आर्थिक क्षेत्रका विशेष गतिविधी

Thursday, July 14, 2011

अन्तशुल्क र भन्सारदर नबढाउन अटो व्यवसायीद्वारा लबिङ

बजेट २०६८/६९

काठमाडौं, २९ असार

अटोमोबाइल व्यवसायीहरूले आगामी बजेटमा अन्तशुल्क तथा भन्सारदर वृद्धि नगर्न सरकारलाई तीव्र दबाब दिएका छन् । अटो क्षेत्रबाट लिइँदै आएको अन्तशुल्क १५ प्रतिशत घटाउनुपर्ने माग सरकारले अस्वीकार गरेपछि व्यवसायीहरूले आगामी बजेटमा भन्सार तथा अन्तशुल्क नबढाउन सरकारसँगको लबिङलाई तीव्रता दिएका हुन् । अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०६७/६८ को बजेटमा गाडी तथा मोटरसाइलमा १० प्रतिशत गरेको अन्तशुल्क वृद्धिलाई यो बजेटमा फिर्ता गर्न सरकारलाई व्यवसायीहरूले दबाब दिँदै आएका थिए ।

यसअघि व्यवसायीहरूले अटोक्षेत्रबाट सरकारले चालू आर्थिक वर्षमा ठूलो राजस्व गुमाएपछि १५ प्रतिशतसम्म अन्तशुल्क घटाउन सहमतिनजिक पुगेको बताउँदै आएका थिए । तर, सरकारले आयात गरिने त्यसमा पनि अटोक्षेत्रमा लिइँदै आएको अन्तशुल्क र भन्सारदर तत्काल घटाउने सम्भावना नरहेको भन्दै व्यवसायीलाई फर्काएपछि उनीहरूले आगामी बजेटमा भन्सार तथा अन्तशुल्क वृद्धि नगर्न दबाब दिँदै आएका हुन् ।

गाडी तथा मोटरसाइकल आयातमा लाग्ने भन्सारदर तथा अन्तशुल्क बढाउने या नबढाउने सरकारी अधिकारीले केही सार्वजनिक नगरे पनि नेपाल अटोमोबाइल्स डिलर एसोसिएसन (नाडा)लगायत अटो व्यवसायीहरूले अर्थ मन्त्रालय, यातायात मन्त्रालयलगायत सरकारी अधिकारीहरूलाई भेटेर अटोक्षेत्रमा अन्तशुल्क तथा भन्सारदर वृद्धि नगर्न सुझाव दिएका छन् ।

आफूहरूले सरकारसँग १५ प्रतिशतसम्म अन्तशुल्क घटाउन सुझाव दिए पनि हालसम्म त्यसबारे सरकार मौन बसेपछि त्यस्तो कुनै पनि दर नबढाउन सुझाव दिइरहेको नाडाका अध्यक्ष सौरभ ज्योतिले जानकारी दिए । “हुन्छ भने राजस्व तथा अन्तशुल्क घटाऊ, होइन भने यस वर्षको बजेटमा नबढाऊ भनेका छौँ,” ज्योतिले भने । यो वर्ष पनि अन्तशुल्क तथा भन्सारदरको नाममा शुल्कदर बढाइए अटो व्यवसाय संकटमा पर्ने ज्योतिको तर्क छ ।

यस वर्षको सम्पूर्ण अटोमोबाइल क्षेत्रको बिक्रीदरमा गम्भीर असर परेको र त्यसबाट सरकारले लिँदै आएको राजस्वमा समेत ठूलो गिरावट आएका कारण अन्तशुल्क तथा भन्सारदर नबढाउन भनेको गोल्छा अर्गनाइजेसन प्रालिका प्रबन्ध निर्देशक तथा नाडाका उपाध्यक्ष शेखर गोल्छा बताउँछन् ।

हरेक वर्ष उकालो लागेको गाडी तथा मोटरसाइकल वृद्धिदर यसपटक दशकमै गिरावट आउनुमा अन्तशुल्क र भन्सारदर वृद्धि एकमात्र कारण भएको व्यवसायीको भनाइ छ ।

