आर्थिक क्षेत्रका विशेष गतिविधी

Saturday, August 13, 2011

निजामती कर्मचारीलाई घुमाउन कार्यविधिको तयारी

कार्यक्रमका लागि ३० लाख रुपैयाँ ..
काठमाडौं, २४ साउन

निजामती कर्मचारीलाई घुमाउनका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यान्वयन कार्यविधि ल्याउने तयारी गरेको छ । गत आर्थिक वर्षमा थालिएको यससम्बन्धी ‘तलबी बिदा कार्यक्रम’को कार्यान्वयन पक्ष फितलो भएपछि मन्त्रालयले कार्यविधि तयार गर्न लागेको हो ।

तलबी बिदा कार्यक्रमलाई चालू वर्षका लागि मन्त्रालयले ५० लाख रुपैयाँ माग गरे पनि ३० लाखमात्र निकासा गरिने भएको छ । तलबी बिदा कार्यक्रमका लागि गत आवमा पनि ३० लाख रुपैयाँ छुट्ट्याइएको थियो । गत चैत महिनादेखि सरकारले कर्मचारीलाई तलबी बिदामा पठाएर आन्तरिक पर्यटनलाई बढावा दिने भन्दै यो कार्यक्रम सुरु गरेको थियो । निजामती कर्मचारीलाई कसरी भ्रमणमा पठाउने भन्ने विषयमा मन्त्रालय नै अन्योलमा परेपछि कार्र्यविधि तयार गर्न लागेको मन्त्रालयका अधिकृत डोरेन्द्र निरौलाले जानकारी दिए । कार्यविधि तयार भएपछि मात्र निजामती कर्मचारीलाई भ्रमणमा पठाउने तयारीमा रहेको निरौलाले जानकारी दिए ।

हजारौं कर्मचारीलाई भ्रमण गराउने गरी मन्त्रालयले तयारी गरे पनि कार्यान्वयन कार्यविधिको अभाव भएपछि उक्त प्रक्रिया तुहिएको थियो । अब भने मन्त्रालयले विस्तृत छलफलपछि कार्यविधिलाई अन्तिम रूप दिएर लागू गराउने निरौलाले जानकारी दिए । कार्यविधि तयार भएपछि आगामी आर्थिक वर्षमा उक्त कार्यक्रमलाई व्यवस्थित गराउने मन्त्रालयको तयारी रहेको निरौलाको भनाइ छ ।

कार्यविधिमा विशेष गरी कस्तो प्याकेज कर्मचारीलाई दिने, कति दिनसम्म बिदा उपलब्ध गराउने, कस्तो कर्मचारी भ्रमण कार्यक्रममा सहभागी हुन पाउने, प्रत्येक वर्ष कति कर्मचारीलाई तलबी बिदा दिनेलगायत विषयमा मन्त्रालय अन्योलमा परेपछि कार्यविधि तयार पार्न लागेको हो ।

उक्त कार्यक्रममा १ सय ८ कर्मचारीले सहभागी हुने मौकासमेत पाइसकेका छन् । जसमा ६ जनाको समूहमा ९ समूह भ्रमण गरी फर्किएका थिए । प्रत्येक कर्मचारीले एक जना आफन्तसमेत लैजान पाउने व्यवस्था छ । पहिलो चरणमा नै सरकारका उच्च तहका कर्मचारीदेखि तल्लो तहका कर्मचारी विविध सुविधासहित पर्यटन क्षेत्रमा गएका थिए ।

कर्मचारीहरूलाई यातायात, खान–बस्न तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी भएपश्चात भत्तासहितको प्याकेज कार्यक्रम दिएर पठाउने गरे पनि अब कुन तह तथा कुन कर्मचारीलाई कस्तो सेवा दिने भन्नेमा अन्योल भएपछि कार्यविधि तयार गर्ने निर्णयमा पुगेको निरौलाले बताए ।

पर्यटन क्षेत्रमा आवद्ध व्यावसायिक संस्थाका प्रतिनिधिहरूले आन्तरिक पर्यटनलाई बढावा दिन अन्तर्राष्ट्रिय मुलुकमा जस्तै सरकारी कर्मचारीहरूलाई तलबी बिदा दिएर घुम्न जाने वातावरण मिलाउन पर्यटन मन्त्रालयमा दबाब दिएपछि सरकारले यो कार्यक्रम सुरु गरेको थियो । युरोपेली, अमेरिकीलगायत मुलुकमा यस्तो व्यवस्था छ ।


पुराना गाडीलाई थाँती राख्दै नयाँ नीतिको तयारी

मन्त्रालयको कुरा फेरिनुमा व्यवसायी सशंकित

काठमाडौं, २५ साउन

श्रम तथा यातायात व्यवस्था मन्त्रालयले नयाँ भित्रिएका गाडीहरूलाई २० वर्षभन्दा बढी चल्न नदिने नीति ल्याउन लागेको छ । २० वर्षभन्दा पुराना गाडी हटाउने विषयमा अटोमोबाइल क्षेत्रका व्यवसायीहरूबीच नै विवाद भइरहेका बेला मन्त्रालयले यस्तो नीति ल्याउने तयारी गरेको हो ।

यसअघि मन्त्रालयले सवारी नीति तयार पारेर २० वर्ष पुराना गाडीलाई हटाउने तयारी भइरहेको जनाएको थियो । त्यो नीति नै सार्वजनिक नभइसकेको अवस्थामा नयाँ गाडी २० वर्षभन्दा बढी चल्न नपाउने व्यवस्था गर्ने तर पुरानालाई चलिरहन दिने प्रकारको नीति आउने भएको छ । मन्त्रालयको यस्तो कदमप्रति व्यवसायीहरूले शंका व्यक्त गरेका छन् ।

प्रदूषण कम गर्ने उद्देश्यका साथ लागू गर्न खोजिएको यो व्यवस्थाका कारण झन् समस्या थपिने देखिएको छ । पुरानो कुरा थाँती राखेर एकाएक नयाँ कुरा आउनुमा व्यवसायीकै हात हुन सक्ने एक व्यवसायीले शंका व्यक्त गरे । उनले पुरानो गाडीलाई नै हटाउनुपर्ने भन्दै नयाँमा लागू गर्न खोजे मान्य नहुने बताए ।

मन्त्रालयले २० वर्ष पुरानो गाडीलाई हटाउन सकेमात्र काठमाडौं उपत्यकामा गाडीको चाप तथा प्रदूषण हटाउन सकिने भन्दै सवारी नीति सार्वजनिक गरेर कार्यान्वयन तहमा जाने तयारी गरेको थियो । मन्त्रालयले यसअघि २०५७ र २०५८ मा सवारी नीति संशोधन गरेको थियो । नीति संशोधनको तयारीमा रहेकाले २० बर्से गाडीबारे कस्तो नीति ल्याउने भन्ने निर्णय नभइसकेको मन्त्रालयका उपसचिव अनिल गुरुङले बताए । मन्त्रालयको उच्च स्रोतका अनुसार भने पुराना गाडीलाई थाँती राख्दै नयाँमा नीति लागू गर्ने तयारी भइरहेको छ ।

