आर्थिक क्षेत्रका विशेष गतिविधी

Tuesday, June 15, 2010

हल्लाले गाडीको व्यापारमा उच्च बृद्धि


केदारप्रसाद दाहाल
काठमाडौं, २५ जेठ
बजारमा गाडीको मुल्य बढ्न सक्ने हल्ल्ााले अघिल्लो महिना सुस्ताएको गाडीको व्यापार अहिले आएर गाडीको माग उच्चरुपमा बृद्धि भएको छ । सरकारले छिट्टै ल्याउने तयारी गरेको आगामी २०६७।६८ को आर्थिक बर्षो बजेटमा अधिकतम रुपमा गाडीको भन्सार बढाउने हल्लाले अहिले गाडी अभावनै हुने गरी व्यापारमा उच्च बृद्धि भएको व्यवसायीले बताएका छन ।
सरकारले हाल गाडीमा २१० प्रतिशत सम्म भन्सार दर लगाउँदै आएको छ । सरकारले आउने आर्थिक बजेटमार्फ त्यसलाई बढाएर ३०० प्रतिशत सम्म भन्सारदर पुर्‍याउने तथा बातावरण कर समेत लगाउने तयारी गरेको छ । अगाडीका बर्षरुमा पनि यो समयमा गाडीको व्यापार बढ्ने गरेको भएपनी यस बर्षसोचे भन्दा बढी रहेको व्यावसायी बताउँछन । आधिकारीक रुपमा सरकारले जानकारी नगराएपनी हल्लाले ग्राहक त्रसिद बन्दै गाडीका सो-रुम धाउन थालेका छन ।
व्यवसायीका अनुसार केही महिना पछी किन्ने तयारीमा रहेका ग्राहाक पनि अडर लिएर बुकिङ गर्न थालेको बताउँछन । हाल प्रयाजसो सोरुमहरुमा बिक्रि गर्ने गाडीको समेत अभाव भइसकेको बिभिन्न गाडीका सो-रुमहरुले जानकारी दिएका छन । केही समय अगाडी देखि बैक तथा बित्तिय संस्थाहरुले आर्थिक मन्दीले कर्जा दिनमा कर्डाई गरेर गाडी व्यापारमा कमी आएको भएपनि अब पछीका दिनमा झनै गाडी महङ्गीन सक्नेे अनुमान ग्राहकहरुले लगाएकोले व्यापारमा बृद्धि भएको व्यवसायी बताउँछन ।
अघिल्लो महिनमा खासै व्यपार गर्न नसकेपनी अगाडीका स्टक रहेका गाडी सबै बिक्रि गरिएको छ । भने अहिले ल्याउने तयारीमा रहेका ३० वटा गाडी मध्ये २५ वटा बुकिङ भईसकेको बामा मोर्टस प्राली थापाथलीको संचालनमा रहेको चेरी गाडी सो-रुमका व्यापार तथा बजार प्रबन्धक इश्वर पौडेलले जानकारी दिए । पौडेलले यो जेठ महिनाको २४ गते सम्म २३ वटा गाडी बिक्रि भएको जानकारी दिए । चेरीको हाल एए३, ए१, टिगो लगायत गाडीको बिक्रि गर्दे आएको छ । जसको मुल्य १३ लाख ९९ हजार देखि २९ लाख ६५ लाख सम्म मुल्य पर्ने रहेका छन । 'सरकारले बतावरण कर समेत लगाउने हल्ल्ााले अघिल्लो बर्षभन्दा यस बर्षको यो समयमा व्यापार बढेको छ,' पौडेलले भने । सरकारले लक्जरीयस समानहरु सुन , मोटरगाडी लगायतका समानहरुको आयतमा गर्न लागेको कर्डाईले पनि व्यापार बढेको हुनसक्ने उनले अनुमान लगाए ।
आफ्नो सो-रुममा रहेको स्टक गाडीहरु सकिएको र आउने तयारीमा रहेका गाडी समेत बुकिङ भईसकेको मोरङ अटो वर्कको संचानलनमा रहेको सकुदा गाडी सो-रुमका सुमिद साक्यले बताए । अहिलेको महिनामा मात्र १७ वटा गाडी बिक्रि भएको उनले जानकारी दिए । बजारमा हल्ल्ाा अनेक आएका छन कोही २५० प्रतिशत भन्सार दर पुग्छ भनेका छन भने कती ३०० प्रतिशत पुर्‍याउन लागेको हल्ल्ा समेत चलेकोले गाडी किन्ने तयारीमा रहेकाहरु अहिलेनै गाडी किन्न आएको साक्यले बताए ।
सकुदाले बजारमा हाल लाउरा, सकुदा फाविया, सुपम लगायत गाडीको बिक्रि गरिरहेको छ । जसको मुल्य ४६ लाख ९० हजार रुपयाँ देखि ७७ लाख सम्ममा बिक्रि गरिरहेको छ । हाल सकुदा फाविया को बिक्रि उच्च रहेको छ । जसको तिन प्रकारका गाडीमा क्लासिक, एम्बिनेट तथा एलिगेन्स रहेको छ । जसको बजार मुल्य क्रमसः २३ लाख ९५ हजार रुपयाँ , २६ लाख ९५ हजार रुपयाँ तथा २८ लाख ९५ हजार रुपयाँ रहेको छ ।
अघिल्लो बर्षो यही समयमा भन्दा यस बर्ष५० प्रतिशत गाडीको माग बढेको लक्ष्मी हुन्र्डाई गाडीका बजार प्रबन्धक अबिर श्रेष्ठले बताए । अहिले यो समयमा गाडीको माग बढ्नुमा भन्सार बढ्ने हल्ल्ाा, बैंकले व्याज बढाउने संकेत दिनु तथा पछिल्लो दिनमा गाडी मानीसलाई सौख भन्दा पनि गाडी अत्यावस्यक बन्दै जानु भएको श्रेष्ठ बताउँछन । आफुहरुको स्टक नसकिएको भएपनि माग बढ्ने देखेर तत्काल नयाँ गाडी ल्याउने तयारीमा रहेको उनले जानकारी दिए । हाल लक्ष्मी हुन्र्डाईको व्यापार बढ्नुमा वल्डकप अफर पनि एउटा बहत्वपर्ूण्ा कारण रहेको श्रेष्ठले बताए । हुन्डाइका गाडीहरु १४ लाख ७५ हजार देखि ६२ लाख ९५ हजार रुपयाँ पर्ने सम्म बजारमा बिक्रि भईरहेको छ । हुन्र्डाईका गाडीमा अहिले सबैभन्दा बढी स्यान्ट्रो जिएल गाडीको उच्च माग भईरहेको श्रेष्ठले जानकारी दिए ।
अन्यगाडीका सो-रुमले उच्च व्यपार भएको बताएपनि त्यस्तो स्टकनै सकिने गरी आफ्नो कारोबार नभएको अरुन इन्टरकन्टीनेनटल ट्रर्ेर्डस मारुती सुजुकी प्लाजाका बजार प्रबन्धक उत्तम गुप्ताले बताए । अन्य समयको तुलनामा गाडीको माग अहिले आएर बढेको गुप्ताले जानकारी दिए ।

No comments:

Post a Comment