सरकारले आर्थिक वर्ष २०६७/६८ को बजेटमार्फत मोटसाइकलमा विभिन्न शीर्षकमा लाग्ने करको दस्तुर वृद्धि गर्दै ८० प्रतिशत पु¥याएपछि लगातार बिक्रीदरमा गिरावट आइरहेको छ । त्यस्तैगरी गाडीमा अध्यादेशमार्फत सार्वजनिक गरेको बजेटले १० प्रतिशत अन्तशुल्क र भन्सारदर २ सय ६ वाट वृद्धि गर्दै २ सय ८ प्रतिशत पु¥याएपछि गाडी बिक्रीदर प्रत्येक महिना ओरालो लाग्दै आएको छ । जसबाट सरकारले यो वर्ष अटोमोबाइल क्षेत्रबाट १२ देखि १६ अर्बसम्म नोक्सानी बेहोर्ने विभिन्न तथ्यांकले देखाएकोले पनि सरकारले तत्काल उपयुक्त कदम चाल्नुपर्ने व्यवसायीको तर्क छ ।

नेपालजस्तो मुलुकमा विश्वकै महँगो गाडी भएकोले पनि सरकारले शुल्क वृद्धिलाई प्राथमिकतामा राख्न नहुने ज्योतिको भनाइ छ । सरकारको राजस्वको २५ प्रतिशत हिस्सा ओगटेको अटोमोबाइल क्षेत्रलाई सरकारले उपेक्षा गरेको उनले आरोप लगाए । चालू आर्थिक वर्षमा अटोमोबाइल क्षेत्रमा झन्डै ३७ प्रतिशतको हाराहारीमा बिक्रीमा गिरावट आएको व्यवसायीले बताउँदै आएका छन् ।

Saturday, July 9, 2011

गाडी बिक्रीदर ४१ प्रतिशतले घट्यो

काठमाडौं, १२ असार

चालू आर्थिक वर्षको बजेट प्रस्तुत भएपछि लगातार घटिरहेको गाडी बिक्रीदरमा गत जेठ महिनामा ४१ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षको जेठ महिनाको तुलनामा चालू आर्थिक वर्षमा गाडी बिक्रीदर ४१ प्रतिशतले गिरावट आएको श्रम तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागको सवारी दर्ता शाखाले जानकारी दिएको छ । गत वर्षको जेठ महिनामा १ हजार ६९ वटा सवारी दर्ता भएकोमा चालू वर्षको सोही अवधिमा जम्मा ६ सय ४० मात्रै सवारी दर्ता भएका छन् ।

अघिल्ला वर्षहरूमा हरेक महिना सवारी दर्ता कम्तीमा १५ प्रतिशत वृद्धि भएको तथ्यांकमा उल्लेख छ । तर, चालू आर्थिक वर्षको ११ महिनामा अघिल्लो वर्षको तुलनामा झन्डै २८ प्रतिशतले गिरावट आएको छ । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा सवारी दर्ता कार्यालयमा जम्मा ९ हजार १ सय ६७ सवारी दर्ता भएका छन् । गत वर्ष सोही अवधिमा १० हजार ७ सय ६ सवारी दर्ता भएका थिए ।

चालू वर्ष गाडी बिक्रीको सबैभन्दा ठूलो असर कार, जिप र भ्यानमा परेको छ । गत वर्षको ११ महिनामा ८ हजार ३७ सवारी बिक्री भएकोमा चालू आर्थिक वर्षको ११ महिनामा कार, जिप र भ्यानतर्फ ५ हजारभन्दा कममात्र सवारी दर्ता भएका छन् ।

अघिल्लो वर्ष १२ महिनाको अवधिमा १२ हजार ५ सय ७ वटा सवारी दर्ता भएकोमा यो वर्ष त्यो संख्या भेट्न एक महिनाको अवधिमा झन्डै साढे ४ हजार गाडी बिक्री हुनुपर्नेछ । तर, उक्त संख्या भेट्न सक्ने सम्भावना नभएको नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा)का अध्यक्ष सौरभ ज्योतिले दाबी गरे । सरकारले गत वर्ष ४४ अर्ब रुपैयाँ राजस्व बुझेकोमा चालू वर्ष १४ देखि १६ अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमाउनुपरेको ज्योतिले बताए ।

सरकारले गत मंसिरमा अध्यादेशमार्फत सार्वजनिक गरेको बजेटले गाडीमा १० प्रतिशत अन्तशुल्क र भन्सारदर बढाएको थियो । यसबाट २ सय ६ प्रतिशत रहेको कुल राजस्व बढेर २ सय ३८ प्रतिशत पु¥याएपछि गाडी बिक्रीदर प्रत्येक महिना ओरालो लाग्दै आएको हो ।

चालू आर्थिक वर्ष यो दशकमै बढी गिरावट भएको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०५८÷०५९ मा ४ हजार १ सय ४१ सवारी दर्ता भएको उक्त संख्या उकालो लाग्दै गर्दा अघिल्लो आर्थिक वर्षमा १२ हजार ५ सय ७ सवारी दर्ता भयो । तर, चालू आर्थिक वर्षमा उक्त संख्या भेट्न साढे ४ हजार बिक्री हुनुपर्ने तथ्यांकले देखाउँछ ।