कुनै पनि बहानामा नयाँ होस् या पुराना २० बर्से गाडी हटाउनु उपयुक्त नहुने नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) ले बताएको छ । नाडाले जाँच प्रविधि भिœयाए सबै समस्या समाधान हुने बताउँदै आएको छ । सरकारले २० वर्षको आधार तोक्नु तर्कसंगत नभएको नाडाका उपाध्यक्ष तथा गोल्छा हाउसका कार्यकारी निर्देशक शेखर गोल्छा बताउँछन् । “सरकारले जाँच प्रणालीलाई सुधार गरी मापदण्ड पूरा नगर्ने गाडीलाई चल्न रोक लगाउनुपर्छ,” गोल्छाले भने । एउटै गाडीमा करोड रुपैयाँ लगानी गरेका उपभोक्तालाई ‘२० वर्षभन्दा बढी नचला भन्नू’ तर्कसंगत नभएको स्पेयर्स पार्ट्स समितिका अध्यक्ष हीरालाल आचार्यले बताए ।


Wednesday, August 3, 2011

युरो–१ मापदण्का सवारी चल्न नपाउने

काठमाडौं, १४ साउन

नेपालको सडकमा अब युरो–१ मापदण्डका सवारी चल्न नपाउने भएका छन् । झन्डै १२ वर्षपछि संशोधन हुन लागेको यातायात नीतिमार्फत श्रम तथा यातायात व्यवस्था मन्त्रालयले युरो–१ मापदण्डका सवारीलाई हटाउने तयारी गरेको हो ।

सरकारले २०५६ को सवारी नीतिमा युरो १ मापदण्डका गाडी सञ्चालन गर्न पाउने व्यवस्था गरेको थियो । तर, नेपालका सडकमा युरो–५ मापदण्डसम्मका सवारीसाधन गुड्न थालिसकेपछि मन्त्रालयले नीति संशोधन गरेर युरो–१ लाई प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

संशोधन गर्न लागिएको सवारी नीतिमा मन्त्रालयले युरो–१ मापदन्डबाट एकैचोटि युरो–३ मापदण्डमा जाने तयारी गरेको छ । युरो–२ वा ३ मापदण्डमा जाने भन्ने निर्णय नभइसके पनि युरो–३ मापदण्डमा जाने सम्भावना बढी रहेको मन्त्रालयका उपसचिव अनिल गुरुङले जानकारी दिए । “मापदण्डभन्दा पनि तेल खराबी नेपालको प्रमुख समस्या रहेकाले त्यसलाई सुधार गर्नुपर्ने भएको छ,” गुरुङले भने ।

गाडी कम्पनीहरूले नै युरो–१ मापदण्डका गाडी निर्माण गर्न छोडिसकेको अवस्थामा नेपालमा पनि मापदण्ड परिर्वतन गर्नुपर्ने अटोमोबाइल क्षेत्रबाटै दबाब आइरहेको थियो । नेपालका सडकमा अझै पनि थुप्रैको संख्यामा युरो–१ मापदण्डका गाडी गुडिरहेका छन् ।

खासगरी विश्वबजारमा प्रदूषण कम गराउनेखालका गाडीहरूको उत्पादन तीव्र भइरहेका बेला नेपालमा युरो–१ मापदण्डका सवारी साधन चलिरहनु व्यावहारिक नभएको भन्दै मापदण्ड परिर्वतन गर्न लागिएको गुरुङले जानकारी दिए ।

सरकारले यसअघि ०५७ र ०५८ मा सवारी नीति संशोधन गरेको छ भने सवारी मापदण्डको नीति २०५६ सालयता परिर्वतन भएको छैन । मन्त्रालयले थोरै भए पनि ट्राफिक समस्या समाधान गर्न पनि युरो–१ मापदण्डका सवारी गुड्न प्रतिबन्ध लगाउने तयारी गरेको जनाइएको छ ।

युरो–२ मा जान व्यवसायीको सुझाव

सरकारले मापदण्ड परिर्वतन गरी युरो–३ मा जाने तयारी गरिरहेका बेला व्यवसायीहरूले भने मापदण्ड परिर्वतनमा जानु राम्रो भए पनि एकैपटक युरो–३ मा नजान सुझाव दिएका छन् । नेपालको तेल प्रणाली नै खराब रहेकाले सबैभन्दा पहिले तेलमा सुधार ल्याउनुपर्नेमा व्यवसायीको जोड छ ।

“एकैपटक मापदण्डमा जम्प गर्नु राम्रो हुँदैन, तत्काललाई युरो–२ मापदण्डमा जानुपर्छ,” अटोमोबाइल डिलर एसोसिएसन नेपाल (नाडा) का अध्यक्ष सौरभ ज्योतिले भने ।

मापदण्ड १२ वर्षदेखि एउटै भएकाले त्यसलाई तोड्दै युरो–२ मापदण्डमा लगेर सवारी नीति परिवर्तन गरे सरकारलाई व्यावहारिक कठिनाइ नहुने ज्योतिको भनाइ छ । सरकारले ल्याएको हरियो स्टिकर नै लागू गर्न कठिन भइरहेका बेला युरो–३ मापदण्डले पनि समस्या सिर्जना गर्ने उनको दाबी छ । “सरकारले सबैभन्दा पहिले सवारी जाँच गर्ने प्रणालीमा परिर्वतन गर्नुपर्छ,” ज्योतिले भने ।

गाडीको मापदण्ड परिर्वतन गर्नुअघि नै जाँच प्रणालीलाई वैज्ञानिक गरिए युरो–५ मापदण्डमा जाँदा पनि व्यवसायीलाई कुनै आपत्ति नहुने उनको भनाइ छ ।

नेपालको सबैभन्दा खराब पक्ष भनेको सवारी नापजाँच प्रणाली भएकाले त्यसलाई परिर्वतन गर्नुपर्ने गोल्छा हाउस अर्गनाइजेसन प्रालिको सञ्चालनमा रहेको गो फोर्ड मोटर्स प्रालिका प्रबन्धक सुनिल क्षेत्री बताउँछन् । सवारी मापदण्ड परिर्वतन गर्नु अपरिहार्य भए पनि एकैपटक युरो–३ मा भन्दा २ मा जाँदा उपयुक्त हुने उनको धारणा थियो ।

चिनियाँ पर्यटकको आगमन १२७ प्रतिशत बढ्यो

सात महिनामा २ लाख ८० हजार हवाई पर्यटक

काठमाडौं, १६ साउन

नेपाल पर्यटन वर्ष सन् २०११ को सातांै महिनामा चिनियाँ पर्यटकको संख्या १ सय २७ प्रतिशतले वृद्धि भएको छ । गत जुलाई महिनामा ३ हजार ६ सय चिनियाँ पर्यटकले नेपाल भम्रण गरेका छन् । गत वर्ष यही अवधिमा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या १ हजार ४ सय ५२ मात्र थियो ।

