विमानस्थल बेलुका ५ बजे खुल्ने भनिएपनि भोली विहान १० बजे सम्मको लागि बन्द
गरिने भएको छ । शुक्रवार विहान १० बजे खुल्ने भनिएको विमानस्थल शनिवार १०
बजे विहान सम्म बन्द हुने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
यद्यपी औपचारिक जानकारी भने केही बेर पछी दिने प्राधिकरण स्रोतले जनकारी
दिएको छ। बुधवार दुर्घटना भएको टर्किस एयरलाइन्सको विमानका कारण दुई दिन
देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण रोकिएको छ । भने
हजारौ यात्रु अलपत्र रहेका छन ।
आर्थिक क्षेत्रका विशेष गतिविधी
Friday, March 6, 2015
Thursday, March 5, 2015
Nepal without int’l air conenction
KEDAR DAHAL
KATHMANDU, March 5
Air connection of Nepal with the world has been broken for two days after accident of the Turkish Airlines plane at the Tribhuvan International Airport (TIA) Wednesday morning.
Around 1,500 Nepali workers going abroad for employment every day, tourists arriving in an equal number and hundreds of students and businessmen have also suffered after closure of the only international airport in the country. Many tourists wishing to return home have also been stuck in Kathmandu while the TIA is also losing its revenues.
Tourism entrepreneurs say the latest accident has showed that it is already late to think about an alternative for the TIA constructed almost 63 years ago. “Accidents do happen but not having another international airport is our misfortune,” President of the Nepal Chapter of the Pacific Asia Travel Agents (PATA) Suman Pandey says. “If another runway were prepared even with just barbed fencing, we would not have been disconnected from the rest of the world today,” he adds.
The Civil Aviation Authority of Nepal (CAAN) has informed that the TIA has now been shut down until 10 Friday morning. Landing and take-off of 80 international flights have been affected in a day due to closure of the airport. “We can only count the affected number of flights and passengers now and there is no calculation of the economic loss due to the closure of only international airport in the country,” Director General (DG) at the CAAN Ratish Chandra Lal Suman says.
The government has recently started construction of the Gautam Buddha Regional International Airport in Bhairahawa while preparation is being done to construct a similar regional international airport in Pokhara. But there is no solid progress in construction of the second international airport to be constructed at Nijgadh, Bara. “The second international airport has been limited to just bluster. The government must stress on constructing the second international airport learning a lesson from this episode,” Pandey suggests.
Resumption still uncertain
Aircraft moving kit has been brought in the Hercules plane of the Indian Air Force Thursday afternoon on special request of the government. It has started the process to tow the stuck Airbus A330 and the CAAN claims it will be completed by Friday morning. The Indian Air Force Plane was scheduled to arrive at eight in the morning but arrived only at one in the afternoon due to delay in completing due procedures before leaving from India, according to Suman. He says a 25-member specialist team including 13 from the Indian Air Force is currently working to tow the stuck plane. “We will work throughout the night. But I can’t say how long it will take,” he adds.
He reveals that the surface beneath the plane will first be dug to put a special kind of balloon that will be inflated to lift the plane. Jacks will then be put from all the sides after the plane is balanced, and efforts will be made to change the damaged wheels of the plane. The plane will then be slowly towed out of the runway after changing the wheels to clear the runway for flights. But there is little chance of changing the wheels easily. All three wheels have been damaged, according to the CAAN. The nose gear of the plane must also be opened to tow the plane.
TIA to be opened round the clock for three days
The TIA Office will open the airport round the clock for three days after the runway is cleared. The airport currently is shut down from midnight till six in the morning. “The passengers have suffered due to the closure now. We will open the airport round the clock for three days to cater to the stranded passengers,” General Manager at the TIA Office Birendra Shrestha says. The airport was operated during the night even during the recent SAARC Summit.
Buddha planes in case of emergency
The CAAN says emergency flights can be operated using ATR planes of Buddha Air if some more time were needed to clear the runway. “We can operate flights using smaller planes as we still have 5,000 feet of clear runway. We have, therefore, kept planes of Buddha on standby. We can operate flights to airports in border cities,” Suman states.
