छैन र ? मलेसिया, बैंकक, सिंगापुर जहाँ पनि छ । उनीहरूले त्यसबाट नै अर्बौं डलर आम्दानी गरिरहेका छन् । खाली त्यसलाई प्रयोग गर्ने कसरी भन्ने कुरा मात्र हो । जे कुरा पनि मानिसको चाहनामा भर पर्ने कुरा हो ।
समग्र ठमेलसहित रेस्टुरेन्टलगायत क्षेत्रलाई व्यवस्थित बनाउन तपाईंका कार्ययोजनाहरू के–के छन् ?
नेपालमा त्यस्ता क्षेत्रहरूलाई व्यवस्थित बनाउन रात्रिकालीन व्यवसाय र रात्रिकालीन मनोरञ्जनको विकास आवश्यक छ । त्यसका लागि चौबीसै घण्टा नै व्यवसाय सञ्चालन हुनुपर्छ । रात्रि व्यवसाय र रात्रिकालीन मनोरन्जनलाई सेक्सका रूपमा हेरियो भने हामी फेल हुन्छौं । त्यसका लागि स्वतन्त्र गराइयो भने नराम्रो कामहरू आफैं घटेर जान्छ । जब बन्देज गरिन्छ त्यहाँ चिटिङ भइहाल्छ । त्यसको लागि रात्रिकालीन व्यवसायको विकासमा लाग्नुपर्छ, त्यसमा नकारात्मक सोचले होइन, सकारात्मक सोचले गाइयो भने सरकारलाई पनि राजस्वको मात्रामा धेरै वृद्धि हुन्छ ।
हाउजिङ व्यवसायी पनि हुनुहुन्छ, हाल राष्ट्र बैंकको नीतिले गर्दा धराशायी पनि बनेको छ, तपाईंको आफ्नो व्यवसाय कस्तो छ ?
हुन त जाडो समयमा सबैले न्यानो लुगा लगाइरहेका बेला मलाई न्यानो छ भनेर पानीमा बस्न सकिँदैन । अहिले हाउजिङको व्यवसाय एकदमै खराब भएको छ । घरजग्गा हाउजिङ व्यवसायलाई अनुत्पादक भनिरहेको अवस्था छ । अहिले देखिएको अवस्था हरेक १०–१० वर्षमा आइरहने समस्या हो । नेपालमा हाउजिङ व्यवसायको सुरुवात भएको २०५४ सालदेखि मात्र हो । त्यसैले यो सधैं रहन्छ जस्तो लाग्दैन । रियल स्टेट व्यवसायका रूपमा विकास भयो । एकैदिनमा तीन पटकसम्म एउटै जग्गाको बैना हुन थाले, बैंकहरूले पनि कर्जा बढाउँदै लगे, राष्ट्र बैंक मूकदर्शक भएर हे¥यो तर पछि अनावश्यक कडाइ गरिदिएपछि पूर्ण ठप्प भयो ।
नेपालमा पहिले यस्तो विकास नै भएको थिएन । नेपालीहरू आफ्नै घर चाहिन्छ भन्ने मानसिकतामा थिए । हाल हाउजिङ व्यवसायमा आएको मन्दीले गर्दा कति क्रसर उद्योगहरू बन्द भएका छन्, कति इँटा भट्टीहरू बन्द भएका छन् । त्यसैले सरकारले जुन क्षेत्रलाई अनुत्पादक भनी रहेको अवस्था छ, त्यो सोचाइनै गलत हो । ठूला देशहरूमा किन त्यत्रो ठूला टावर बनेका छन् । नेपालबाट लाखौं युवाहरू त्यही कामका लागि बाहिरिएका छन् । यस्ता कुराहरू भनेको त कुनै पनि देशको विकासको सूचकांक हो जस्तो लाग्छ ।
तपाईंको आफ्नो व्यवसाय कसरी चलिरहेको छ ?
क्रिष्टल सिटीको डिजाइन गर्दा पूरै नयाँ मोडलमा इको सिस्टमको अवधारणालाई आधार मानी निर्माण गर्ने कोसिस गरे । जब यो मन्दी आएपछि सिंगल घरका रूपमा सुरु गरेका छौं । मंगलबारदेखि लन्चिङ पनि गरिएको छ । आठवटा जति सुलभ मूल्यमा दिने विचार गरेका छौं ।
हाउजिङ व्यवसायको भविष्य कस्तो देख्नुभएको छ ?
हरेक व्यक्तिमा घरजग्गा जोड्ने भनेको सपना हो । त्यसैले यो व्यवसाय सुनौलो छ । त्यसमा कसरी जाने भन्ने कुरा सरकारको नीतिमा भर पर्ने भएकाले आजको आवश्यकता के हो भन्ने कुरा सरकारले मन्दी नआउँदै नीतिहरू तयार पारिदिने हो भने व्यवसायी र उपभोक्ता दुवैलाई सहज हुने हामीले देखेका छौं ।
नेपालमा लगानी कर्ताहरूको मनोबल बढाउन के हुनुपर्छ जस्तो लाग्छ ?
नेपालमा लगानीकर्ताहरूको मनोबल बढाउन आवश्यक छ, त्यस्तो भएमा ठूलो लगानी स्वदेशी पनि आउन सक्छ । अन्य मुलुकमा उद्योगपतिहरू निजी जहाज लिएर नेपाल आउने गरेका छन् । नेपालका उद्योगपतिलाई पनि त्यो अधिकार हुनुप¥यो, उनीहरू जहाज किन्ने हैसितमा पुग्न सक्छन् । मैले जहाज नै किनिहाल्छन् भन्न खोजेको होइन तर सरकारी नीति त्यस्तो हुनुप¥यो, जसले गर्दा स्वदेशी र विदेशी लगानीकर्ताहरूको मनोबल बढेर जाओस् ।
तपाईंले धेरै क्षेत्रमा व्यवसाय गरिरहुनुभएको छ, आफूलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
हाल शैक्षिक, पर्यटन, रेस्टुरेन्ट, वैदेशिक रोजगार, हाउजिङ लगातमा क्षेत्रमा काम तथा नेतृत्व गरिरहेको छु । पहिले सुरु–सुरुमा एकदमै अप्ठेरो पनि भएको थियो । तर, यसले एक कामलाई अर्को काममा लिंक गर्दा फेरि मानिसलाई यति धेरै शान्त बनाउँदो रहेछ, कि ठमेलमा प्रहरीदेखि व्यवसायी, सडक व्यापारीसम्म डिल गर्छु, कलेज गएपछि शिक्षक, विद्यार्थीसम्म डिल गर्छु, म्यानपावरमा त्यस्तै डिल गर्नुपर्ने । त्यसैले धेरै क्षेत्रमा काम गर्दा फेरि गाह्रो पनि, रमाइलो पनि छ । नेपालमा यस्तो कार्य गर्न असजिलो हुनु स्वाभाविक पनि हो । अन्य मुलुकमा भने यस्तो व्यवसाय सहजै सञ्चालन हुन्छन् ।