चिनियाँ र भारतीयसहित समग्र एसियाली पर्यटकको आगमनमा आएको उल्लेख्य सुधारसँगै पर्यटन वर्षको सातौं महिनामा पर्यटक आगमनदर २० प्रतिशतले बढेको छ । जुलाई महिनामा हवाई बाटो हुँदै नेपाल भित्रिने पर्यटकको संख्या ३५ हजार २ सय १२ छ । गत वर्षको तुलनामा यो २० प्रतिशतले बढी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ ।

जुलाईमा नेपाल भ्रमण गर्नेमध्ये दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । जसअन्तर्गत उक्त मुलुकहरूबाट नेपाल भ्रमण गर्नेको संख्यामा २१.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षभन्दा भारतबाट २४.५ प्रतिशत, पाकिस्तानबाट ५८ प्रतिशत, श्रीलंकाबाट ७०.८ प्रतिशले वृद्धि भएको छ । बंगलादेशबाट आउने पर्यटकको संख्यामा भने ११.२ प्रतिशतले कमी आएको छ ।

एसियाली मुलुकमध्ये चीनबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा १२७.७ प्रतिशत, मलेसियाबाट १८.९ प्रतिशत, सिंगापुरबाट ३६ प्रतिशत, दक्षिण कोरियाबाट २३.९ प्रतिशत, थाइल्यान्डबाट १०७.१ प्रतिशतले वृद्धि भएको छ । जापानी पर्यटकको संख्यामा भने ७.९ प्रतिशतले कमी आएको छ ।

पर्यटन बोर्डका अनुसार जुलाई महिनामा युरोपेली मुलुकहरूबाट नेपाल भ्रमण गर्ने पर्यटकको समग्र संख्यामा भने ५.६ प्रतिशतले कमी आएको छ । बेलायतबाट ७.१ प्रतिशत, फ्रान्सबाट ७.१ प्रतिशत, बेल्जियमबाट ४.७ प्रतिशतले वृद्धि भएको छ । जर्मनी, नेदरल्यान्ड्स र स्पेनबाट भने क्रमशः ४५.३ प्रतिशत, २४.१ प्रतिशत, २१.१ प्रतिशतले कमी आएको छ । त्यसैगरी अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डका पर्यटकको संख्यामा क्रमशः १६.८ प्रतिशत, ३२ प्रतिशत र १०७.१ प्रतिशतले वृद्धि भएको छ । यस्तै, क्यानडाका पर्यटकमा भने ८.६ प्रतिशतले कमी आएको छ । समग्रमा पर्यटकको संख्या गत वर्षको सात महिनाको तुलनामा यो वर्ष २४.३ प्रतिशतले बढेको छ । २ लाख ८० हजार ५ सय ७५ पर्यटक हवाइमार्ग हुँदै नेपाल भित्रिएको बोर्डले जनाएको छ ।

बेलहियाबाट ५७ हजार भित्रिए

भैरहवा, १६ साउन (कास) ः स्थलमार्ग हुँदै सबैभन्दा बढी विदेशी पर्यटक आउने भैरहवाको बेलहिया नाकाबाट जुलाई महिनासम्ममा ५६ हजार ९ सय ४८ विदेशी (भारतीयबाहेक) नेपाल प्रवेश गरेका छन् । स्थलमार्गको यो नाका हँुदै नेपाल आउने विदेशी पर्यटकको यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २८.०८ प्रतिशतले बढी रहेको अध्यागमन कार्यालय बेलहियाले जनाएको छ । कार्यालय प्रमुख राजेन्द्रराज अधिकारीका अनुसार गत वर्ष सोही अवधिसम्म ४४ हजार ४ सय ६४ जना तेस्रो मुलुकका पर्यटकको आगमन भएको थियो । जुलाई महिनामा सबैभन्दा बढी श्रीलंकाका ८ सय २७ पर्यटक आए भने हल्यान्डका ४ सय ३७, स्पेनका ३ सय ३९, थाइल्यान्डका २ सय ५१, चीनका २ सय ५, दक्षिण कोरियाका १ सय ७३ रहेको तथ्यांकले देखाएको छ । यही दरमा पर्यटक आगमन भए यो नाकाबाट मात्रै सन् २०११ मा १ लाख ३० हजारभन्दा बढी पर्यटक भित्रिने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय प्रचारका लागि पुरानो प्रक्रिया रद्द

पर्यटन वर्ष सुरु भएको सात महिनासम्म पनि अन्योल

काठमाडौं, १५ साउन

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन वर्ष सन् २०११ लाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नका लागि पुरानो प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया थाल्ने भएको छ ।

पर्यटन वर्षलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने गरी गत आर्थिक वर्षमा सुरु गरिएको पर्यटन प्रवद्र्धन प्रक्रिया रद्द गर्दै मन्त्रालयले नयाँ प्रक्रियामा जाने निर्णय गरेको हो । मन्त्रालयको पटक–पटकको निर्णय परिवर्तनले पर्यटन वर्षको अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने कार्यक्रम पर्यटन वर्ष सुरुवात भएको सात महिनासम्म पनि कार्यान्वयन हुन सकेको छैन ।

मन्त्रालयले गत वर्ष सुरु गरिएको प्रक्रियामा प्राविधिक कमजोरी देखिएको भन्दै व्यवस्थित बनाएर विदेशमा पर्यटन वर्षको प्रचार गराउने गरी नयाँ प्रक्रियामा जाने निर्णय गरेको जनाएको छ । सरकारले गत वर्ष पर्यटन वर्षका लागि छुट्ट्याएको २६ करोड रुपैयाँमध्ये अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएन, बीबीसीलगायत छिमेकी मुलुक भारत र चीनमा विज्ञापनसहित पर्यटन वर्षको प्रचार गर्ने गरी १३ करोड छुट्ट्याएको थियो । तर, उक्त रकम सरकार परिर्वतनसँगै अन्योलमा पर्दा निकासा नै नभई फिर्ता भएको थियो । प्रचार गर्ने गरी अघिल्लो वर्ष छुट्ट्याएको रकमलाई यस वर्ष पनि सोही कार्यक्रमका लागि विनियोजन गरिएको छ ।

“हामीले अघिल्लो वर्षको सम्पूर्ण प्रक्रिया रद्द गराउने निर्णय ग¥यौँ,” मन्त्रालयका सचिव डा. गणेशराज जोशीले भने । सबै प्रक्रिया पुनः आरम्भ गराउने गरी काम भइरेको जोशीले जानकारी दिए ।

गत वर्ष सुरु गरिएको टेन्डर प्रक्रियामा ११ कम्पनीले मात्र निवेदन दिएकोमा छनोट प्रक्रिया पार गर्ने कम्पनी दुइटामात्र भएपछि सम्पूर्ण प्रक्रिया रद्द गर्नुपरेको मन्त्रालयका कानुन महाशाखाका प्रमुख तथा सहसचिव रन्जनकृष्ण अर्यालले बताए । “प्राविधिक रूपमा प्रतिस्पर्धामा कमी हुन गयो,” अर्यालले भने । नयाँ प्रक्रियामा जाने निर्णय पर्यटन वर्षको सचिवालय र मन्त्रालयबीचको सहमतिमा भएको उनको भनाइ छ ।