विकल्पै नहुँदा विश्वसँग हवाई सम्पर्क विच्छेद
केदार दाहाल
काठमाडौं, २१ फागुन- टर्किस एयरको जहाज बुधबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटना भएसँगै २ दिनदेखि नेपालको बाहिरी संसारसँग सीधा सम्पर्क टुटेको छ । एउटैमात्र अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध हुँदा दैनिक कामको खोजीमा बिदेसिने १५ सय नेपाली र त्यत्तिकै संख्यामा आउने पर्यटकसहित सयौं विद्यार्थी, व्यवसायीले सास्ती पाएका छन् । यसबाहेक स्वदेश फर्कने कैयौं पर्यटक विचल्लीमा परेका छन् भने विमानस्थलको सञ्चालन नोक्सानी पनि उत्तिकै छ ।
झन्डै ६३ वर्षअघि निर्माण भएको यो विमानस्थलको विकल्प सोच्न ढिलो भइसकेको टर्किस दुर्घटनाले पुष्टि गरेको पर्यटन व्यवसायी बताउँछन् । “विमान दुर्घटना हुनु सामान्य हो तर अर्को विमानस्थल नहुनु हाम्रो देशको दुर्भाग्य हो भन्ने फेरि पनि प्रमाणित भएको छ,” प्यासिफिक एसिया ट्राभल एजेन्ट्स (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे भन्छन्, “आज तारबारमात्रै घेरेर भए पनि विमानस्थलको धावनमार्ग बनाइराखिएको भए अहिले विश्वसँग सम्पर्कबिच्छेद हुनुपर्ने थिएन ।”
विमानस्थल बिहीबार साँझ ५ बजेसम्मलाई बन्द गरिएको सूचना दिइए पनि नागरिक उड्डयन प्राधिकरणले शुक्रबार १० बजेसम्म बन्द गरिएको बताएको छ । विमानस्थल ठप्प हुँदा दैनिक ८० वटा अन्तर्राष्ट्रिय उडान÷अवतरण प्रभावित भइरहेका छन् ।
“मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा उडान÷अवतरण रोकिँदा हामी अहिले उडान संख्या र यात्रु प्रभावित भएको क्षतिमात्र भन्न सक्छौं, आर्थिक क्षतिको गणनै छैन,” प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमन भन्छन्, “एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा नेपाललाई ठूलो क्षति भएको छ, जसको गणनै हुँदैन ।”
सरकारले हाल भैरहवामा गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको छ भने पोखरामा पनि यस्तै विमानस्थल बनाउने तयारी भइरहेको छ । तर, बाराको निजगढमा बनाउने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा ठोस प्रगति भएको छैन । “दोस्रो विमानस्थल अहिलेसम्म गफमात्रै भएको छ,” पाण्डे भन्छन्, “सरकारले यस्ता नजिर हेरेर भए पनि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको विषयलाई तत्काल जोड दिनुपर्छ ।”
उडान/अवतरण अझै अनिश्चित
सरकारको विशेष अनुरोधमा बिहीबार दिउँसो भारतीय एयरफोर्सको हर्कुलस नामक जहाजमा ‘एयरक्राफ्ट मुभिङ किट’ ल्याइएको छ । यसले जहाज हटाउने काम सुरु गरिसकेको छ र बिहीबार रातभरिमा काम सम्पन्न हुने प्राधिकरणले जनाएको छ । भारतीय वायुसेवाको यो जहाज बिहीबार बिहान ८ बजे आउने भनिए पनि भारतबाट आवश्यक प्रक्रिया पूरा गरेर निस्कनै ढिलो भएकाले दिँउसो १ बजेमात्र आइपुगेको महानिर्देशक सुमनले बताए । उनका अनुसार भारतीय वायुसेवाका १३ जनासहितको २५ सदस्यीय विशेषज्ञ टोलीले जहाज हटाउने काम गरिरहेको छ । “यो काम हामी रातभर गर्नेछौं तर कति समय लाग्छ भन्ने अझै यकिन छैन,” सुमनले भने ।
उनका अनुसार सबैभन्दा पहिले जहाजको तल जमिन खनेर विशेष खालको बेलुन राखी त्यसमा हावा भरेर जहाज उचालिनेछ । जहाज सन्तुलनमा आइसकेपछि चारैतिर जग हालिनेछ र विमानका बिग्रिएका सबै पांग्रा फेर्ने प्रयास गरिनेछ । पांग्रा फेरिएपछि बिस्तारै जमिनमा राखी तानेर प्राविधिक टोलीले धावनमार्गबाट बाहिर लैजानेछ । यो प्रयास सफल भए उडान सुचारु गर्न बाटो खुल्नेछ । जहाजमा सहजै पांग्रा फेर्न सकिने सम्भावना भने निकै कम छ । प्राधिकरणका अनुसार ३ वटै पांग्रा क्षतिग्रस्त भएका छन् । पांग्रा राखेर जहाज गुडाउन नोज गियर पनि खुल्नुपर्ने हुन्छ ।
३ दिन चौबीसै घण्टा विमानस्थल सञ्चालन गरिने
धावनमार्ग खुलेपछी विमानस्थल कार्यालयले ३ दिन चौबीसै घण्टा विमानस्थल खुला गर्ने भएको छ । अहिले विमानस्थल राति १२ देखि बिहान ६ बजेसम्म बन्द हुँदै आएको छ । “अहिले बन्द हुँदा यात्रुहरूलाई धेरै मार परेको छ, यसका लागि तीन दिन लगातार विमानस्थल खोल्नेछौं,” विमानस्थल कार्यालयका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले भने । यसअघि सार्क सम्मेलनमा पनि रात्रिकालीन उडान÷अवतरण गराइएको थियो ।