सरकारी निकायले आयातलाई मात्र ध्यान दिएर निर्णय गर्दा व्यवसायी मारमा परेको उल्लेख गर्दै सरकारको सबैभन्दा ठूलो भन्सार तथा कर उठाउने क्षेत्र अटो कम्पनीहरू भएकाले सरकारले एकतर्फी निर्णय लिँदा राजस्व गुमाउनुपरेको ज्योतिको भनाइ छ ।

आगामी बजेटमा पनि अन्तशुल्क तथा भन्सारदर वृद्धि गराउने काम सरकारले गरे ६ लाखभन्दा बढी व्यक्तिलाई रोजगारी दिँदै आएको अटोमोबाइल क्षेत्र धरापमा पर्ने ज्योतिले दाबी गरे । “नेपाल उद्योग वाणिज्य महासंघले आगामी बजेटका लागि पठाएको सुझावमा अटोमोबाइल क्षेत्रको अवस्था र सुधार गराउनुुपर्ने क्षेत्र समेटेका छौँ,” ज्योतिले भने, “नेपाल विश्वकै महँगो गाडी बिक्री गर्ने देशको सूचीमा परेको छ ।” यस वर्ष गाडी बिक्रीदरमा आएको गिरावटले अटो व्यवसायीहरू त्रसित बनेको उनले जानकारी दिए ।

नेपालमा गाडी निर्माण कम्पनी नभएकाले कुन वस्तुको आयातलाई कटौती गर्ने भन्ने सरकारले नबुझ्दाको समस्या करौडौं लगानी गरेका व्यवसायीमा परेको ज्योतिको तर्क छ । “उपभोग गर्न पाउने नागरिकको अधिकारलाई सरकारले कटौती गरेको छ, नेपालमा गाडी बिलासी साधन होइन अत्यावश्यक भइसकेको छ,” उनले भने । त्यसलाई सरकारले बुझेर बन्देज होइन व्यवस्थापन गर्नुपर्छ । त्यसका लागि अटोमोबाइल क्षेत्रबाट उठेको राजस्वको केही अंशमात्र खर्च गरे पनि ट्राफिक समस्या समाधान हुने उनको दाबी छ ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ५८ हजार ७ सय ९२ सवारी साधन आयात भएकोमा दोस्रो चौमासिकमा घटेर ५० हजार ६ सय ५७ मात्र सवारी आयात भएको छ । जुन भन्सार तथा अन्तरशुल्कको वृद्धिसँगै आयातमा १५ प्रतिशतले गिरावट आएको हो । आर्थिक वर्ष २०६६/०६७ मा २ लाख १ हजार ७ सय ८७ सवारी साधन आयात भएको थियो । यही तथ्यांकमात्र हेर्ने हो भने पनि राजस्वमा व्यापक कटौती हुन सक्ने देखिन्छ ।

गाडी खरिद गर्दा बैंक तथा वित्तीय संस्थाहरूले अटो कर्जामा लगाएको कडाइ जारी रहनु, दिएका केही कर्जामा पनि उपभोक्ता २० प्रतिशतसम्मको चर्को ब्याज तथा सरकारले हालैै बढाएको चर्को भन्सारदर नै गाडी बिक्री तथा आयातमा गिरावट आउनुको प्रमुख कारक भएको व्यवसायीको भनाइ छ ।

Sunday, July 3, 2011

आर्थिक वर्ष सकिनै लाग्दा ५ लाखको सुविधा

काठमाडौं, १८ असार

सरकारले अध्यादेशमार्फत सार्वजनिक गरेको बजेटमा ल्याएको ‘माइस पर्यटन कार्यक्रम’ आर्थिक वर्ष सकिनै लाग्दा कार्यान्वयन हुने भएको छ । पर्यटन वर्ष २०११ लाई प्रोत्साहन गर्ने उद्देश्यले एक पटकमा सय जना पर्यटक भिœयाउने संघसंस्था तथा व्यक्तिलाई ५ लाख रुपैयाँ दिने ‘माइस पर्यटन’ कार्यक्रम सात महिनापछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यान्वयन तहमा लैजान लागेको हो ।

यसअघि मन्त्रालयले कार्यविधि नहुँदा कार्यान्वयन गर्न नसकिएको भन्दै यो कार्यक्रमलाई रोक्दै आएको थियो । मन्त्रालयले भर्खरै यसको कार्यविधि पारित गरेपछि एक सय पर्यटक भिœयाउने संस्था÷व्यक्तिलाई ५ लाख रुपैयाँ निकासा गर्न बाटो खुलेको बताएको छ ।