खासगरी भारत र चीनका लागि मात्र टेन्डर प्रक्रियाबाट गरिएकोमा दुई कम्पनीलाई मात्र छनोट समितिले चयन गरेको थियो । गत वर्ष पर्यटन प्रवद्र्धन गर्नका लागि भारतका लागि ६ करोड रुपैयाँ तथा चीनमा ३ करोड रुपैयाँ छुट्ट््याइएको थियो । अन्य मुलुकका लागि ४ करोड विनियोजन गरिएको थियो ।

ट्रेकिङ रोयल्टी २१ प्रतिशतले वृद्धि

काठमाडौं, १७ साउन

पर्यटन व्यवसायीहरूले ट्रेकिङ क्षेत्रमा पर्यटन वर्षको प्रभाव नपरेको बताउँदै आएको बेला राजस्व संकलन भने यस क्षेत्रबाट २१ प्रतिशतले बढेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको अध्यागमन विभागका अनुसार ट्रेकिङ क्षेत्रबाट उठाइँदै आएको रोयल्टीमा गत वर्षभन्दा २१ प्रतिशतले वृद्धि भएको हो । यसअघि ट्रेकिङ व्यवसायीहरूले पर्यटन वर्षमा पदयात्रा गर्ने पर्यटक आगमनमा वृद्धि नभएर २० प्रतिशतले गिरावट आएको बताएका थिए ।

विभागले आव २०६६÷६७ मा १२ करोड २२ हजार रुपैयाँ रोयल्टी प्राप्त भएकोमा आव २०६७÷६८ मा १४ करोड ४९ लाख १३ हजार ३ सय ७४ रुपैयाँ रोयल्टीबापत् प्राप्त भएको जानकारी दिएको छ । यो रकम गत आवभन्दा २१ प्रतिशतले बढी हो । यसअघि पर्यटन व्यवसायीहरूले पर्यटन वर्ष मनाइरहँदा समेत ट्रेकिङ गर्ने पर्यटक २० प्रतिशतले गिरावट आउनुले पर्यटन वर्षको प्रभावलाई शून्य प्रतिशतको उपलब्धि भनेर टिप्पणी गर्दै आएका थिए । उनीहरूले सरकारले ट्रेकिङ क्षेत्रमा पर्यटक जाँदा लगाउँदै आएको रोयल्टीबापत् उठाउँदै आएको दस्तुर हटाउनुपर्ने मागसमेत गरेका थिए ।

विभागले आव २०६५÷६६ मा ११ करोड ५८ लाख ३० हजार ५ सय ३० रुपैयाँ रोयल्टी प्राप्त गरेको थियो । उक्त रोयल्टी रकम वृद्धि हुँदै आव २०६६÷६७ मा १२ करोड २२ हजार रुपैयाँ प्राप्त गरेको थियो । उक्त रोयल्टी यो वर्ष १४ करोड ४९ लाख १३ हजार ३ सय ७४ रुपैयाँ पुगेको विभागले जानकारी दिएको छ ।

विभागले खासगरी त्यस्तो रकम तिब्बतसँग सिमाना जोडिएका जिल्लाहरूका ट्रेकिङ क्षेत्रबाट उठाउँदै आएको छ । जसमा १३ जिल्लाका ४३ गाउँ विकास समितिमा रहेको पदमार्गबाट उक्त रोयल्टी रकम उठाउँदै आएको छ । जसअन्तर्गत ताप्लेजुङ, संखुवासभा, सोलखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, गोरखा, डोल्पा, मुगु, हुम्ला, बझाङ, दार्चुलामा रहेका पदमार्गमा जाँदा पर्यटकले रुट–परमिटबापत दस्तुुर तिर्नुपर्ने हुन्छ । सन् २०११ को सात महिनासम्म उक्त क्षेत्रमा भ्रमण गर्न जाने पर्यटक संख्या २ हजार ५ सय ७४ जना रहेको विभागले जनाएको छ ।

सरकारले पदयात्रामा लगाउने गरेको महँगो शुल्कका कारण लक्ष्यबमोजिम पदयात्रामा पर्यटक भिœयाउन नसकेको भन्दै ट्रेकिङ क्षेत्रमा कार्यरत व्यवसायीहरूले उक्त शुल्क तत्काल नघटाए सम्पूर्ण पदमार्ग बन्द गर्ने चेतावनी दिएका थिए ।

पछिल्लो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकसँग लिने गरेको विभिन्न शीर्षकका रोयल्टी नघटाउने निष्कर्ष निकाल्दै यसअघि व्यवसायीसँगै रोयल्टी घटाउन पटक–पटक सुझाव गृह मन्त्रालयलाई पठाउने गरेकोमा अब रोयल्टी घटाउने नभएर व्यवस्थित बनाउन लाग्नुपर्ने निणर्यमा पुगेकोे बताइसकेको छ ।

सरकारले पदयात्रा गर्दा लाग्ने दस्तुर सामूहिक र प्रतिव्यक्ति छुट्टाछुट्टै लिने गरेको छ । माथिल्लो मुस्ताङ क्षेत्र र माथिल्लो डोल्ला क्षेत्रमा पदयात्रा गर्दा लाग्ने रकम पहिलो १० दिनमा प्रतिव्यक्ति ५ सय डलर वा सो बराबर १० दिनपछि प्रतिव्यक्ती ५० डलर थपिँदै जानेछ ।

मनास्लु क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बर महिनासम्म ७० डलर र सात दिनपछि १० डलरले थपिँदै जानेछ । त्यो रकम डिसेम्बरदेखि अगस्टसम्म ५० डलर र १० दिनपछि ७ डलरले थपिँदै जाने प्रावधान छ । हुम्ला सिमिकोट पदयात्रा गर्दा पहिलो एक हप्तामा प्रतिव्यक्ति ५० डलर लाग्ने र पछि ७ डलरका दरले थपिँदै जानेछ । नेपाल घुम्न आउने पर्यटकमध्ये पदयात्रामा ३५ प्रतिशत जाने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।

Friday, July 15, 2011

अर्थमन्त्रीले घोषणा गर्नु अघि नै बजेट सार्वजनिक

कुल खर्च बजेट ३ अर्ब ८४ अर्ब ९० करोड

३१ असार, काठमाडौं । व्यवस्थापिका संसदमा प्रस्तुत गर्नु अघि नै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री भारतमोहन अधिकारी र मन्त्रालयको असावधानीको कारण संसदमा बजेट प्रस्तुत गर्नु अघि नै बजेट सार्वजनिक भएको हो ।