आपत परे बुद्धको जहाज
विमानस्थल खुलाउन समय लाग्ने देखिए प्राधिकरणले बुद्ध एयरको एटीआर जहाज प्रयोगमा ल्याएर भए पनि आपतकालीन उडान गर्न सकिने जनाएको छ । “अहिले पनि धावनमार्ग ५ हजार फिट बाँकी रहेकोले साना जहाजमार्फत सजिलै उडान÷अवतरण गर्न सकिन्छ,” महानिर्देशक सुमनले भने, “त्यसैले बुद्धको जहाजलाई तयारी अवस्थामा राखिएको छ । यसले सीमावर्ती सहरका विमानस्थलसम्म उडान गर्न सक्छ ।”
शनिवार विहान १० बजे सम्मको लागि विमानस्थल बन्द
विमानस्थल बेलुका ५ बजे खुल्ने भनिएपनि भोली विहान १० बजे सम्मको लागि बन्द गरिने भएको छ । शुक्रवार विहान १० बजे खुल्ने भनिएको विमानस्थल शनिवार १० बजे विहान सम्म बन्द हुने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । यद्यपी औपचारिक जानकारी भने केही बेर पछी दिने प्राधिकरण स्रोतले जनकारी दिएको छ। बुधवार दुर्घटना भएको टर्किस एयरलाइन्सको विमानका कारण दुई दिन देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण रोकिएको छ । भने हजारौ यात्रु अलपत्र रहेका छन ।
Wednesday, March 4, 2015
भारतीय विमान ल्यान्ड भएको छ
भारतीय विमान ल्यान्ड भएको छ । १ बजे ल्यान्ड भएको हो । विमानमा भारतीय प्राविधिक टोली समेतआएका छन । एयरक्राफ्ट रिमुभवल किट लिएयर आएको उक्त विमानले टर्किसको विमानलाई धावनमार्ग बाट हटाउने छ । बुधवार दुर्घटना भएको उक्त विमानका कारण दुई दिन देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण रोकिएको छ ।
Accident of Turkish plane due to wrong information by air traffic control
KEDAR DAHAL
KATHMANDU, March 4
An Airbus A330 of Turkish Airlines had an accident Wednesday morning with the Air Traffic Control at the Tribhuvan International Airport (TIA) not giving correct information.
Officials have made preliminary estimation that the main reason for the accident was the instruction to force-land the plane instead of diverting it even when visibility was less than 1,000 meters at around seven in the morning. “The plane should have been diverted to the nearest airport but was not. The accident seems to have occurred due to that,” a TIA source told Kaorbar. The plane over-shot the runway after being asked to force-land despite regular visibility of less than 1,000 meters. There was no loss of human life in the accident.
“We got the plane to force-land at the visibility of 1,000 meters but it may have been lower due to technical glitches,” Director General (DG) at the Civil Aviation Authority of Nepal (CAAN) Ratish Chandra Lal Suman said. The TIA has been found to have given permission stating that visibility is higher than 1,000 meters. “There may have been technical glitches,” Suman quipped when asked why the plane was asked to land instead of advising it to divert to another airport nearby.
The plane has a system that allows it to land even at low visibility of 1,100 meters. TIA sources claimed that the plane was asked to land by falsely saying that visibility was 1,000 meters even when it was lower. “The plane had come much lower in the first attempt. The southern part of the airport was clearly visible. But the plane suddenly ascended and flew for around 45 minutes in the sky, and another attempt to land was made,” Dikesh Malhotra, a passenger, said. “We saw dense fog below while landing, Visibility seemed almost zero,” he added.
He revealed that the plane made seven rounds of Kathmandu Valley after climbing. TIA officials, on the other hand, argue that the plane should not have been landed after finding low visibility and should have overshot instead, and accuse pilot negligence. “The pilot can also judge visibility and should have taken a rational decision,” a TIA official stated.