बजेटमा कुनै निकायले एकपटकमा सयभन्दा बढी हवाई–मार्गबाट आउने विदेशी राहदानीवाहकलाई सहभागी गराई सभा, सम्मेलन, गोष्ठी, बैठक वा अन्तत्र्रिmया गरे आयोजकलाई कार्यक्रम सम्पन्न भएको सात दिनभित्र ५ लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराइने उल्लेख गरेको छ । बजेटमार्फत सात महिनाअघि घोषणा गरिए पनि कार्यविधि नहुँदा कार्यान्वयनमा ढिलाइ भएको थियो ।

मन्त्रालयका सहसचिव लोकबहादुर खत्रीले अब त्यस्ता व्यवसायी, संघसंस्था तथा निकायले प्रमाणसहित दाबी गरे रकम निकासाका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिने बताए । “मन्त्रालयले अहिले मात्र कार्यविधि पारित गरेको छ, अब कार्यान्वयन हुन्छ,” उनले भने, “चालू आवमा ४ देखि ६ वटा निकायले यस्तो कार्यक्रम गरेको सुनेको छु, तर मन्त्रालयमा दाबी भने एउटामात्र परेको छ ।”

ग्लोबल एसिया टुर एन्ड ट्राभलले मात्र केही समयअघि १ सय ४० विदेशी पर्यटक हवाई–मार्ग हुँदै नेपाल भ्रमणमा ल्याएर कार्यक्रम सञ्चालन गरेको दाबीसहित ५ लाख माग गरी मन्त्रालयमा निवेदन दिएको छ । कार्यक्रमको फाइल तथा प्रमाण हेरेर रकम निकासाका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिने खत्रीले बताए ।

यसअघि पर्यटन क्षेत्रमा कार्यरत संघसंस्थाले मन्त्रालयले उक्त रकम कार्यक्रम सम्पन्न भएको सात दिनभित्र उपलब्ध गराउने भने पनि निकासा नगरेको भन्दै तत्काल निकासा गर्न माग गर्दै आएका थिए । पर्यटन व्यवसायीअन्तर्गत होटल, ट्राभल एन्ड टुर, ट्रेकिङ एजेन्सीलगायत शैक्षिक संस्था तथा व्यक्तिगत रूपमा पनि उक्त कार्यक्रम सञ्चालन गरी पर्यटकलाई नेपाल भ्रमण गराए ५ लाख रुपैयाँ सहयोगस्वरूप उपलब्ध गराउने गरी कार्यविधि तयार गरिएको सहसचिव खत्रीले जानकारी दिए ।

पर्यटन वर्ष २०११ मा १० लाख पर्यटक भिœयाउन ‘माइस पर्यटन कार्यक्रम’ फलदायी हुने आशा गरिएको थियो । त्यसका लागि सरकारले आ–आफ्नो क्षेत्रबाट सहयोग र उत्साहजनक सहभागिताका लागि सबैमा आह्वानसमेत गरेको थियो । नगद प्याकेज कार्यक्रमलाई लिएर पर्यटन व्यवसायी समेत उत्साहित भएका थिए ।

Wednesday, June 29, 2011

पर्यटन मन्त्रालयद्वारा डेढ अर्ब बजेट माग

१७ ‘पर्यटन जोन’ निर्माण गर्न अध्ययन सुरु

काठमाडौं, १४ असार

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष ०६८/६९ को बजेटमा पर्यटन क्षेत्रको विकास र विस्तारका लागि १ अर्ब ४३ करोड रुपैयाँ छुट्ट्याउन माग गरेको छ । मन्त्रालयले पर्यटन वर्षको प्रचारात्मक अभियानलगायत पूर्वाधार निर्माणका लागि यो बजेट माग गरेको हो । यो बजेट चालू आवको भन्दा ३१ करोड रुपैयाँ बढी हो ।

आव ०६८/६९ का लागि मन्त्रालयले १ करोड ४३ करोड रुपैयाँ मागसहितको प्रस्ताव गरेको मन्त्रालयका सहसचिव तथा योजना शाखा प्रमुख लोकबहादुर खत्रीले जानकारी दिए । “पर्यटन वर्ष जारी रहेका बेला पर्यटन प्रचारलगायत विभिन्न पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले यो रकम माग गरेका हौं,” उनले भने ।