शान्ति र संविधान निर्माणलाई प्रमुख प्राथमिकता दिइएको आगामी आर्थिक वर्ष २०६८।६९ का लागि प्रस्तावित बजेट ३ अर्ब ८४ अर्ब ९० करोड रुपैयाँको छ । जसमा चालु खर्च रु. २ खर्ब ६६ अर्ब ६१ करोड अर्थात ६९.२७ प्रतिशत, र पूँजीगत खर्च रु. ७२ अर्ब ६१ करोड अर्थात १८.८६ प्रतिशत छ ।

कूल विनियोजन मध्ये विकास कार्यक्रमका लागि रु. २ खर्ब ०२ अर्ब ५६ करोड अर्थात, ५२.६२ प्रतिशत र साधारण प्रशासन तर्फ रु. १ खर्ब ८२ अर्ब ३४ करोड अर्थात ४७.३८ प्रतिशत प्रस्ताव गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु. २ अर्ब ४१ अर्व ७७ करोड, सावाँ फिर्ता प्राप्तीबाट रु. ५ अर्ब ९३ करोड र वैदेशिक अनुदानबाट रु. ७० अर्ब १३ करोड ब्यहोरी रु. ६७ अर्ब ६ करोड न्यून बजेट हुनेछ । यो न्यून पूर्तीलाई वैदेशिक ऋणबाट रु २९ अर्व ६५ करोड जुटाउने बजेटमा उल्लेख । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा पनि रु. ३७ अर्व ४१ करोड न्यून रहन जाने छ । यो रकम आन्तरिक ऋणबाट पूर्ति गरिने बजेटमा उल्लेख छ ।

बजेटमा उल्लेख मुख्य क्षेत्रहरुः

शान्ति स्थापना, संविधान निर्माण र द्वन्द्वको दिगो समाधान

· माओवादी सेनाका लडाकूहरुको समायोजन र पुनस्र्थापना गरी शान्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक स्रोत साधनको ब्यवस्था गर्ने ।

· राष्ट्रिय सहमतिमा नयाँ संविधान निर्माण गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने

· शहिद तथा वेपत्ताका परिवार र जन आन्दोलनका घाइतेहरुलाई राहत उपलब्ध गराउने

· द्वन्द्वपीडित र विस्थापितहरुलाई पुनस्र्थापना गर्न तथा शहिद र बेपत्ताका घरवारविहिन परिवारलाई पुनस्र्थापना एवं जीविकोपार्जनको लागि विशेष कार्यक्रम

· बेपत्ता पारिएकाहरुको खोजी गर्ने आयोग, उच्चस्तरीय सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने,

· तराई मधेशमा सहिद पार्क र मधेश आन्दोलन स्मृति पार्क निर्माण गर्ने र जनताको पहलमा शान्ति अभियान कार्यक्रम सञ्चालन हुने ।

· द्वन्द्वमा बढी प्रभावित मध्य र सुदूर पश्चिमका जिल्लाहरुलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गरिने ।

· द्वन्द्वकालमा भत्किई पुनर्निर्माण गर्न बाँकी रहेका संरचनाहरुको पुनर्निर्माण गर्न आवश्यक रकम

· आम जनतालाई राहत दिन सार्वजनिक सेवा प्रवाह र आपूर्ति प्रणालीमा सुधार

· सुपथ मूल्य पसल मार्फत आपूर्ति प्रणाली र सेवा प्रवाहमा सुधार गर्दै कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न

· बजार अनुगमनलाई प्रभावकारी तुल्याइने । आपूर्तिमा अवरोध, मूल्य मिलोमतो र बजारमा गैर

· खाद्य वस्तु मिसावट गरी जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने जोसुकैलाई कानून बमोजिम कडा कारवाही गर्ने

· दुर्गम क्षेत्रको खाद्य सुरक्षा सुनिश्चित गर्न खाद्यान्न ढुवानी, भण्डारण र स्थानीय उत्पादन वृद्धिमा

· विशेष जोड दुर्गम क्षेत्रमा खाद्यान्न र नून ढूवानीमा दिइदै आएको अनुदानलाई निरन्तरता

· बाढि, पहिरो, खडेरी जस्ता प्राकृतिक प्रकोप र विशेष परिस्थितिमा खाद्यान्न संकट आउन नदिन

· देशका विभिन्न स्थानमा क्रमशः आधुनिक गोदामघरहरुको निर्माण गरिने

· सुरक्षा भण्डार र राष्ट्रिय खाद्यान्न सुरक्षा भण्डारको क्षमता अभिवृद्धि गरिनेछ ।

· पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज र ब्यवस्थित तुल्याउन उच्चस्तरीय समितिले दिएका सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै लगिने ।

· काठमाडौं उपत्यकाको ब्यवस्थित शहरीकरण, खानेपानी आपूर्तिको सुदृढीकरण गर्न र ट्राफिक जाम हटाउन चरणवद्धरुपमा कार्यक्रम सञ्चालन गरिने ।

सडक, पुल र अन्य पूर्वाधारको विकास

मध्यपहाडी लोकमार्ग -पुष्पलाल मार्ग) को बाँकी ट्रयाक खोल्न, खोलिएका ट्रयाकहरु स्तरोन्नति गर्न र घुर्मि-खुर्कोट र बाग्लुङ्ग-बुर्तिबाङ्ग खण्डमा कालोपत्रे शुरु गर्नका लागि रु. १ अर्ब ७५ करोड बजेट विनियोजन गरिएको छ । झापादेखि कन्चनपुरसम्मको तराई-मधेशमा समृद्धिको वाहकको रुपमा रहेको हुलाकी राजमार्ग र त्यसमा पर्ने पुलको निर्माण कार्य छिटो भन्दा छिटो सम्पन्न गर्न रु. ४ अर्ब ९८ करोड बजेट छुट्याइएको छ । यस्तै राजधानीलाई तराई-मधेशसँग छोटो दुरी मै जोडने काठमाडौं-तराई/मधेश द्रुत मार्गको सम्पूर्ण ट्रयाक खोल्ने कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ । नागढुङ्गा-नौबीसे र भिमफेदी-हेटौडा सुरुङ मार्ग निर्माण गर्ने कार्य यथाशीघ्र आरम्भ गर्ने, प्रमुख ब्यापारिक मार्गहरुको रुपमा रहेका रानी-इटहरी-धरान, वीरगन्ज-पथलैया र बेलहिया-बुटवल सडकलाई ६ लेनमा विस्तार गर्न आगामी आर्थिक वर्षदेखि निर्माण शुरु गरिने बजेटमा उल्लेख छ । सेती लोकमार्ग र महाकाली लोकमार्गको निर्माणका लागि रु. ८ करोड, लोकमार्ग एवं जिल्ला सदरमुकाम जोडने सडक पुलहरु निर्माण गर्न रु. २ अर्ब र काठमाडौं लगायत सहरी क्षेत्रका सडकहरु र लोकमार्गहरुको नियमित, पटके, आकस्मिक मर्मत र पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी कार्यहरु योजनाबद्धरुपले सम्पन्न गरी यातायात सेवालाई सुरक्षित र सुविधाजनक बनाउनका लागि रु. ३ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ । यस्तै पूर्व पश्चिम तराई रेलमार्ग निर्माणको कार्यलाई अघि बढाइने, नेपाल जयनगर-जनकपुर रेल्वे सेवालाई वर्दिवाससम्म विस्तार गर्ने र नेपाल-भारत सीमा क्षेत्रमा पहिचान भएका अन्य रेलमार्गहरुको विस्तृत अध्ययन कार्यलाई तीब्रता दिने तथा ं उपत्यकामा मेट्रो/मोनोरेल सेवा सञ्चालनका लागि सम्भाब्यता अध्ययन कार्य शुरु गरिने बजेटमा उल्लेख छ ।