The TK726 had 223 passengers including a newborn, and 11 crew members. Just one of the passengers has received minor injury in the accident. The plane arriving from Istanbul, Turkey was scheduled to land in Kathmandu at 6:55 after a flight of around six hours.
Aircraft removal kit to be brought from Mumbai
Aircraft removal kit will be flown in from Mumbai in an Indian Air Force Plane Thursday morning to tow the plane stuck in the grassland between the runway and taxiway. The Indian plane will arrive at eight in the morning. DG Suman said flights will resume only after the stuck plane is towed with the kit. The TIA has already cancelled all international flights until four Thursday afternoon.
Probe committee formed
The government has formed a four-member probe committee under former secretary Nagendra Prasad Adhiakri to investigate about the accident. The committee includes senior pilot BM Amatya, Nepal Airlines Corporation (NAC) engineer Chudamani Basyal, and Joint Secretary at the Ministry of Culture, Tourism and Civil Aviation Buddhi Sagar Lamichhane. The Turkish Airlines will also conduct technical probe.
25,000 passengers affected
Over 25,000 passengers will be affected including those scheduled to fly on Thursday due to closure of the TIA owing to the accident. A total of 35 flights take off from the TIA daily while an equal number of flights land. A total of 12,000 passengers use the TIA daily. A total of 150domestic flights take off and an equal number land at the TIA a day catering to around 4,000 passengers. Domestic flights, however, have resumed from Wednesday afternoon. The airline companies have accommodated the stranded passengers at different hotels in Kathmandu Valley.
‘कन्ट्रोलरको गलत सूचना’ले टर्किस जहाज दुर्घटना
मुम्बईबाट एयरक्राफ्ट रिमुभल किट ल्याइने
केदार दाहाल
काठमाडौं, २० फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल रुमले सही सूचना नदिँदा बुधबार बिहान टर्किस एयरको ए–३३० विमान दुर्घटनामा परेको छ । बिहान करिब ७ बजे विमानस्थलमा १ हजार मिटरभन्दा कम भिजिबिलिटी हँुदा पनि डाइभर्ट गर्नुको सट्टा फोर्स ल्यान्डिङ गराउनु नै दुर्घटनाको मुख्य कारण रहेको अधिकारीहरूले प्रारम्भिक अनुमान गरेका छन् । “जहाजलाई नजिकैको अर्को विमानस्थलतर्फ डाइभर्ट गराउनुपथ्र्यो तर गरिएन, यसैका कारण दुर्घटना भएको देखिन्छ,” विमानस्थल स्रोतले कारोबारसँग भन्यो ।
बिहान लगातार १ हजार मिटरभन्दा कम भिजिबिलिटी भएपछि फोर्स ल्यान्डिङ गराएर अवतरण गराउँदा विमानले धावनमार्ग छोडेको थियो । दुर्घटनामा कुनै मानवीय क्षति भने भएन । “हामीले १ हजार मिटर भिजिबिलिटी रहेको पाइएपछि फोर्स ल्यान्डिङ गराएका हौं तर प्राविधिक कमजोरीले यसमा केही कम पनि भएकोे हुन सक्छ,” नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले भने ।
विमानस्थल कार्यालयले १ हजारभन्दा बढी भिजिबिलिटी रहेको भन्दै अवतरण गर्न पाइलटलाई अनुमति दिएको पाइएको छ । तर, भिजिबिलिटी कम हुँदाहुँदै डाइभर्ट गर्नुको सट्टा किन अवतरण गराइयो भन्ने कारोबारको प्रश्नमा महानिर्देशक सुमनले ‘प्राविधिक कमजोरी भएको हुन सक्ने’ प्रतिक्रिया दिए ।