यस वर्ष मन्त्रालयले पर्यटन क्षेत्रलाई केन्द्रित गरी ‘पर्यटन जोन’ विकास गर्ने प्रस्ताव पनि ल्याएको छ । मन्त्रीको आग्रहमा आफूहरूले यो कार्यक्रमलाई यसै वर्ष अगाडि बढाउन गृहकार्य गरिरहेको खत्रीले जानकारी दिए । योजनाअनुसार पर्यटन क्षेत्र भनेर चिनारी भएका १७ स्थान छनोट गरी ती स्थानलाई केन्द्र मानेर पर्यटन पूर्वाधार निर्माण गर्ने तयारी भइरहेको उनले बताए । “लुम्बिनी, पोखरा, कर्णाली, सोलखुम्बुलगायतका स्थानलाई केन्द्र मानेर पर्यटन जोन’ निर्माण गर्ने तयारी छ,” उनले भने ।

यस वर्ष आउने बजेटलाई पर्यटन प्रवद्र्धनका साथै ट्रेकिङ रुट निर्माण, विमानस्थल मर्मतलगायतमा खर्च गरिने जानकारी खत्रीले दिए ।

चालू आवमा सरकारले मन्त्रालयका लागि १ अर्ब १२ करोड रुपयाँ छुट्ट्याएको थियो । यो बजेटमार्फत पर्यटन वर्ष कार्यक्रमका लागि २६ करोड रुपैयाँ विनियोजन गरिएको थियो । त्यसमध्ये सरकारले १३ करोड निकासा गरेकोमा ६ महिना अवधिसम्म १० करोड रुपैयाँ खर्च भइसकेको छ ।

पर्यटन वर्षको प्रचारका लागि छुट्ट्याइएको १३ करोड रुपैयाँ निकासा नै नभई फिर्ता हुने भएको छ । २६ करोडमध्ये अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएन, बीबीसीलगायत छिमेकी मुलुक भारत र चीनमा विज्ञापनसहित पर्यटन वर्षको प्रचार गर्नेगरी १३ करोड रुपैयाँ छुट्ट्याइएको थियो ।

आधा रकम निकासा नहुँदा विदेशमा प्रचार गर्न नसकिएको सरकारी अधिकारीले नै स्वीकार गर्दै आएका छन् । यसमा पटक–पटक भइरहने राजनीतिक परिर्वतनले बढी असर पारेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता लक्ष्मण भट्टराई बताउँछन् । पर्यटन वर्ष सुरु हुनुभन्दा पहिलेनै प्रचार गर्दा खर्चिनुपर्ने रकम ६ महिनासम्म पनि मन्त्रालयले निकासा नगरेपछि फिर्ता हुने भएको हो ।

यसअघि आउने बजेटसम्म पनि निकासा गर्नुपर्ने रकम सरकारले नदिए पर्यटन वर्ष कार्यक्रमबाट निजी क्षेत्रलाई बाहिरन नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले सुझावसमेत दिएका थिए ।

Monday, June 27, 2011

महंँगीको मारमा पर्यटक

काठमाडौं, २४ जेठ

नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०११ संगै पर्यटकहरु नेपालमा महंगीको मारमा परेका छन । हाल पर्यटन क्षेत्रसम्बद्ध का बिवभिन्न व्यावसायिीक प्रतिष्ठानहरुहरूमा झन्डै ३० प्रतिशतको हाराहारीमा मुूल्य बवृद्धि भएपछिी पर्यटकहरू महँगीको मारमा परेका छन् । व्यावसायीक निकायलेनै चिन्ता व्यक्त गरेका छन ।

यस बषवर्ष पर्यटक आगवमनदर २१ प्रतिशतको हाराहारीमा बढेपछि बृद्धि भएपछी होटल, अन्र्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी, ट्रेकिङ एजेन्सी लगायतका बिभिन्न व्यावसायीक प्रतिष्ठानहरुहरूमा ले लिदै आएको रकम भन्दा हाल पर्यटकले ३० प्रतिशतसम्म मूल्यवृद्धि गरेका छन् ।

बढी मुल्य बढाएको व्यवसायीहरुले नै बताएका छन । हाल बिभिन्न क्षेत्रमा भईरहेको मुल्य बृद्धिले पर्यटक आगवनमा नराम्रो संकेत गर्ने उल्लेख गर्दे पर्यटन बर्ष सफल पार्न पनि निजी क्षेत्र र सरकारी निकाय बिच सहकार्य गरी महंगी नियन्त्रण गर्न जरुरी रहेकोे नेपाल ट्राभल एण्ड टुर्स एशोसिएशन एजेन्टस् (नाटा) का पूर्व अध्यक्ष रामकाजी कोनेले बताए । “हाल सम्पूर्ण पर्यटन क्षेत्रमा झन्डै ३० प्रतिशतको हाराहारीमा मुल्य बृद्धि भएको छ,” कोने भने ।