लैङ्गकि समानता र सशक्तिकरण

महिलालाई प्रत्यक्ष लाभ पुर्याउन भन्दै ७३ अर्ब ३३ करोड रुपैंया छुट्याईएको छ । यस अन्तर्गत ग्रामीण तथा विपन्न महिलाहरुको विकासका लागि सञ्चालनमा रहेको महिला विकास कार्यक्रमलाई आगामी आर्थिक वर्षमा थप २ सय १० गाउँ विकास समितिका १ हजार ४ सय ८० वडामा विस्तार गरिनेछ । विपन्न महिला र विद्यालय छाडेका किशोरीहरुलाई स्वरोजगार व्यवसाय शुरु गर्न प्राविधिक र व्यवसायीक तालिम र व्यवसाय स्थापना गर्न लाग्ने खर्चमा अनुदान दिने व्यवस्था छ । महिला वेचविखन र अन्य लैंगिक हिंसाबाट पीडित र प्रभावितहरुको उद्धार, संरक्षण र पुनस्र्थापनका कार्यक्रमहरुलाई निरन्तरता दिएको छु । महिला विरुद्धको फौज्दारी र लैङ्गकि हिंसा सम्वन्धी मुद्दाहरु छिटो कारवाही र किनारा गर्नका लागि द्रूत सुनुवाई अदालतको स्थापना गर्ने कार्य शुरु गरिनेछ । बादी समुदायको उत्थान कार्य गर्न बादी विकास समिति गठन गरिनेछ ।

सिंचाइ र नदी नियन्त्रण

आगामी ७ वर्ष भित्र सबै कृषि भूमिमा सिंचाइ सेवा विस्तार गर्ने लक्ष्य लिइएको बजेटमा सिक्टा सिंचाइ आयोजनाको १५ किलोमिटर मूल नहर निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्नगर्न रु. ९९ करोड र रानीजमरा-कुलरिया सिंचाइ आयोजनाका लागि रु. ७८ करोड छुट्याएको छ । प्रस्तावित बजेटमा भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण शुरु गर्ने, आगामी आर्थिक वर्षमा तराई, भित्री मधेश र पहाडका २६ जिल्लाहरुमा ९ हजार वटा भूमिगत स्यालो ट्युववेल र डिपट्युववेल जडान गर्ने, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नदी नियन्त्रण र सिंचाइ सुविधा विस्तार गर्न तटवन्ध निर्माण कार्य अभियानको रुपमा सञ्चालन गर्ने र जनताको तटवन्ध कार्यक्रमलाई निरन्तरता दिइने बजेटमा उल्लेख छ ।

स्थानीय निकाय

स्थानीय निकायमा अनुदानको लागि १४ अर्ब ५६ करोड बजेट छुट्याईएको छ । साउन १ गतेदेखि लागु हुने गरी ४१ वटा नयाँ नगरपालिकाहरु घोषणा गरिएको छ । विद्युत, खानेपानी, संचार, यातायात र अन्य भौतिक पूर्वाधारको सुविधा पुगेका नगर उन्मुख क्षेत्रहरुलाई समेत नगरपालिका बनाउन भाद्र मसान्तभित्र एक प्राविधिक समिति गठन गरिनेछ । यस्तै “गाउँलाई माया गरौंः आधारभूत सेवा सुविधा गाउँमै पुर्‍याऔं ” भन्ने नारा दिएर आगामी आर्थिक वर्ष प्रत्येक जिल्लामा एक/एक वटा नमुना गाउँ बनाउने योजना अघि सारेको छ । “आˆनो गाउँ आफै बनाउँ” कार्यक्रमबाट शुरु गरिएको स्थानीय विकास निर्माणका कार्यहरु सञ्चालन गर्न स्थानीय निकायहरुलाई अनुदान उपलब्ध गराउने रु. १४ अर्ब ५६ करोड बजेट विनियोजन गरिएको छ । स्थानीय निकायबाट परिचालन हुने विकास रकमको दुरुपयोग हुन नदिन विकास निर्माणमा भएको खर्चको दह्रो अनुगमन गरिने र दुरुपयोग गरेको पाइएमा दोषी उपर कडा कानूनी कारवाही गरिने उल्लेख छ । ४ सय वटा झोलुङ्गेपूलको निर्माण सम्पन्न गरिनेछ । देशभरिकै तुइन सरकारले खरिद गरी हटाइनेछ । त्यस्ता ठाउँहरुमा झोलुङ्गे पुल निर्माण गरिनेछ ।

युवा स्वरोजगार कार्यक्रम

सरकारले ब्यवसायिक खेती, पशुपालन, कृषिजन्य उद्योग लगायतका सेवा ब्यवसाय संचालन गर्न विनाधितो सहुलियतपूर्ण ब्याजमा प्रति ब्यक्ति रु. दुई लाखसम्म ऋण उपलब्ध गराइने कार्यक्रमलाई निरन्तरता दिएको छ भने “राष्ट्रको समृद्धि-युवाको रोजगारी” भन्ने राष्ट्रिय अभियानका साथ युवा शक्तिलाई स्वरोजगारको अवसर उपलब्ध गराउदै राष्ट्र निर्माण अभियानमा परिचालन गर्न सरकारी, सहकारी र निजी क्षेत्रको संयुक्त प्रयासमा युवा स्वरोजगार कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा विस्तार गर्नेछ । सार्वजनिक, सहकारी र निजी क्षेत्र मार्फत ब्यापकरुपमा रोजगारी सिर्जना, इन्टरनेट संजालको उपयोग गरी नेपालमै बसेर बेलायत, अमेरीका, जापान, भारत, चीन लगायतका देशहरुमा रहेका सेवा प्रदायकहरुसँग कल सेन्टर, मेडिकल ट्रान्सक्रिप्सन, लेखा जस्ता सेवा ब्यापारल सम्बन्धी कार्यहरु गर्न युवाहरुलाई आकषिर्त गर्न राज्यकातर्फबाट सुविधा दिनेलगायतका कार्यक्रम बजेटमा छ ।