टर्किस एयरको उक्त जहाजमा कम भिजिबिलिटीमा पनि उडान÷अवतरण गर्न सकिने प्रणाली छ । यसअनुसार १,१०० मिटर भिजिबिलिटिमा पनि सजिलै उडान÷अवतरण गर्न सकिन्छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको त्यतिबेलाको भिजिबिलिटी १ हजार मिटर रहेको भन्दै ल्यान्डिङ गर्न ट्राफिक कन्ट्रोलरले अनुमति दिएको थियो । विमानस्थल स्रोतका अनुसार भिजिबिलिटी कम हुदाँहुदै अवतरण गराइएको थियो ।
“अवतरणको पहिलो प्रयासमा जहाज निकै तल आइसकेको थियो, विमानस्थलको दक्षिणी क्षेत्र प्रष्ट देखिन्थ्यो । तर, विमानले उचाइ लिएपछि करिब ४५ मिनेट आकाशमै घुम्यो र लगत्तै अवतरण प्रयास गरिएको थियो,” जहाजका यात्रु दिकेश मल्होत्राले भने, “ल्यान्ड गर्दा तल एकदमै हुस्सु र कुहिरो देखियो, भिजिबिलिटी झन्डै–झन्डै जिरोजस्तो देखिएको थियो ।” उनका अनुसार भिजिबिलिटी कम भएपछि विमानले आकाशमै ७ राउन्ड लगाएका थिए ।
भिजिबिलिटी कम देखिएपछि अवतरण नगरी जहाजलाई ‘ओभर सुट’ गर्नु पर्नेमा पाइलटले पनि लापरबाही गरेको दाबी विमानस्थल अधिकारीहरूको छ । “भिजिबिलिटी पाइलटले पनि देख्न सक्छन्, उनले पनि निर्णय गर्नुपथ्र्यो,” एक अधिकारीले भने ।
ए–३३० विमानको फ्लाइट टीके ७२६ नम्बरको जहाजमा १ नवजात शिशुसहित २२३ यात्रु र ११ चालक दल सदस्य थिए । उनीहरूमध्ये १ यात्रु मात्रै सामान्य घाइते भएका छन् ।
टर्कीको इस्तान्बुलबाट काठमाडौंका लागि उडेको यो जहाज ६ः५५ मा अवतरण हुने तालिका थियो । इस्तान्बुलबाट काठमाडौंसम्म झन्डै ६ घण्टाको उडान हुन्छ ।
मुम्बईबाट एयरक्राफ्ट रिमुभल किट ल्याइने
धावनमार्गमा फसेको जहाज निकाल्न भारतको मुम्बईबाट एयरफोर्स विमानमार्फत बिहीबार बिहान एयरक्राफ्ट रिमुभल किट ल्याइने भएको छ । बिहान ८ बजे किट लिएर उक्त जहाज नेपाल आउनेछ । किटको सहायताले धावनमार्गबाट जहाज हटाएपछि मात्र उडान÷अवतरण गराइने महानिर्देशक सुमनले जानकारी दिए । विमानस्थल कार्यालयले बिहीबार ४ बजेसम्मका लागि सबै उडान÷अवतरण बन्द गराइसकेको छ ।
छानबिन समिति गठन
सरकारले दुर्घटनाबारे छानबिन गर्न पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा ४ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा वरिष्ठ पाइलट बीएम अमात्य, नेपाल वायुसेवा निगमका इन्जिनियर चूणामणि बस्याल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । टर्किस एयरलाइन्सले पनि प्रविधिक छानबिन गर्ने भएको छ ।
२५ हजार यात्रु प्रभावित
टर्किस एयरको जहाज दुर्घटनाका कारण उडान÷अवतरण बन्द भएपछि बुधबार र बिहीबार २५ हजारभन्दा बढी यात्रु प्रभावित हुने भएका छन् । विमानस्थलबाट दैनिक ३५ अन्तर्राष्ट्रिय उडान हुने गरेका छन् भने सोही संख्यामा विमान अवतरण हुन्छन् । यो विमानस्थलबाट दैनिक १२ हजार यात्रु आवतजावत गर्छन् । आन्तरिकतर्फ दैनिक १५० वटा उडान र सोही संख्यामा अवतरण हुन्छन्, जसमा ४ हजार यात्रु आवतजावत गर्छन् । आन्तरिकतर्फको उडान भने बुधबार दिउँसोबाटै सञ्चालन गरिएको छ । अलपत्र यात्रुलाई विभिन्न विमान कम्पनीले राजधानीका होटलमा राखेका छन् ।
वैकल्पिक विमानस्थलको खाँचो
मुलुकमा एकमात्र विमानस्थल हुँदा कस्तोसम्म पीडा बेहोर्नुपर्छ भन्ने बुधबारको घटनाले उजागर गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नहुँदा एक त टर्किस एयरको जहाजलाई तत्काल अर्को विमानस्थलमा अवतरण गराउन सकिएन भने अर्कातर्फ हजारौं यात्रु अलपत्र परेका छन् । नेपालको अन्तर्राष्ट्रिय ‘कनेक्सन’ नै टुटेको जानकारहरू बताउँछन् । बुधबारै फर्कनुपर्ने कतिपय यात्रु विचल्लीमा परेका छन् भने यसले मुलुकको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पार्नेछ । टर्किस एयर युरोपबाट काठमाडौं सीधा उडान गर्ने एकमात्र विमान कम्पनी हो ।

Subscribe to:
Posts (Atom)