त्यस्तै गरी रेष्टुरेन्ट एन्ड बारहरुमा पनि खाना तथा नास्ता, ट्रेकिङ क्षेत्रमा बुकिङ देखि पर्यटकलाई घुमाउने ट्रेकिङ गाईड, मजदुरले लिने भत्ता तथा अन्य प्रयोग गर्ने समाग्रीमा पनि २५ देखि ३० प्रतिशतले मुल्य बृद्धि भएको राष्ट्रिय रेष्टुरेन्ट एन्ड बार एशोसिएशन तथा ठमेल पर्यटन बिकास परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले बताए ।

व्यवसायीहरुले अनावस्यक रुपमा मुल्य बृद्धि बढेपछी जारी रहेको पर्यटन बर्ष २०११ लाईनै उक्त महंगीले प्रभाव पर्ने भएकोले सरकारी निकाय तथा व्यवसायी संघ संस्था बिचको समझदारीमा उक्त महंगीलाई नियन्त्रण गरीनु पर्ने बताएका छन ।

त्यसैगरी होटल क्षेत्रमा पनि लिदै आएको रुमको रकम भन्दा झन्डै ३० प्रतिशतको हाराहारीमा बृद्धि गरेका छन । तारे होटल देखि पर्यटक स्तरका होटलहरुको रुमको मुल्य अघिल्लो बर्षको तुलनामा ३० प्रतिशतले बृद्धि गरेको होटल एशोसिएसन नेपाल (हान) का कार्यकारी अधिकृत माधव ओम श्रेष्ठले बताए । ‘खास गरी नेपालमा ग्रहाकको चाप बढ्ने बित्तिकै दस्तुर बढाउने गर्नाले पनि यस्तो भएको हो,’ श्रेष्ठले भने । अन्य क्षेत्रको महंगीले केहीहद सम्म केही असर पारे पनि प्रमुख भनेको एयरलाइन्सको भाडाले पर्यटक आगवनमा प्रभाव पार्ने भएकाले यसलाई नियन्त्रण गरिनुपर्ने श्रेष्ठको तर्क छ ।

सरकारले घोषणा गरेको पर्यटन बर्षमा बिभिन्न अफर सहितको प्याकेज कार्यक्रम सम्पूर्ण क्षेत्रबाट ल्याउन सरकारी तथा निजी क्षेत्रको सहकार्य हुनु पर्ने श्रेष्ठको भनाई छ । होटल अन्नपूर्णमा हालको मुल्य सिंगल, डवल र स्विट्स बेडको ८७, ९९ दशमलव ४४, र १ सय ८० डलर रहेको छ ।

त्यस्तै गरी होटल एभरेष्टमा सुपरियर रुमको सिंगल र डलवको ७० र ७५ डलर, डिलक्समा सिंगल र डलव रुमको मुल्य ८० र ८५ डलर, त्यस्तै गरी क्लवको सिंगल र डवल १ सय ८० र १ सय ३० डलर तथा स्विट्स को १६० डलर रहेको छ । उक्त उल्लेखित रकम कर भन्दा बाहेकको भएकोले मुल्यदरमा २४.३ प्रतिशत कर जोडिने छ । जुन मुल्य अघिल्लो बर्षको तुलनामा झन्डै ३० प्रतिशतले बढी हो ।

त्यस्तै ट्रेकिङ एजेन्सीहरुहरूले पनि अघिल्लो बषवर्ष भन्दा झन्डै २५ देखि ३० प्रतिशतको हाराहारीमा बुकिङ तथा भत्तामा भक्ता रकम बढाएका छन् ।बृद्धि गरेका छन । जसमा ट्रेकिङ गाइडको भत्तामा पनि बृद्धि भएको छ । जसमा गएगतको बषवर्ष दैनिकी ५ सय रुपैयाँमा पर्यटकलाई घुमाउँदै आएका गाइडहरुको भत्तालाई हाल ८ सय रुपैयाँ पु¥याईएको छ । त्त्यस्तै, भरिीया तथा र सहयोगीले दैनिकी ४ सय रुपैयाँ लिँदै आएकोमा बृद्धि गरीअहिले ६ सय रुपैयाँ बनाईएको छ ।

रेस्टुराँ र बारहरूमा खाना तथा नास्ता, ट्रेकिङ क्षेत्रमा बुकिङदेखि पर्यटकलाई घुमाउने ट्रेकिङ गाइड, मजदुरले लिने भत्ता तथा प्रयोग हुने सामग्रीमा पनि यही अनुपातमा मूल्यवृद्धि भएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले जानकारी दिए ।