निजी क्षेत्र विकास कार्यक्रम

निजी क्षेत्रमा लगानीको उपयुक्त बातावरण निर्माण गर्न ऊर्जा संकट समाधान, पूर्वाधार सेवाको विस्तार, श्रम विवादको न्यायीक ब्यवस्थापन र उद्योग प्रवर्द्धनमा सार्वजनिक निजी साझेदारी र सहकार्य गरिने उल्लेेख छ । निजी क्षेत्रको उद्यमशीलता विकासमा जोड दिइनेछ । औद्योगिक क्षेत्रलाई शान्तिक्षेत्र घोषित गरी सुरक्षाको भरपर्दाे ब्यवस्था मिलाइन भनिएको ेछ । विद्युत कटौतीको कारण उद्योगहरुलाई परेको समस्या समाधान गर्न विराटनगर, बीरगन्ज, काठमाडौं र बुटवल-भैरहवा क्षेत्रमा अलग्गै विद्युतीय फीडर स्थापना गर्न बजेट ब्यवस्था गरिएको छ । नेपालबाट विदेशमा गई फर्किएका एकै खालको कामगर्ने एकसय जना भन्दा बढीको समूह वा सहकारी बनाई मेकानिकल, एसेम्बली, पार्टपूर्जा निर्माण कार्यमा संलग्न समूह वा सहकारीले आयात गर्ने मेशिनरी र पूँजीगत वस्तुमा सरकारले एकमुष्ट पूँजीगत अनुदान दिने ब्यवस्था मिलाईएको छ । महिला उद्यमीलाई प्रोत्साहन गर्न पाँच विकास क्षेत्रमा एक/एक वटा साना तथा घरेलु उद्योगको प्रवर्द्धनका लागि घरेलु ग्राम निर्माण गर्न जग्गाको ब्यवस्था मिलाइनेछ । महिला उद्यमी कोष खडा गर्न रु. एक करोड छुट्याईएको छ । रुग्ण अवस्थामा रहेका साना तथा घरेलु उद्योगहरुलाई पुनरुत्थान गर्न आवश्यक सहयोग उपलब्ध गराइनेछ । निजीक्षेत्रले सौर्य लगायतको बैकल्पिक ऊर्जा उत्पादन गर्न आयात गर्ने मेशिनरी सामानमा भन्सार महसुल छुट दिने ब्यवस्था मिलाइनेछ । निजी क्षेत्रले उद्योग सञ्चालनको क्रममा अतिरिक्त विद्युत उत्पादन गरेमा विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने ब्यवस्था मिलाईएको छ । यस्तै ठूला उद्योगहरुलाई आवश्यक सामग्रीहरु सुलभरुपमा उपलब्ध गराउन उपयुक्त स्थानमा हस्तकला ग्राम, वस्तु विकास केन्द्र र घरेलु ग्रामको स्थापना गरिने उल्लेछ ।

वित्तीय क्षेत्र र पूँजीबजार

तरलता ब्यवस्थापन, पूँजीबजारको सुधार, बैंक तथा वित्तीय संस्थाहरुको सन्तुलित विस्तार र वित्तीय अपराध नियन्त्रणका कार्यहरु अघि बढाइने उल्लेख छ । सरकारको संलग्नता भएका बैंक तथा वित्तीय संस्थाहरुको पूनर्संरचना तथा आवश्यक पूँजीकरण गरिने भनिएको छ । आगामी वर्षदेखि लागु हुने गरी कुनै ब्यक्ति, कम्पनी वा संस्थाले कुनै बैंक वा वित्तीय संस्थामा रु. १० लाख वा सो भन्दा बढी निक्षेप राखेमा यस्तो रकम आतंकवाद, लागु पदार्थ कारोवार, मानव बेचविखन र संगठित अपराध लगायतका अबैध स्रोतहरुबाट आर्जन भएको होइन भन्ने स्वघोषणाको नयाँ ब्यवस्था नेपाल राष्ट्र बैंकले गर्ने ब्यवस्था मिलाईएको छ ।

सम्पत्ति खरिद गर्दा आयस्रोत खुलाउनु पर्ने विद्यमान ब्यवस्थालाई परिवर्तन गरी रु. ५० लाखसम्मको सवारी साधन र एक करोड रुपैयाँ सम्मको घर जग्गा खरिद गर्दा स्रोत खुलाउनु नपर्ने ब्यवस्था गरिएको छ । धितोपत्र, ब्यवसायिक घर निर्माण र घरजग्गाको कारोवार एवं बजारको शिथिलतालाई सम्बोधन गर्न पूँजीगत लाभकरको दरलाई घटाईएको छ । वाषिर्क रु. पाँच करोड भन्दा बढी कारोवार गर्ने ऋण तथा बचत सहकारी संस्थाको अनुगमन र सुपरिवेक्षण सहकारी विभागको समन्वयमा नेपाल राष्ट्र बैंकले गर्ने ब्यवस्था लागु गरिनेछ । सरकारी क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाहरु समेत सम्भाब्यताको आधारमा गाभ्ने कार्य अघि बढाइनेछ । केही हाडी जिल्लाहरुमा परीक्षणको रुपमा लघु बीमा कार्यक्रम प्रारम्भ गरिनेछ ।

पर्यटन प्रवर्द्धन

१५ वर्षभित्र नेपाललाई उत्कृष्ट गन्तब्यको रुपमा विकास गरी विश्वको नमूना पर्यटन देशको रुपमा स्थापित गरिने लक्ष्य छ । देशका सबै भागमा रहेका पर्यटकीय सम्भावनाहरुलाई दृष्टिगत गरी १७ वटा पर्यटकीय क्षेत्रको अवधारणा अगाडि सारिएको छ ।

नेपाल पर्यटन वर्षलाई अभियानात्मक रुपमा निरन्तरता दिइने उल्लेख छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुणात्मक सुधार र सम्भाब्यता अध्ययन अनुरुप निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको थालनी गरिनेछ । गौतमबुद्ध, पोखरा, जनकपुर र सुर्खेतलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गरिनेछ । साथै, विराटनगर, नेपालगन्ज र धनगढी विमानस्थललाई क्षेत्रीय हब विमानस्थलको रुपमा विकास गरिनेछ । इलामको सकेनिदामा फाल्गुणानन्द विमानस्थल निर्माण गर्नुका साथै राजविराज विमानस्थललाई गजेन्द्र नारायण सिंह विमानस्थल नामाकरण गरी स्तरोन्नति गरिनेछ । दाङ्ग र फाप्लु विमानस्थलको स्तरोन्नति गरिनेछ । कणर्ाली अञ्चल लगायत दुर्गम क्षेत्रहरुमा हवाई यातायातलाई नियमित र जनपहुँच योग्य बनाउन विमानस्थलहरुको आधुनिक प्रविधि सहितको पूर्वाधार विकास गर्न बजेट विनियोजन गरिएको छ । प्रथम दलित सगरमाथा आरोहण अभियानका लागि २ करोड रुपैंया बजेट विनियोजन गरिएको छ ।

शिक्षा र साक्षरता अभियान

शिक्षाको लागि प्राथमिकताका साथ बजेट छुट्याईएको छ । गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गरिने, आधारभूत शिक्षालाई क्रमशः अनिवार्य गराइने, सबै दलित विद्यार्थीहरु र सबै छात्राहरूलाई कक्षा १२ सम्म सामुदायिक विद्यालयहरूमा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाइने उल्लेख छ । सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत सबै बालबालिकाहरुलाई पाठ्यपुस्तक निःशुल्क तथा लक्षित बर्गका विद्यार्थीहरुलाई कक्षा १२ सम्मको पाठ्यपुस्तक निःशुल्क वितरण गर्ने ब्यवस्था गरिएको छ । राजषर्ी जनक, बीरगन्ज र नेपालगन्ज तथा प्रौद्योगिक लगायतका प्रस्तावित विश्वविद्यालयहरुको स्थापना कार्य अघि बढाइनेछ । सामुदायिक विद्यालयका कक्षा ८ सम्मका सबै छात्राहरु, सबै दलितहरु, अपाङ्गता भएका सबै बालबालिकाहरु र लक्षित समूहका सबै बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्ने उल्लेख छ । लोपोन्मुख जातीका बालबालिकाका लागि गुणस्तरीय शिक्षा प्रत्याभूत गर्न कक्षा ८ देखि १२ सम्मको शिक्षामा निजी क्षेत्रका विद्यालयले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्ति अन्तर्गत यस्ता विद्यार्थीलाई आवास सहितको पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ । कणर्ाली अञ्चलका सामुदायिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुलाई दीवा खाजा उपलब्ध गराउने उल्लेख छ । किसान, मजदुर, हलिया लगायत श्रममा आश्रति वर्गको विकासका लागिप्राविधिक शिक्षा, तालिम र प्रशिक्षणको व्यवस्था मिलाउन रु. १५ करोड बजेट छुट्याईएको छ । आगामी आर्थिक वर्षमा २५ सय सामुदायिक विद्यालयहरुको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरिने योजना छ । आगामी तीन वर्षभित्र निरक्षरता उन्मुलन गर्ने गरी कार्यक्रम तर्जुमा गरिएको छ ।

आवास, खानेपानी र सरसफाई

जनता आवास कार्यक्रमलाई निरन्तारता दिँदै आगामी आर्थिक वर्षदेखि बादी, गन्धर्व, वनकरीया, सुरेल र विगत द्वन्द्वको क्रममा घरवारविहिन भएका परिवारलाई पनि आवास सुविधा उपलब्ध गराउने, मेलम्ची खानेपानी आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने, वाग्मती सभ्यता अभियानलाई निरन्तरता दिंदै पशुपति आर्यघाट क्षेत्रलाई स्वच्छ राख्न विशेष कार्यक्रम सञ्चालन गर्ने र सेती र महाकाली अञ्चलका सबै जिल्लाहरु, कणर्ालीको हुम्ला, भेरीको दैलेख र राप्तीको रोल्पा जिल्लामा खानेपानी, सुलभ चर्पी एवं सरसफाई, सिंचाइ र लघु जलविद्युत उत्पादनका कार्यक्रम सञ्चालन गर्न ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना लाई निरन्तरता दिइएको छ । कणर्ालीका सबै र तराई मधेशका पाँच जिल्लालाई आगामी तीन बर्ष भित्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने बजेटमा उल्लेख छ ।

सूचना तथा संचार

“गाउँगाउँमा ब्रोडब्याण्ड सबै शहरमा फोन अन डिमाण्ड” अभियान सम्पन्न गर्नका लागि आवश्यक भौतिक पूर्वाधारको विकास गरिने उल्लेख छ । सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्न आधुनिक सुविधायुक्त सञ्चार प्रतिष्ठान स्थापना गरिनेछ । नेपाल पत्रकार महासंघको भवन निर्माण गर्न बजेट विनियोजन गरिएको छ । पत्रकारहरुको आर्थिक र सामाजिक सुरक्षाकोलागि बीमा गर्न “पत्रकार बीमा कोष” खडा गरी रकम विनियोजन गरिएको छ ।

स्वास्थ्य सेवा

दुर्गम पिछडिएका जिल्लाहरुलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन गरिने उल्लेख छ । आगामी आर्थिक वर्षमा थप ५ सय उपस्वास्थ्य चौकीहरुलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गरी थप १५० वटा स्वास्थ्य संस्थाहरुमा वर्थिङ सेन्टरको स्थापना गरिने उल्लेख छ । दुर्गम तथा पिछडिएका क्षेत्रहरुमा रहेका अस्पतालहरुलाई स्तरोन्नति गर्ने ब्यवस्था मिलाईएको छ । ७५ वर्ष नाघेका जेष्ठ नागरिक र १५ वर्ष मुनिका वालवालिकाहरुलाई मुटु रोगको निःशुल्क उपचार सेवा उपलब्ध गराउन त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल र शहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्रबाट सञ्चालित सेवालाई निरन्तरता दिईएको छ । भक्तपुर अस्पतालको नवनिर्मित भवनमा मृगौला उपचार सेवाको सुरुवात गरिनेछ । यो अस्पताललाई मानव अंग प्रत्यारोपण गर्ने सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्दै लगिने योजना छ । गम्भीर प्रकृतिका दुर्घटनाका विरामीहरुको उपचारलाई सहज र प्रभावकारी बनाउन भारत सरकारको सहयोगमा वीर अस्पतालमा स्थापित ट्रमासेन्टरलाई व्यवस्थित रुपमा सञ्चालन गरिनेछ । सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा स्थानीयस्तरमा उपलब्ध गराउन जनसहभागितामा सञ्चालित “गाउँघर क्लिनिक कार्यक्रम” लाई थप प्रभावकारी बनाइनेछ । शहिद परिवार, जनआन्दोलनका घाइतेहरु र गरीबलाई सबै प्रकारका स्वास्थ्य सेवा निःशुल्क रुपमा पाउने व्यवस्था मिलाइने उल्लेख छ । स्वास्थ्य सेवालाई सहज, सस्तो र प्रभावकारी बनाउन निजी क्षेत्रको महत्वपूर्ण भूमिकालाई जोड दिईएको छ ।

युवा परिचालन तथा खेलकुद विकास

राष्ट्रिय युवा नीतिको कार्यान्वयन गर्दै राष्ट्रिय युवा परिषद्को गठन गरिने उल्लेख छ । विकास निर्माण, उद्यमशीलताको विकास जनचेतना अभिवृद्धि र सामाजिक कुरिती विरुद्धको अभियानमा ब्यापकरुपमा युवा परिचालन गरिनेछ । खेलकुदलाई विद्यालय तथा समुदायस्तरदेखि नै संस्थागत गरिने तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई यथाशक्य प्रोत्साहन सुविधा उपलब्ध गराइने उल्लेख छ । आगामी आर्थिक वर्ष धनगढीमा बृहत राष्ट्रिय खेलकुदको आयोजना गर्न रु. १३ करोड छुट्याईएको छ । स्थानीयस्तरदेखि नै खेलकुदको विकास गर्ने अभिप्रायले गाउँ विकास समितिहरुलाई जाने अनुदान मध्येबाट न्यूनतम रु. दश हजार खेलकुद क्षेत्रमा खर्च गर्ने ब्यवस्था मिलाइनेछ ।