चर्को मूल्यवृद्धिले पर्यटक आगमनमा नराम्रो असर पर्ने भएकाले निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यमा महँगी नियन्त्रण गर्न जरुरी रहेकोे नेपाल ट्राभल एन्ड टुर्स एसोसिएसन एजेन्ट्स (नाटा) का पूर्वअध्यक्ष रामकाजी कोने बताउँछन् ।

अनावश्यक मूल्यवृद्धिले पर्यटन वर्ष २०११ लाई प्रभाव पर्ने भएकोले यसमा सरकारी निकाय तथा व्यवसायी संघ–संस्था चनाखो बन्नुपर्ने व्यवसायीहरूको भनाइ छ ।

तारेदेखि पर्यटक स्तरका होटलका कोठाको मूल्य अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले वृद्धि भएको होटल एसोसिएसन नेपाल (हान) का कार्यकारी अधिकृत माधवओम श्रेष्ठले जानकारी दिए ।

होटल अन्नपूर्णले हाल सिंगल बेडसहितको कोठाको ८७ डलर, डबलको ९९.४४ र स्विटको १ सय ८० डलर लिन्छ । त्यस्तै, होटल एभरेस्टले सुपेरियर रुमअन्तर्गत सिंगलको ७० र डबलको ७५ डलर, डिलक्सअन्तर्गत सिंगलको ८० र डबलको ८५, क्लबअन्तर्गत सिंगल र डबलको क्रमशः १ सय ८० र १ सय ३० डलर तथा स्विटको १ सय ६० डलर लिने गरेको छ । यी रकम करबाहेकका भएकाले २४.३ प्रतिशत थप रकम लाग्छ । यो अघिल्लो वर्षको तुलनामा झन्डै ३० प्रतिशतले बढी हो । उनीहरूले पहिले ग्राहकलाई छुट उपलब्ध गराए पनि अहिले रोकेका छन् ।

“नेपालमा ग्राहकको चाप बढ्नेबित्तिकै दस्तुर बढाउने प्रवृत्ति छ,” उनले भने, “अन्य क्षेत्रको महँगीले केही हदसम्म असर पारे पनि एयरलाइन्सको भाडाले पर्यटक आगमनमा ठूलो प्रभाव पार्छ, यसलाई नियन्त्रण गर्न जरुरी छ ।” पर्यटन वर्षमा विभिन्न अफरसहितका प्याकेज कार्यक्रम ल्याउन सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

Saturday, June 18, 2011

व्यवसायीद्वारा सवारी ऐन संशोधन प्रस्तावको विरोध

काठमाडौं, ३ असार

सरकारले काठमाडौं उपत्यकालाई सिंगो राज्य ठानेर ेर सवारी ऐन संशोधन गर्न ल्याउन लागिऐको भन्दै व्यवसायीहरुले प्रस्तावित ऐनकै विरोध गरेका छन् । सरकारले आफ्नो क्षेत्रबाट गर्न सक्ने काममा पनि चासो नदिइरहेको वेला नेपालीले धान्नै नसक्ने सवारी ऐन ल्याउन लागिएको भन्दै उनीहरूले गेकाले असफल हुने चेतावनीसमेत व्यवसायीले चेतावनी दिएका छन् ।

सरकारले गत मंगलवार ट्राफिक, सवारी समस्या र वर्तमान स्थितिमा गर्नुपर्ने सुधार ल्याउने भन्दै २० बषवर्षे गाडीको दर्ता खारेजी गर्ने, ५० प्रतिशत भन्दा बढी अपराधिक घटना मोटरसाइकलमा सवार गर्ने व्यक्तीले गर्ने भन्दै २ सय सिीसी क्षमता भन्दा माथिका बढीका मोटरसाइकल सडकमा चलाउन नदिने लगायतका व्यवस्था गरी गुड्न नदिने नीतिऐन संशोधनको ल्याउने तयारी भइरहेको बताएको छ । मन्त्रिपरिषद्मा दर्ता गरिएको प्रस्तावमा गरेको जनाएको थियो । यस अघि १६ वर्षसम्मका नागरिकले लाइसेन्स स पाउने व्यवस्थालाई हटाई न्यूनतम उमेर १८ वर्षका नागरिकलाई मात्र लाइसेन्स दिने कायम गरिएको छ । लगायतका बुदाँ समेटेर मन्त्रीपरिषद्मा दर्ता गरेपछी व्यवसायीले यस्तो टिप्पणी गरेका हुन् । यसअघि सरकारले यसअघि २०५७ र २०५८ मा विद्यमान सवारी ऐन संशोधन धन गरेको थियो ।

नेपालमा कानुन र ऐन को अभाव नभएर नीति लागु लागू गराउने निकायकोै कमजोरी भएकोले ऐन संससंशोधन गर्नु भन्दा पनि भएका नीतिलाई कडाईका साथ लागुू गर्नुुपर्ने पर्ने नेपाल अटोमोवाइल बाइल डिलर एशाएसोसिएशन एसन (नाडा) ले को भनाइ बताएको छ । सरकारले हाल ल्याउन लागेको लाइसेन्स नीतिको भने नाडाले स्वागत गर्दै नाडाले गरेको तर अन्य बुँदामा बुँदा छलफलबाट मात्र लागुू गर्नु आग्रह गरेको छ । पर्ने नाडा अध्यक्ष सौरभ ज्योति बताउँछन् ।

“सरकारले लागु गरेको हरियो स्टिकर प्रणालीसमेत प्रभावकारी ढंगले कार्यान्वयन लागु गराउन नसकेको अवस्थामा अन्य महत्वाकांक्षी योजना कार्यान्वयन असम्भव हुन्,” नाडा अध्यक्ष सौरभ ज्योति भन्छन्, “ठुला तर असम्भव कुरा मात्र भएको ज्योतिको भनाई छ । “एकाध बुँदाबाहेक सबै बेकामे छन्, यस्तो नीतिहरु लागुू हुनै सक्दैनन् ।” ज्योतिले भने ।

बिवश्व अटोबजारमा यूुरो ३ मापदण्डका ेडलका सवारी गाडी आईसकेक्दाको भए पनि नेपालमा यूुरो १ चल्तीमा रहेकालेमानै सिमित भएकोले पनि सरकारलले योजनाअनुसार भने जस्तो कार्यम गर्न कठिनाई हुने समेत उनको तर्क छ । खासगरी नेपालमा जाँच नीति नै नभएकोले यसमा ध्यान दिइए जाँच नीतिमा प्रविधि भित्र्याएमा सवबै समाधान हुने समेत ज्योतिले ठोकुवा गरे । यहाँ जस्तो गाडी गुडाएपनि तेल खरावी भएपछी २० वर्षका जति कुरा उठेपनि केही नहुने उनको भनाई छ ।

सरकारले ल्याउन लागेको २ सय सिीसीभन्दा माथी बढी क्षमताका मोटरसाइकल गुड्न नदिने नीति पनि अव्यवहारिक भएको कुरा व्यवहारिक नभएको नाडालको भनाइ छ । बताएको छ । “नीति हेर्दा खाली काठमाडौं मात्र नेपाल हो, अन्यत्र होइन भन्ने सरकारको मानसिकता छ,” उनले भने । बढी क्षमताका मोारसाइकलले दुर्घटना बढाएको सरकारी दाबी पनि फितलो भएको तर्क ज्योतिको छ । रहेको जस्तो देखियो,” उनले भने । दुर्घटनाको कुरा गर्दा हालको तथ्याङ्ंकमा कअनुसार नेपालमा थोरै कम सिीसी क्षमताका मोटरसाइकलको संख्या धेरै भएको जानकारी उनले दिए । हुनुको साथै “नेपालको सडकमा झनै हेभी सीसीको बाइक आवश्यकता आवश्यक छन्,” उनले भने, “पर्ने समेत उनले जानकारी दिए ।

“समस्या गाडीमा गाडी र मोटरसाइकलमा होइन, सम स्या बाटोमा हो,े ।” ज्योतिले भने ।

उपत्यका बाहिर ७० प्रतिशत मोटरसाइकल गुड्ने भएकोले पनि यस्तो अर्थहिन नीति ल्याउनुको कुनै अर्थ नभएको ज्योतिको भनाइ छ ।तर्क नभएको समेतको उनको भनाई छ । सरकारले बर्सेनि बर्षेनी ४४ अवअर्ब रुपैयाँ राजस्व अटोमोवाइल बाइल क्षेत्र बाट राजस्व लिने तर लगानी अन्यत्र गर्दा समस्या बल्झिेएको जिकिर उनले गरे ।

को समेत उनले जिकिर गरे । नाडाले शुक्रवाशुक्रबार सरकारले ल्याउन लागेको सवारी ऐन संशोधनबारे नीतिका बिषयमा आधिकारिीक धारणा र सुझाव सार्वजनिक गर्ने जानकारी पनि दिएको छ ।

Monday, June 13, 2011